दोस्रो चरणको निर्वाचन हुन नदिने भन्दै विरोध प्रदर्शन

राष्ट्रिय जनता पार्टीले संविधान संशोधन नभए स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुन नदिने भन्दै वैशाख २९ गते राजविराजमा विरोध र्‍याली तथा सभा गरेको छ । राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिर प्राङ्गणबाट निकालिएको विरोध र्‍याली नगर परिक्रमा पश्चात सहिद दशन चोकमा पुगी सभामा परिणत भएको थियो । आगामी वैशाख ३१ गते हुने…

May 13, 2017  
नापी कार्यालयमा शक्तिशाली बम विष्फोट

राजविराज नपा-८ स्थित नापी कार्यालयमा वैशाख २९ गते दिउँसो चार बजे शक्तिशाली बम विष्फोट भएको छ । कार्यालय बन्द रहेको समयमा कार्यालयस्थित ग्यारेजमा गराइएको कुकर बम विष्फोटको जिम्मेवारी जयकृष्ण गोइत नेतृत्वको अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिएको छ । विष्फोटबाट मानवीय क्षति नभएपनि ग्यारेजमा रहेको साइकल क्षतिग्रस्त भएको जिल्ला…

May 13, 2017  
रमजानमा गर्न लागेको दोश्रो चरणको निर्वाचनको विरोधमा प्रदर्शन

मुस्लिम समाज, सप्तरीले एक महिनासम्म चल्ने पवित्र रमजान पर्वको बीचमा हुन लागेको स्थानीय तहको दोश्रो चरणको निर्वाचन कार्यक्रमको विरोध जनाउँदै वैशाख २३ गते राजविराजमा प्रदर्शन गरेको छ । २० वर्षपछि हुन लागेको चुनावमा मुस्लिम समुदाय उत्साहित भएपनि रमजान पर्वका कारण मतदान गर्न पाउने मौलिक हकबाट वञ्चित बनिने भन्दै यहाँका मुस्लिम…

May 7, 2017  
मधेस आन्दोलनका क्रममा घाइते भएका साफीको मृत्यु

प्रान्तीय सीमाङ्कनको विरोधमा मधेसी मोर्चा, सप्तरीको आह्वानमा भएको आन्दोलनमा ०७२ मङ्सिर ५ गते प्रहरीको गोली लागेर घाइते भएका हनुमाननगर कङ्कालिनी नपा-४ मधवापुरका ५४ वर्षीय रघु साफीको वैशाख १५ गते राति मृत्यु भएको छ । दङ्गाग्रस्त क्षेत्र तोकिएको हनुमाननगर कङ्कालिनी नपा-१ भारदहस्थित पूर्व-पश्चिम राजमार्गमा आवागमन अवरोध गर्न गएका बेला ०७२ मङ्सिर…

April 29, 2017  
सप्तरी घटनाका मृतककी पत्नी घरेलु हिंसामा

सुरक्षाकर्मीको गोलीले मृत्यु भएका राजविराज नपा-९ (साविक मलेठ गाविस-२) का सन्जन मेहताकी पत्नी २१ वर्षीया सविताकुमारी मेहताले घरेलु हिंसामा परेको उजुरी दिएपछि वैशाख १४ गते जिल्ला प्रहरी कार्यालयमा दुवै पक्षबिच छलफल भएको छ । क्षतिपूर्तिस्वरूप सरकारले दिने १० लाख रुपियाँ मृतककी पत्नीले लिने कि मृतकका बुवाआमाले लिने भन्ने विवादले घरेलु…

April 29, 2017  
जिल्लाभरी औषधि अभावले सर्वसाधारण मर्कामा

जिल्ला जनस्वास्थ्य कार्यालयले खरिद प्रक्रियामा ढिलाई गर्दा आर्थिक वर्षको साढे नौ महिना बित्दासमेत औषधि ल्याउन नसकेपछि जिल्लाभरीका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । लामो समयदेखि जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुखविहीन हुनु, आफैं खरिद गर्नुपर्ने औषधिसमेत ल्याउन नसक्नु र आपसी विवादले औषधि अभाव भएपछि बिरामीहरू निजी क्लिनिकबाट औषधि खरिद गर्न बाध्य…

April 28, 2017  
प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबिच झडप भएपछि मतदाता शिक्षा कार्यक्रम स्थगित

जिल्ला निर्वाचन कार्यालयद्वारा राजविराजमा आयोजित मतदाता शिक्षा कार्यक्रम विथोल्ने क्रममा वैशाख ९ गते लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच भएको झडपमा मोर्चाका चार जना कार्यकर्ता घाइते भएका छन् । मतदाता शिक्षा स्वयम्सेवक र निर्वाचन शिक्षा कार्यकर्ताका लागि केअमाविमा आयोजित मतदाता शिक्षा कार्यक्रम स्थलमा प्रवेश गरी मोर्चाका कार्यकर्ताहरूले सामग्रीहरू खोस्न थालेपछि…

April 22, 2017  
पसलभित्र सकेट बम फेला परेपछि नगरबासी आतङ्कित

राजविराज नपा-७ गजेन्द्र चोकस्थित रोशन इम्पोरियममा फेला परेको सकेट बमलाई राजविराज नपा-२ स्थित श्री कृष्ण दल गणबाट गएको नेपाली सेनाको टोलीले वैशाख ४ गते निष्क्रृय पारेको छ । राष्ट्रिय बाणिज्य बैङ्क छेउमै रहेको रमेश शारडाको कपडा पसलमा सकेट बम फेला परेपछि व्यापारी तथा नगरबासी आतंकित बनेका छन् । तराईमा सशस्त्र…

April 17, 2017  
मोर्चाद्वारा सडक छेकेर निर्वाचन कार्यालयमा धर्ना

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले वैशाख ३ गते राजविराज नपा-८ स्थित सडक छेकेर जिल्ला निर्वाचन कार्यालयमा धर्ना दिएको छ । मोर्चाको माग सम्बोधन हुने गरी संविधान संशोधन नभएसम्म चुनाव हुन नदिने भन्दै मोर्चाका नेता, कार्यकर्ताहरूले बिहान १० बजेदेखि ४ बजेसम्म सडकमा पाल टाँगेर निर्वाचन कार्यालय घेराउ गरी धर्ना दिएका हुन्…

April 16, 2017  
निर्वाचन विथोल्ने चेतावनीसहित मधेसी मोर्चाद्वारा प्रदर्शन

सरकारले संविधान संशोधनको नयाँ विधेयक संसदमा दर्ता गरेपछि स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने निर्णयमा पुगेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले चैत ३१ गते राजविराजसहित विभिन्न शहरमा विरोध प्रदर्शन गरेको छ । संविधान संशोधनको नयाँ विधेयकले मोर्चा र गठबन्धनले उठाएका माग सम्बोधन नगरेको भन्दै मोर्चाले मुद्दा सम्बोधन गराउन आन्दोलनलाई निरन्तरता दिएको जनाउँदै…

April 13, 2017