प्रमुख निर्वाचन आयुक्तलाई कालो झण्डा

राजपा नेपालका नेता, कार्यकर्ताहरूले गृहजिल्ला आएका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलाई जेठ २८ गते कालो झण्डा देखाएर विरोध प्रदर्शन गरेका छन् । जिल्ला निर्वाचन कार्यालयले आयोजना गरेको सरोकारवाहरूसँगको अन्तरक्रिया कार्यक्रममा आएका डा. यादवलाई राजपाका स्थानीय नेताहरूले कालो झण्डा देखाएर निर्वाचन विरोधी नाराबाजी गरे । सिडिओ निवासस्थित कार्यक्रमस्थलमा छिर्दै गर्दा…

June 11, 2017  
राजपाद्वारा एमाले कार्यक्रमस्थलमा तोडफोड र आगजनी

नेकपा (एमाले) को राजविराज नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा प्रवेश गरी राजपाका नेता, कार्यकर्ताहरूले जेठ २८ गते तोडफोड र आगजनी गरेका छन् । राजविराज नपा-३ स्थित साह धर्मशालामा आयोजित एमालेको चुनावी भेलामा प्रवेश गरेका राजपाका कार्यकर्ताहरूले तुल, ब्यानर, झण्डा, कागजपत्रलगायतका निर्वाचन सामग्री जलाउनुका साथै कुर्सी तोडफोड गरेका हुन् । एमालेका केन्द्र…

June 11, 2017  
राजनीतिक दलद्वारा बालबालिकालाई निर्वाचनमा सहभागी नगराउने प्रतिबद्धता

सप्तरीका जिल्लास्तरीय नेता तथा सरोकारवालाहरूले बालबालिकालाई निर्वाचनको कुनै पनि काममा सहभागी नगराउने सात बुँदे प्रतिबद्धता पत्रमा जेठ २६ गते हस्ताक्षर गरेका छन् । बाल अधिकारको संरक्षण र प्रवर्धनका लागि जिल्ला बाल कल्याण समितिद्वारा आयोजित अन्तरसम्वाद तथा प्रतिबद्धता कार्यक्रममा नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, सङ्घीय समाजवादी फोरम नेपाल, नेमकिपा, नेकपा संयुक्त,…

June 9, 2017  
निर्वाचनको विरोध गर्दै सडक अवरुद्ध

स्थानीय तहको दोस्रो चरणको निर्वाचनविरुद्ध राष्ट्रिय जनता पार्टी नेपालले जेठ २५ गते पूर्व-पश्चिम राजमार्गसहित सप्तरीको विभिन्न सडक खण्ड दुई घण्टा अवरुद्ध गरेको छ । संविधान संशोधन बिना गर्न लागिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुन नदिने भन्दै राजपाका कार्यकर्ताहरूले दिउँसो एकदेखि तीन बजेसम्म राजविराज, रुपनी, महुली, भारदह, हनुमाननगर, कल्याणपुर, कदमाहा,…

June 8, 2017  
एमालेको कार्यक्रम र निर्वाचन बिथोल्ने कार्यक्रम सार्वजनिक

राष्ट्रिय जनता पार्टी नेपाल राजविराज नगरपालिका जनआन्दोलन कमिटिले जेठ २३ गते नेकपा (एमाले) को कार्यक्रमको विरोध गर्नेसहितको स्थानीय तहको निर्वाचन बिथोल्ने कार्यक्रम सार्वजनिक गरेको छ । राजविराजस्थित पबि माविको मैदानमा बसेको जनआन्दोलन कमिटीको बैठकले नेकपा (एमाले) ले जिल्लामा गर्ने हरेक कार्यक्रमको विरोध गर्नेदेखि विरोध सभा, चक्काजामसहितको कार्यक्रम गर्ने निर्णय गरेको…

June 6, 2017  
निर्वाचन विथोल्न पत्रकारसहितको समिति गठन

राजपा नेपालले दोश्रो चरणको स्थानीय निर्वाचन विथोल्नका लागि जेठ २२ गते पत्रकारहरूसहितको जन-आन्दोलन परिचालन समिति गठन गरेको छ । राजविराज नगरपालिकासहित सप्तरीको विभिन्न नगरपालिका तथा गाउँपालिकामा स्थानीय तह निर्वाचन बहिष्कारको लागि राजपाका वरिष्ठ नेता मृगेन्द्रकुमारसिंह यादव तथा सह-महामन्त्री जयप्रकाश ठाकुरसहितको उप-समितिमा ६ सदस्यीय संयोजक मण्डलसहित १ सय ५१ सदस्यीय जनआन्दोलन…

June 5, 2017  
त्रास हटाए मात्र निर्वाचन सफलः पूर्व अध्यक्ष उपाध्याय

राष्ट्रिय मानव अधिकार आयोगका पूर्व अध्यक्ष एवम् पूर्व प्रधानन्यायाधीश केदारनाथ उपाध्यायले दोश्रो चरणको स्थानीय तह निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित बनाउन राजनितिक दल र नागरिक समाजको योगदान महत्वपूर्ण हुने बताएका छन् । लोकतान्त्रिक स्वतन्त्रता तथा मानव अधिकार संस्था र शान्तिको लागि साझा अभियानद्वारा जेठ २२ गते राजविराजमा आयोजित 'स्वतन्त्र,…

June 5, 2017  
आन्दोलनका घाइतेको स्वास्थ्योपचार तथा क्षतिपूर्तिको माग

सप्तरीका कानुन व्यावसायीहरूले ०७३ फागुन २३ गते रुपनी गापा-५ साविक बसविट्टी गाविस-५ मा भएको घटनामा प्रहरीको गोली लागी घाइते भएका जिल्ला बार एशोसिएनका कोषाध्यक्ष दिगम्बर यादवको निशुल्क उपचार गराउनुका साथै उचित क्षतिपूर्ति दिन जेठ १९ गते राज्य पक्षसँग माग गरेका छन् । जिल्ला तथा उच्च अदालत बार एशोसिएसन राजविराजद्वारा संयुक्त…

June 3, 2017  
बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शम्भुनाथ नपा-५ का १८ वर्षीय दिपेन्द्र मण्डल र १७ वर्षीय बालकलाई जेठ १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितहरूले जेठ १३ गते सामूहिक बलात्कार गरेको आरोपमा उजुरी परेपछि अनुसन्धानका लागि आरोपितलाई जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी यादवराज उप्रेतीले बताए । पीडितले…

June 1, 2017  
मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको गुनासो

स्थानीय तहको दोश्रो चरणको निर्वाचनका लागि जिल्लामा सञ्चालित मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा बदर मत सङ्ख्या बढने स्थानीयबासीले गुनासो गरेका छन् । तालिम प्राप्त मतदाता शिक्षा स्वयम्सेवक नियुक्त भएपनि परिचालन हुन नसक्दा मतदाता शिक्षा कार्यक्रम अपेक्षित रूपमा प्रभावकारी बन्न नसकेको पत्रकार धु्रव मण्डलले बताए । जिल्लाभरी ४ सय ६१ मतदान…

June 1, 2017