प्रहरी प्रशासनले सुनुवाइ नगरेपछि जिल्ला अदालतमा घरेलु हिंसाको उजुरी, संरक्षणात्मक आदेश जारी
सप्तकोशी नपा–४ बलार्दह की २८ वर्षीया रञ्जनादेवी झाले उनको ससुरा ५५ वर्षीय देवेन झा, सासु ४८ वर्षीया बिदोतमादेवी झा र पति ३० वर्षीय नारायण झाविरुद्ध जिल्ला अदालतमा असोज २१ गते घरेलु हिंसाको उजुरी दिनु भएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको असोज २२ गतेको इजलासले पीडितका हकमा शान्तिपूर्वक…
दाइजो मागेर यातना दिएको घटनाका आरोपित गिरफ्तार
अग्निसाइर कृष्णसवरन गाउँपालिका–५ बकधुवाकी २६ वर्षीया मनिताकुमारी चौधरी भनिने सबनम खातुनलाई दाइजो माग गर्दै यातना दिएको र लैङ्गिक हिंसा गरेको आरोपमा प्रहरीले ६५ वर्षीय ससुरा फरमुद मियाँलाई असोज २१ गते गिरफ्तार गरेको छ । आरोपित फरमुद, पीडितकी ६० वर्षीया सासू जहरुन खातुन, आरोपितकीे २७ वर्षीया छोरी अजमेरुल खातुन र ३०…
गाउँका पञ्चको दबाबमा यौन दुर्व्यवहार पीडित महिलाको उजुरी अभद्र व्यवहारमा !
यौन दुर्व्यवहारबाट पीडित ३५ वर्षीया महिलाले गाउँका पञ्चको दबाबमा परेर प्रहरीमा उजुरी दिने बेलामा अभद्र व्यवहारमा उजुरी दिएकी छन् । घटनाका आरोपित बिष्णुपुर गाउँपालिका–६ का ३६ वर्षीय वचवा भनिने राजेश सरदार र सोही ठाउँका २८ वर्षीय कोभिया सरदारविरुद्ध जिल्ला प्रहरी कार्यालयले असोज १९ गते पीडितले लिखित रूपमा दिएको अभद्र व्यवहारको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई असोज १७ गते बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नपा–७ का ३५ वर्षीय पाँचु सरदारलाई असोज १८ गते घरैबाट गिरफ्तार गरेको छ । पीडित पक्षले आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरुपमा दिएको उजुरी असोज १९ गते दर्ता गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्रप्रसाद धमलाले बताउनु भयो । पीडित…
इन्सेकको पहलमा गरिएको उपचारपछि स्वस्थ हुनुभयो उमाकान्त
इन्सेकको पहलमा गरिएको उपचारपछि मानसिक र शारीरिक रूपमा स्वस्थ भएर अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ घोघींदाहा भवानिपुरका ४९ वर्षीय उमाकान्त चौधरी २० महिनापछि असोज १४ गते साँझ घर फर्कनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अनलाइनमा ०७५ मङ्सिर २१ गते उपचारका लागि सहयोग जुटाई दिन पीडित परिवारको अनुरोध शीर्षकमा समाचार प्रकाशन…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरी चौकी फत्तेपुरले सप्तकोशी नपा–१ का २२ वर्षीय शङ्कर साहलाई असोज ११ गते गिरफ्तार गरेको प्रहरी प्रधान कार्यालयका सूचना अधिकारी एसएसपी कुबेर कडायतले जानकारी दिनु भएको छ । पीडित बालिकालाई मादक पदार्थ सेवन गरेका आरोपितले असोज ९ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ…
बलात्कार प्रयास घटनाका आरोपितहरू गिरफ्तार
२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नपा–३ भुतहीका ५८ वर्षीय खुशीलाल यादव, ३२ वर्षीय पवन पण्डित कुम्हार र डाक्नेश्वरी नपा–५ पातोका ७३ वर्षीय बिन्देश्वर शर्मालाई असोज ११ गते गिरफ्तार गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले ०७३ भदौ २७ गते आरोपितहरूलाई जनही १० दिनको…
कुटपिटका कारण गर्भपतन, घटनाका आरोपित गिरफ्तार
तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाकी २५ वर्षीया सञ्जुदेवी मण्डललाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले सोही ठाउँका ४३ वर्षीय सदिक मन्सुरीलाई असोज ६ गते गिरफ्तार गरेको छ । लौनिया टोलभन्दा पश्चिम नहरको छेउमा रहेको खेतमा लगाइएको धान बालीमा साउन १९ गते आरोपितले पशुचौपाया चराएको तथा बाली मासिने गरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
१९ वर्षीया महिलालाई गत भदौ ३० गते बलात्कार प्रयास गरेको आरोपमा सुरुङ्गा नपा–५ का २० वर्षीय मोहम्मद सहादतविरुद्ध इलाका प्रहरी कार्यालय कडरबोनाले असोज ४ गते उजुरी दर्ता गरेको छ । पीडितले असोज ३ गते दिएको उजुरीका आधारमा आवश्यक अनुसन्धान पश्चात उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर रामराजा केशरीले…
बलात्कार घटनाबाट पीडित बालिकाद्वारा आत्महत्या
डाकनेश्वरी नगरपालिका–७ की १७ वर्षीया नन्की भनिने सङ्गिता मण्डललाई बलात्कार गरेका आरोपितहरूविरुद्ध उजुरी गर्न गाउँलेले रोक लगाएपछि पीडितले भदौ ३० गते आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ । सामूहिक बलात्कार घटनाका आरोपितहरूविरुद्ध प्रहरी कहाँ उजुरी गर्न केही गाउँलेहरूले नै रोक लगाउँदै धम्कीपूर्ण चेतावनी दिएपछि पीडित बालिकाले घरमै भुण्डिएर आत्महत्या गरेको…