आलमविरूद्ध ज्यान मार्नेसहित तीन कसुरमा मुद्दा दर्ता
नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद आफ्ताव आलमविरूद्ध कात्तिक १८ गते जिल्ला अदातल रौतहटमा मुद्दा दर्ता गरिएको छ । उनीविरूद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र विस्फोटक पदार्थसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको सरकारी वकिल खडिन्द्रराज कटुवालले जानकारी दिए । प्रहरीको राय अनुसार जिल्ला सरकारी वकिलको कार्यालयले आलमसहित अन्य १० जनाविरूद्ध…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कटहरिया नपा–५ का ३५ वर्षीय लक्ष्मि साह सोनारलाई कात्तिक ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ८ गते यौन दुर्व्यवहार गरेको भनी पीडितका बाबुले कात्तिक ९ गते इलाका प्रहरी कार्यालय कटरियामा उजुरी दिएका थिए । आरोपितलाई पीडित बालिकाका बाबुले…
निलम्बित कांग्रेस सांसद आलमलाई पाँचदिन थुनामा राख्न अदालतको अनुमति
हत्या आरोपमा गिरफ्तार गरिएका नेपाली कांग्रेसका निलम्बित सांसद मो. अफताव आलममाथि अनुसन्धान गर्न पुनः पाँच दिनको म्याद थप गरीएको छ । यसअघि थपिएको सात दिनको म्यादमा अनुसन्धान नसकिएपछि प्रहरीले पुनः पाँच दिनको म्याद पाएको हो । प्रहरीले अनुसन्धानका लागि सातदिनको म्याद मागेपनि जिल्ला अदालत रौतहटका न्यायाधीश चाडकमणी अर्यालको इजलासले प्रहरीलाई…
१२ वर्षपछि न्याय पाउने आशामा रौतहट घटनाका पीडित परिवार
संविधान सभाको २०६४ चैत २७ गते पहिलो निर्वाचनको एक रात अगाडि रौतहटको राजपुरमा भएको बम विष्फोट घटनामा संलग्न भएको आरोपमा प्रहरीले ०७६ असोज २६ गते नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री मो. आफताव आलमलाई गिरफ्तार गरेपछि न्याय पाउने आशा पुनर्जागृत भएको पीडित परिवारले बताएका छन् । गिरफ्तार परेका नेता आलमलाई…
बम विष्फोट र हत्या घटनाको आरोपमा सांसद मोहमद अफताव आलम गिरफ्तार
रौतहट क्षेत्र नं १ बाट निर्वाचित सांसद मोहम्मद अफताव आलमलाई प्रहरीले असोज २६ गते गिरफ्तार गरेको छ । ०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा उनलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । ०६४ चैत २७ गते राति रौतहटको राजपुरमा बम विस्फोट भएको थियो । संविधानसभाको पहिलो चुनावलाई लक्षित गरी बम…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२४ वर्षीया महिलालाई २६ वर्षीय पति र अन्य तीन जनाले असोज २३ गते सामूहिक बलात्कार गरेको आरोपमा पीडित महिलाले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा असोज २४ गते उजुरी दिएकी छन् । तीन वर्षअघि सामाजिक परम्परा अनुसार विवाह भई घरमै बस्दै आएकी पीडित महिला असोज १० गते माइतीघर चन्द्रपुर नपा–९ डुमरिया गएकी…
शिक्षक सरूवाको विषयलाई लिएर नगरपालिकामा तोडफोड
शिक्षक सरूवाको विषयलाई लिएर कटहरिया नगरपालिकाको कार्यालयमा विद्यार्थीहरूको एक समूहले असोज १० गते तोडफोड गरेका छन् । कटहरिया नगर कार्यपालिकाको असोज ९ गते बसेको बैठकले नगर अन्तर्गतका एक जना प्रध्यानाध्यापक सहित नौ जना शिक्षकलाई अन्यत्र सरुवा गर्ने निर्णय गरेको थियो । ठुलो सङ्ख्यामा आएका विद्यार्थीहरूको समूहले नगरपालिकाको जिन्सी शाखाको ताल्चा…
सेवाग्राहीलाई वडा अध्यक्षले कुटपिट गरेको आरोप
यमुनामाई गाउँपालिका–३ का २० वर्षीय रुपेश साहलाई भदौ २४ गते जग्गाको मोही लगत कट्टाबारे निवेदनमा हस्ताक्षर गराउन जाँदा सामान्य विवाद हँुदा सोही वडाका ४० वर्षीय वडा अध्यक्ष शेख अलियासकाले कुटपिट गरेको पीडित पक्षको आरोप छ । वडा अध्यक्ष अलियासकाको घरमै पुगेका साहलाई वडा अध्यक्षले चप्पलले कुटपिट गरेकोे पीडित साहले बताए…
मोटरसाइकल दाइजो नपाएको निहुँमा एक महिलाको हत्या, आरोपित पति र ससुरा गिरफ्तार
मोटरसाइकल दाइजो नदिएको निहुँमा रौतहटको राजपुर नगरपालिका-७ अकोलवाकी २५ वर्षीया सन्जु देवीको हत्या गरिएको छ । मृतक सन्जुका बुवा अविलास सहनीले प्रहरीमा दिएको उजुरी अनुसार ज्वाइँ रामबाबुले दाइजोमा मोटरसाइकल नपाएको भन्दै छोरीलाई कुटपिट गर्दथे । केही महिनाअघि कान्छी छोरीको बिहे गर्दा मोटरसाइकल दाइजो दिएको देखेपछि रामबाबुले सन्जुमार्फत् आफूलाई पनि मोटरसाइकल…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा माधवनारायण नपा–५ का २४ वर्षीय गोविन्द सहनी र २५ वर्षीय जितेन्द्र सहनीविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय गरुडामा भदौ १५ गते उजुरी दर्ता गराएको छ । पीडित युवतीलाई आरोपितद्वयले भदौ १४ गते बलात्कार प्रयास गर्दा गाउँलेहरूले देखेर सम्भावित खतराबाट जोगाएको पीडितले बताइन्…