बाढीपीडित आधारभूत आवश्यक्ताबाट वञ्चित

सप्तरीमा बाढीले घरबारविहीन भएका ३ हजार परिवारको अवस्था तनावपूर्ण बनेको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले शिविरमा बसेकाहरूको खानेबस्ने व्यवस्था गरिएको दावी गरे पनि विभिन्न ठाउँमा पाल टांगेर बसेका विस्थापितहरू न्यूनतम आधारभूत सुविधाबाट वञ्चित छन् । गत साउन २६ गतेदेखि पाँच दिनसम्मको अविरल वर्षासँगै आएको बाढीले विस्थापित भएकाहरू…

August 16, 2017  
संविधान संशोधनको माग गर्दै विश्व आदिवासी दिवस मनाइयो

'सम्पूर्ण आदिवासी जनजातिहरूको अभियान, जातीय पहिचानसहितको सङ्घीय संविधान संशोधन' भन्ने मुल नाराका साथ सुरुङ्गा नपा-४ मधुपट्टीमा साउन २५ गते २३ औँ विश्व आदिवासी दिवस मनाइएको छ । कार्यक्रमका वक्ताहरूले आदिवासी जनजातिमाथि राज्यले विभेद कायमै राखेको गुनासो गरे । उनीहरूले नेपालका मुलवासीमाथि विभेद कायमै रहिरहे मुलकमा ठूलो जनविद्रोह हुने चेतावनीसमेत दिए…

August 9, 2017  
अस्पतालमै धामीझाँक्रीको भरपर्दा एक जनाको मृत्यु

अन्धविश्वासमा परेर उपचार नपाउँदा हनुमाननगर कंकालिनी नपा-५ का ७८ वर्षीय दुःखाई साहको साउन २५ गते मृत्यु भएको छ । विषालु सर्पले टोकेपछि समयमै अस्पताल पुर्‍याई चिकित्सकीय पद्धतिबाट उपचार गराउनुको साटो धामीझाँक्रीको भर पर्दा उनको मृत्यु भएको स्थानीयबासीले बताए । घरमा सुतिरहेका साहलाई साउन २४ गते राति विषालु सर्पले टोकेपछि गाउँलेहरूको…

August 9, 2017  
प्रहरी भ्यानमै बम विष्फोट

सशस्त्र समूह प्रगतिशील तराई मुक्ति मोर्चाले साउन २१ गते राति गस्तीमा हिँडेको इलाका प्रहरी कार्यालय कडरबोनाको बा.१ झ ७३९२ नम्बरको भ्यानमा बम विष्फोट गराएको छ । प्रहरी भ्यानलाई लक्षित गरी सुरूङ्गा नपा-६ स्थित सडकमा खाल्डो खनी बिछ्याएको प्रेसर कुकर बम विष्फोटले भ्यान क्षतिग्रस्त भएको छ । साउन ४ गते मात्र…

August 6, 2017  
मानव अधिकार आयोगको टोली राजविराजमा

मानव अधिकार हनन्सम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगमा परेका पुराना उजुरीहरूको अनुसन्धानका लागि आयोगको क्षेत्रीय कार्यालय जनकपुरको टोली साउन २१ गते राजविराज आएको छ । आयोगका मानव अधिकार अधिकृतहरू चिरञ्जिवी कोइराला र दीपकुमार यादवसहितको टोलीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, अञ्चल अस्पताल र पीडित राजविराज नपा-४ स्थित लक्ष्मीदेवी दासको घर…

August 5, 2017  
दलित आन्दोलनका अगुवा रामको निधन

सिनो बहिष्कार र भूमिहीन हरुवाचरुवा आन्दोलनका अगुवा नेता सुरुङ्गा नपा-४ मधुपट्टि कनकपुरका ६७ वर्षीय बलदेव रामको साउन १७ गते बिहान निधन भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराई साउन १५ गते घर फर्किएका रामको स्वास्थ्य अवस्था साउन १७ गते बिहान एकाएक बिग्रिएपछि अस्पताल लैजाने तयारी गर्दागर्दै…

August 1, 2017  
प्रकाश काफ्ले स्मृति दिवसमा डोम पुरस्कृत

मानव अधिकार तथा दलित आन्दोलनमा योगदान पुर्‍याएका सप्तरीको छिन्नमस्ता गाउँपालिका-२ का ५३ वर्षीय युक्तिलाल मरिक (डोम) साउन १६ गते वैद्य-प्रकाश मानव अधिकार पुरस्कार-२०७४ बाट पुरस्कृत भएका छन् । वैद्य-प्रकाश मानव अधिकार पुरस्कार कोषले राजविराजमा २५औं प्रकाश स्मृति दिवसका अवसरमा आयोजना गरेको एक समारोहका बिच डोमलाई सो पुरस्कारबाट सम्मानित गरिएको हो…

July 31, 2017  
वैद्य-प्रकाश मानव अधिकार पुरस्कार डोमलाई

मानव अधिकार तथा दलित आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएका सप्तरीको छिन्नमस्ता गाउँपालिका-२ का ५३ वर्षीय युक्तिलाल मरिक (डोम) लाई वैद्य-प्रकाश मानव अधिकार पुरस्कार-२०७४ बाट सम्मानित गर्ने निर्णय भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा '२१ औँ प्रकाश मानव अधिकार पुरस्कार'बाट सम्मानित राजविराज नपा-७ का वैद्यनाथ झाले प्राप्त गरेको नगद रु.…

July 30, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेल्ही चपेना गाउँपालिका-४ का ३२ वर्षीय गुजाइ मलाहा मुखियालाई साउन ११ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन ७ गते बलात्कार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालयमा साउन ८ गते उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण राजविराजस्थित गनासिं सगरमाथा…

July 26, 2017  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कृष्णासबरन गाउँपालिका-३ का २५ वर्षीय श्यामसुन्दर खंगलाई साउन ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले प्रहरीमा उजुरी गरेपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य…

July 18, 2017