आरडिएक्ससहितको बम राखेको आरोपमा दुई जना गिरफ्तार
राजविराज-कुनौली सडकखण्ड स्थित बिष्णुपुर गापा-१ मा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय नजिक आरडिएक्ससहितको कुकर बम राखेको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई मङ्सिर १२ गते गिरफ्तार गरेको छ । गिरफ्तार दुई जना सप्तरीको विष्णुपुर गापा र छिन्नमस्ता गापाको भएपनि उनीहरूको नाम प्रहरीले खुलाएको छैन । उनीहरूलाई जिल्ला…
लाउडस्पिकरबाट माइकिङ्ग गर्दै गराजपा-फोरम गठबन्धन
राजविराजसहित निर्वाचन क्षेत्र नम्बर २ मा सङ्घीय समाजवादी फोरम, नेपाल र राजपा गठबन्धनले मङ्सिर ७ र ८ गते चुनाव चिन्ह र उम्म्मेदवारको पक्षमा मत माग्दै पिकअप गाडीबाट माइकिङ् गरेको छ । आचारसंहिता विपरीत ठूलो व्यानर राखिएको को १ च ८०२३ नम्बरको पिकअप गाडीमा माइकिङ गर्दै मत मागिरहेकोमा अन्य राजनीतिक दलका…
हलो-कोदालोसहित हरूवा-चरूवाको प्रदर्शन
गाउँ-गाउँबाट हलो, कोदालोसहित सदरमुकाम आएका महिला, बृद्धबृद्धा हरूवा-चरूवाहरूले हरूवा चरूवा मुक्तिको माग गर्दै मङ्सिर ६ गते राजविराजमा प्रदर्शन गरेका छन् । हरूवा चरूवाहरूले 'हरूवा-चरूवा आयोग गठन गर, हरूवा-चरूवाको ऋण मिन्हा गर, हरूवा-चरूवाको परिचय पत्र लागु गर, हरूवा-चरूवाको घर, जग्गा, रोजगारीको सुनिश्चित गर' भन्ने नाराहरू लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरे ।…
आचारसंहिता विपरीत स्मारकमा चुनावी व्यानर
आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि फोरम-राजपा गठबन्धनका उम्मेदवारहरूले रुपनी गाउँपालिका-१ स्थित रुपनी चोकमा रहेको स्मारकमा चुनावी व्यानर र झण्डा टाँगेर आचारसंहिता उल्लङ्घन गरेका छन् । प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार बनेका राजपाका चन्द्रकान्त चौधरी र दिनेश यादवको तस्विर र चुनाव चिन्ह अङ्कित व्यानर स्मारकमा रहेको…
अज्ञात महिलाको शव फेला
हनुमाननगर कङ्कालिनी नपा-५ मा कर्तव्य गरी हत्या गरेको अवस्थामा मङ्सिर ५ गते अन्दाजी २५ वर्षीया 'अपरिचित' महिलाको शव फेला परेको छ । कोशी बाँधको पक्की बाटोमा रहेको कोशी बाँधको नोज नं. ४३० को पूर्व भित्तामा टाउको, हातगोडा काटी फालेको अवस्थामा अज्ञात महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ…
अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइयो
जिल्ला बाल क्लब सञ्जाल, सप्तरीले राजविराजमा मङ्सिर ४ गते अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाएको छ । स्थानीय हरिनन्देश्वर महादेव मन्दिरको प्राङ्गणबाट निक्लिएको बालबालिका र सरोकारवालाहरूको जुलुशले नगरपरिक्रमा गर्दै प्रभातफेरी गरेको छ । निर्वाचनमा बालबालिकाको प्रयोग नगरौँ, बालबालिकालाई विद्यालय पठाऔँ, बालश्रम र बालविवाह अन्त्य गरौँ जस्ता नारासहित नगरपरिक्रमा गरेपश्चात हरिनन्देश्वर महादेव…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले हनुमाननगर कङ्कालिनी नपा-३ का २५ वर्षीय मो. जहुरलाई मङ्सिर २ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले कात्तिक २७ गते बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा कात्तिक २९ गते उजुरी दिएकी थिइन् । पीडित युवतीको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा…
आचारसंहिता विपरीत मत माग्दै कर्मचारी
राजविराज नगरपालिका कार्यालयका लेखापाल शत्रुघ्न दासले प्रदेश सभाका लागि राजपा-फोरम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका राजपाका महासचिव मनिष सुमनको मत मागेर आचार संहिता उल्लङ्घन गरेका छन् । लेखापाल दासले सप्तरीको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ (२) बाट उम्मेदवार रहेका सुमनको तस्विर र चुनाव चिन्हसहित भोट फोर सुमन लेखिएको प्रोफाइल पिक्चर…
आचारसंहिता विपरीतका निर्वाचन प्रचार सामग्री हटाइयो
जिल्ला निर्वाचन कार्यालय र स्थानीय प्रशासनको संयुक्त टोलीले सदरमुकाम राजविराज नगरको विभिन्न स्थानको सार्वजनिक स्थल र सरकारी कार्यालयहरूमा लगाइएको दलका प्रचारप्रसार सामग्री कात्तिक ३० गते हटाएको छ । आगामी मङ्सिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूले हजारौँको सङ्ख्यामा झुण्डाएका,…
आचारसंहिता विपरीत मन्दिरमा चुनावी सभा
आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि फोरम र राजपाको गठबन्धनले राजविराज नपा-६ स्थित बागेश्वरी मन्दिरमा कात्तिक २९ गते चुनावी सभा गरेर आचारसंहिता उल्लङ्घन गरेका छन् । प्रतिनिधि सभा २ का उम्मेदवार रहेका सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र प्रदेश सभाका उम्मेदवार राजपाका महासचिव मनिषकुमार सुमनले मन्दिर प्राङ्गणमा…