आत्महत्या दुरुत्साहनको कसुरमा चार वर्ष कैद

बोदेबर्साइन नपा–७ बगबिरा की २२ वर्षीया आरतीकुमारी यादवको आत्महत्या दुरुत्साहनको कसुरमा उनका पति २९ वर्षीय सुरेशकुमार यादवलाई सप्तरी जिल्ला अदालतले चैत २ गते चार वर्ष कैद र ४० हजार रुपियाँ जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश सुदर्शन लामिछानेको इजलाशले सुरेशलाई यस्तो फैसला गरेको स्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिनु भयो…

March 18, 2020  
लक्षित समूह स्वास्थ्य उपचारबाट वञ्चित

खुट्टा भाँचिएर घाइते सर्लाहीको श्रीनगर घर बताउने करिब ५० वर्षीय मानसिक रोगी भरोसी झा खर्च अभावमा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको शैयामा छट्पटाईरहेका छन् । सडकमा वेवारिसे अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय कञ्चनरुपले फागुन २१ गते उहाँलाई अस्पताल भर्ना गरे पनि एक्सरे र प्लास्टरका लागि पैसा नहुँदा १२ दिनदेखि उपचारविहीन…

March 17, 2020  
कालो वर्ण भएको भन्दै विवाह स्थगित

छिन्नमस्ता गाउँपालिका–५ लोखरमकी मालतीकुमारी सदासँग बोदे बर्साइन नपा–५ सिलहटका श्रवण सदाबीच फागुन २९ गते भइरहेको विवाह बेहुली कालो वर्ण भएको भन्दै स्थगित भएको छ । स्वयम्बर भएपछि श्रवणले एक्कासी केटी मन नपरेकोले विवाह नगर्ने भन्दै मण्डपबाट भागेपछि विवाह स्थगित भएको स्थानीय जयप्रकाश ठकुरले बताउनु भयो । दुबै पक्षका अभिभावकले एक…

March 17, 2020  
आरोपितमाथि कारवाही नभएको गुनासो

तिलाठी कोइलाडी गाउँपालिका–८ की ३४ वर्षीया प्रमीलादेबी मण्डललाई उनका देवर ३२ वर्षीय रामकुमार मण्डल र निजकी पत्नी ३० वर्षीया सोनीतादेबी मण्डलले निर्घात कुटपिट गरेको भन्दै दिएको उजुरीमाथि प्रहरीले कारवाही नगरेको पीडित पक्षले आरोप लगाएका छन् । घटनाको १५ दिन बिते पनि जिल्ला प्रहरी कार्यालयले उजुरी लिन अस्विकार गरेको र कुनै…

March 16, 2020  
जेष्ठ नागरिकको हत्या प्रयासका आरोपित गिरफ्तार

राजविराज नपा–८ का ६७ वर्षीय सत्यनारायण साहलाई घाँटी काटेर हत्या प्रयास गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २० वर्षीय मुकेश मण्डललाई चैत १ गते गिरफ्तार गरेको छ । घरमा सुतिरहेका बेला साउन २९ गते राति ११ः३० बजे घरभित्र प्रवेश गरेका आरोपितले भुईमा लडाई धारिलो हतियारले घाँटी काटेको पीडितले बताउनु भयो…

March 16, 2020  
उम्मेदवारहरूले खर्च विवरण बुझाएनन्

सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनका उम्मेदवारले साढे तीन महिना बिते पनि खर्च विवरण बुझाएका छैनन् । निर्वाचन आयोग नियमावली २०७३ को दफा १४ बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र अनुसूची ५ को ढाँचामा खर्चको विवरण पेश गर्नु पर्ने हुन्छ । जिल्ला निर्वाचन कार्यालय…

March 16, 2020  
स्थानीयवासीको पहलमा बालविवाह रोकियो

बलान बिहुल गाउँपालिका–३ की १४ वर्षीया बालिकाको हुन लागेको बालविवाह फागुन ३० गते त्यहाँका स्थानीयवासीहरुको पहलमा रोकिएको छ । कानून विपरित बालिकाको विवाह गर्न नपाइने भन्दै स्थानीयवासीहरुले रोक लगाए पछि फागुन २९ गतेको विवाह लग्नमा हुन नपाएको विवाह लुकिछिपी फागुन ३० गते पुनः गर्न खोजेकोमा पुनः स्थानीयवासीहरुकै प्रयासमा रोकिएको छ…

March 15, 2020  
बलात्कार घटनका आरोपित विरुद्ध उजुरी दर्ता

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महादेवा गाउँपालिका–२ का ३५ वर्षीय ओमप्रकाश मण्डलविरुद्ध फागुन २९ गते उजुरी दर्ता गरेको छ । उच्च अदालत जनकपुर राजविराज इजलाशले फागुन ४ गते परमादेश गरेपछि बलात्कारको उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घरमा सुतिरहेका बेला २०७५ भदौ २८ गते…

March 15, 2020  
प्रहरीविरुद्ध अदालतको अपहेलनाको उजुरी पछि कथित बोक्सीको उजुरी दर्ता

राजविराज नपा–६ की एकल महिला ४२ वर्षीया कविता मिश्रालाई कथित बोक्सी भन्दै कुटपिट गरेको आरोपमा सप्तरी प्रहरीले बिष्णुपुर गाउँपालिका–२ सिम्राहा सिग्यौन घर भई हाल राजबिराज नपा–६ बस्ने ५४ वर्षीय रामकुमार यादव, उनका छोराहरू २७ वर्षीय रमेशकुमार यादव, २५ वर्षीय राजेशकुमार यादव, २३ वर्षीय उमेशकुमार यादव, रामकुमारका भाई ४५ वर्षीय रामअधिन…

March 15, 2020  
हत्या घटनाका आरोपित गिरफ्तार

तिरहुत गाउँपालिका– ४ डिमनका दिलिपकुमार यादवलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५३ वर्षीय सुकदेव यादव र उनका छोरा ३७ वर्षीय बिनोदकुमार यादवलाई फागुन २९ गते पक्राउ गरेको छ । फरार रहेका आरोपितहरूलाई ईलाका प्रहरी कार्यालय कञ्चनरुपले जिल्ला प्रहरी कार्यालय सुनसरीको सहयोगमा सुनसरीको इनरुवा नगरपालिका– ९ बबीयाबाट गिरफ्तार…

March 15, 2020