प्रहरी कारवाहीमा मृत्यु भएका पौडेलकी आमाद्वारा किटानी उजुरी

बागमती नपा–२ निवासी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज ४७ वर्षीय कुमार पौडेललाई प्रहरीले हत्या गरेको भन्दै मृतक पौडेलकी आमा दुर्गा देवी पौडेलले जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालय सर्लाहीमा माघ २४ गते जिल्ला हुलाक कार्यालयमार्फत किटानी उजुरी दिनु भएको छ । मृतक पौडेलकी आमा दुर्गादेवीले…

February 7, 2020  
अज्ञात समुहद्वारा एनसेल टावरमा विष्फोट

लालबन्दी नपा–१६ परवानीपुर अवस्थित एनसेल टावरमा माघ १३ गते अज्ञात समूहले विष्फोट गरेको छ । तारको घेरा भित्र रहेको उक्त टावरको सुरक्षा गार्ड नभएको मौका पारेर बिहान अज्ञात समूहले गराएको विष्फोटबाट सोलार प्यानल, युपिएस तथा तारहरुमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी विश्वमणी पोखरेलले जानकारी गराउनु भएको छ ।…

January 30, 2020  
४० करोड रकम भुक्तानी नहुँदा उखु किसानहरू आन्दोलित

धनकौल गाउँपालिका–३ स्थित अन्नपूर्ण चिनी मिलको चिनी बिक्री गर्न किसानहरूले अवरोध गरेका छन् । पुस १८ गते भएको सहमति अनुसार भुक्तानी नपाएको भन्दै सर्लाहीका उखु किसानले माघ ११ गते धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलको मूल गेटमा टायर बालेर प्रदर्शन गरेका हुन् । सहमति अनुसार माघ ७ गतेभित्र सबै किसानलाई मिलले…

January 26, 2020  
कुटपिट घटनाका आरोपित प्रहरी विरुद्ध उजुरी

मलंगवा नपा–२ का १७ वर्षीय अमरेन्द्र साहलाई पुस २६ गते राती ७:०० बजे गोरखकाली चौकी मलंगवाका प्रहरीले कुटपिट गरि घाइते बनाएको भन्दै पीडित पक्षले पुस २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । तर, प्रहरले उजुरी दर्ता गर्न नमानेको पीडितका दाजू २६ वर्षीय जितेन्द्र साहले जानकारी गराउनु भएको छ…

January 14, 2020  
युवतीको बलात्कार गरि हत्या गरेको आशंका

बागमती नपा–५ टेकानी स्थित बुडि बागमती किनारामा २६ वर्षीय पुर्णिमा मोक्तानको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विवाह भएर पनि लामो समय देखी माईतीघर बागमती नपा–५ टेकानीमानै बस्दै आएकी मोक्तान गत १८ गते रातीबाट बेपत्ता भएकी थिईन् । पुर्णिमा मोक्तान हराएको खबर माईती पक्षले पुस २० गते…

January 10, 2020  
मानव बेचविखन घटनाका दुई आरोपित गिरफ्तार

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा सिन्धुली जिल्ला कमलामाई नपा–४ बस्ने ३२ वर्षीय जयबहादुर खत्री सार्की र रामेछाप जिल्ला दोरम्ब नपा–५ बस्ने २६ वर्षीया अमृता श्रेष्ठलाई पुस १९ गते प्रहरीले मलङ्गवाबाट गिरफ्तार गरेको छ । आरोपित दुबै भारत जाँदै गरेको गोप्य श्रोतबाट प्राप्त सूचनाका आधारमा मलङ्गवा नपा–८ बाट जिल्ला प्रहरी कार्यालय सर्लाहीको…

January 6, 2020  
कृषकको २० करोड भुक्तानी नदिएको भन्दै महालक्ष्मी सुगर मिलमा तालाबन्दी

उखु किसानहरुको जम्मा २० करोड रुपैया बाँकी बक्यौता नतिरेका कारण सर्लाही गोडैता नपा–६ बंगदहको महालक्ष्मी सुगर मिलमा बिहीबार उखु किसानहरुले तालाबन्दी गरेको छन् । उखु किसानहरुको बाँकी रकम उखु किसानहरुको खातामा जम्मा गरि दिनुपर्ने, उद्योग सञ्चालकसँग भएको गतसालको सम्झौता कार्यान्वय हुनु पर्ने, नेपाल सरकारले तोकेको मुल्य रु ५ सय ३५…

January 4, 2020  
प्रदेश सांसदद्वारा प्रमुख प्रशासकीय अधिकृतलाई मार्ने धम्की

कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार महतोलाई प्रदेश २ का सासंद सञ्जय यादवले पुस ५ गते, ७ गते, ९ गते १३ गते र १४ गते गरी पटकपटक फोनमार्फत मार्ने धम्की दिएको भन्दै पीडितले पुस ८ गते दिएको उजुरी उपर प्रहरीले कारवाही नगरेको पीडितले बताउनु भयो । प्रतिनिधिसभा क्षेत्र नम्बर ३…

December 31, 2019  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पुर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सर्लाहीको आयोजनामा जिल्लामा सङ्कलित घटनाहरूको पुष्टि तथा पुनर्पुष्टिका लागि वार्षिक पूर्व समीक्षा कार्यक्रम पुस ९ गते मलङ्गवामा सम्पन्न भएको छ । जिल्लामा ६२ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सन् २०१९ मा सङ्कलन गरिएको इन्सेक जिल्ला…

December 25, 2019  
वडा अध्यक्ष माथि कुटपिट तथा तोडफोड, आरोपितविरूद्ध प्रहरीमा उजुरी

हरिवन नपा–११ का वडा अध्यक्ष शेष मेहबुब रेजालाई कुटपिट हुनुका साथै नगरपालिकामा तोडफोड समेत गरिएको छ । ३३ वर्षीय तसिन रेजा ठेकेदारले हरिवन नगरपालिका कार्यालयको इन्जिनियर जक्कीको कार्यकक्षमा आएर ठुलोठुलो स्वरमा गालीगलोज गरेको हरिवन नपा–८ का वडा अध्यक्ष यज्ञविनोद ढुङ्गेलले जानकारी दिनु भयो । इन्जिनियर जक्कीलाई गाली–गलौज गरिरहेको बेलामा वडा…

December 18, 2019