नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा गोष्ठी सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशन गरिने नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१९ को प्रकाशन पूर्व समीक्षा गोष्ठी मङ्सिर १० गते चन्द्रनिगाहपुरमा सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक पूर्व जिल्ला प्रतिनिधि विपिन गौतमले सन् २०१८ को हालसम्मको रौतहट जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा तथ्याङ्क प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत…

November 28, 2018  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१७ वर्षीया बालिकालाई तीन जनाले सामूहिक रूपमा बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितत्रयले कात्तिक ४ गते बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ । राति मेला हेर्न गएकी पीडित बालिकालाई कात्तिक ५ गते बिहान उज्यालो नहुँदै घर पुर्‍याइदिने भन्दै…

October 23, 2018  
फिरौतीका लागि बालकको अपहरण, पछि गोली प्रहार गरी हत्या

कटहरीया नपा-९ का १२ वर्षीय युवराज साहलाई अपहरणपछि गोली प्रहार गरी हत्या गरेको अवस्थामा ०७५ जेठ २८ गते प्रहरीले शव फेला पारेको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा ०७५ जेठ २६ गते राति अपहरणमा परेका बालकको शव गढीमाई नपा-५ स्थित वलुवा मदनपुर टोल निजक रहेको बागमती नदीको तटबन्धमा फेला परेको…

June 12, 2018  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१३ वर्षीया बालिकालाई सर्लाही जिल्ला हरिवन नपा-११ का २६ वर्षीय मुकेश दास र सोही ठाउँका २६ वर्षीय रिजवान अन्सारीले वैशाख २० गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा वैशाख २३ गते उजुरी दिएकी छन् । पीडित बालिकालाई आरोपितहरूले बा.२५.प १३७८ नं को मोटरसाइकलमा चढाई रौतहट चन्द्रपुर…

May 6, 2018  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

पाँच वर्षीया र ६ वर्षीया बालिकालाई गुजरा नपा-८ का ३५ वर्षीय रमेश रामले वैशाख १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख १३ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएको छ । पीडितद्वयलाई आरोपितले पालैपालो बलात्कार गरेको पीडितद्वयका अभिभावकले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । पीडित पक्षको मौखिक उजुरीका…

April 26, 2018  
दाईजोको कारण यातना दिई हत्या गरेको आरोपमा उजुरी दर्ता

चन्द्रपुर नपा-९ की २२ वर्षीया सानु बुढाथोकीलाई २४ वर्षीय पति रामचन्द्र बुढाथोकी, ५५ वर्षीय ससुरा शिवबहादुर बुढाथोकी र ५० वर्षीया सासू शिवमाया बुढाथोकीले चैत २९ गते बिहान दाइजोको कारण हत्या गरेको आरोपमा मृतकका काका रामेछाप जिल्ला लिखु गाउँपालिका-६ का माधव बरुवालले चैत ३० गते इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरमा उजुरी दिएका…

April 14, 2018  
म्याद नाघेका औषधि स्वास्थ्य संस्थाद्वारा वितरण

सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको ३७ प्रकारका औषधिमध्ये केही औषधि म्याद नाघेको पठाएको तथ्य खुलेको छ । चन्द्रनिगाहपुर अस्पतालले स्थानीय पौराई स्वास्थ्य चौकीलाई पठाएको निःशुल्क औषधिमध्ये डोक्सलेव नामक औषधिको एक महिना अघिनै म्याद सकिएपनि चैत २५ गते स्वास्थ्य चौकी पौराईलाई पठाएको तथ्य खुलेको हो । अस्पतालले पठाएका औषधिहरूमध्ये धेरै औषधिहरूको…

April 9, 2018  
परिवारका सदस्यले हत्या गरेको आरोपमा जलाउन लागेको शव चीताबाटै बरामद

कटहरिया नपा-५ की ३५ वर्षीया राजकुमारीदेवी साहको जलाउँदै गरेको शव चैत ६ गते बिहान प्रहरीले चीताबाटै बरामद गरेको छ । जलाउन लागिएकी यादवलाई हत्या गरी शव जलाउन लागिएको आरोपमा प्रहरीले शव बरामद गरेको जनाएको छ । मृतक यादवलाई ३५ वर्षीय पति विजय साह सोनारले कुटपिट गरी हत्या गरेको आरोपमा शव…

March 20, 2018  
अज्ञात पक्षबाट गोली प्रहारबाट एक जना घाइते

गरुडा नपा-५ का ५० वर्षीय रामअशिष राय यादवलाई चैत ५ गते राति अज्ञात पक्षले गोली प्रहार गरी घाइते बनाएको छ । कटहरिया नपा-८ प्रि्रा पोखरीयास्थित नेम इँटा उद्योगमा कार्यरत यादव उक्त इँटा उद्योगमा सुतिरहेको अवस्थामा राति साढे ११ बजे गोली प्रहार भएको पीडित पक्षले जनाएको छ । ढाडमा गोली लागेर…

March 20, 2018  
अज्ञात समुहद्वारा स्काईभेटरमा आगजनी

डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरको स्काईभेटरमा चैत ५ गते राति अज्ञात समूहले आगजनी गरेको छ । गरुडा नगरपालिका-५ स्थित झाझपुल कटहरिया सडक खण्ड निर्माणका लागि गरुडा नपा-५ स्थित लक्ष्मिपुरमा राखिएको डिभिजन सडक कार्यालयको स्काईभेटरमा आगजनी भएको हो । आगजनीबाट स्काईभेटरमा पूर्ण रूपमा क्षति भएको छ । स्काईभेटरमा आगजनी गर्ने समूहको खोजतलास…

March 20, 2018