स्वास्थ्यकर्मी अभावमा सर्वसुलभ स्वास्थ्य सेवाबाट बञ्चित
माधवनारायण नपा—८ रजवाडास्थित शहरी स्वास्थ्य केन्द्रमा सात जना स्वास्थ्यकर्मी हुनुपर्नेमा हाल दुई जना मात्र कर्मचारी कार्यरत हुँदा सेवाग्राहीहरू सर्वसुलभ स्वास्थ्य सेवा पाउनबाट बञ्चित रहेका छन् । स्वास्थ्य केन्द्रका इन्चार्ज रामबहादुर साहका अनुसार सामान्य अवस्थामा यस स्वास्थय केन्द्रमा दैनिक ४० देखि ५० जना विरामीहरू आउने गरेका छन् । हालको मौसम परिवर्तनको…
शिक्षक अभावमा शिक्षाको गुणस्तरमा कमी
माधवनारायण नपा—८ रजवाडास्थित श्री प्रावि रजवाडामा आठ जना शिक्षकको दरबन्दी हुनुपर्नेमा हाल तीन जना मात्र कार्यरत रहेकोले शिक्षाको गुणस्तरमा कमी आएको सरोकारवाला बताउँछन् । भनिन्छ–“बालबालिकाको पहिलो पाठशाला घर परिवार हो, भने दोस्रो पाठशाला विद्यालय” विद्यालयमा पनि बालबालिकाको जग भनेको प्राथमिक तह नै हो । उक्त विद्यालयमा बालबालिकाको शिक्षाको स्थिति हेर्दा…
खुकुरी प्रहार घटनाका आरोपित देवर गिरफ्तार
यमुनामाई गाउँपालिका–१ की २४ वर्षीया पुनम सहनीलाई चैत ४ गते बिहान आफ्नै कोठामा सुतिरहेको बेला खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा उहाँको देवर २१ वर्षीय राजुकुमार सहनीलाई ईलाका प्रहरी कार्यालय गरुडाले गिरफ्तार गरेको छ । घरायसी विवादका कारण भाउजुलाई टाउकोमा खुकुरी प्रहार गरेको आरोपित राजुकुमारले प्रहरी समक्ष स्वीकार गरेको ईलाका…
वडा अध्यक्षको नेतृत्वमा इट्टाभट्टामा आक्रमण भएको आरोप, सवारीसाधनमा तोडफोड
रौतहटको गरुडा नपा—६ दुधियाभार चौकमा रहेको दाईभाई इट्टा उद्योगमा ०७६ चैत २ गते सो वडाका वडा अध्यक्ष ४० वर्षीय अशोक यादवसहितको समुहले आक्रमण गरेको इट्टा उद्योगका सञ्चालक ३५ वर्षीय रामबाबु चौधरीले आरोप लगाउनु भएको छ । उक्त आक्रमणमा आठ जना घाइते भएका छन् । वडा अध्यक्ष यादवको अगुवाईमा सयौंको सङ्ख्यामा…
कोठा अभावमा गुणस्तरीय शिक्षाबाट बञ्चित बालबालिका
चन्द्रपुर न.पा—५ स्थीत श्री आधुनिक प्राथमिक विद्यालय राजपैडामा कोठा अभावको कारण एउटै कक्षामा दुई ओटा कक्षा सञ्चालन गर्नुपरेकोले विद्यार्थीहरू गुणस्तरीय शिक्षा पाउनबाट बञ्चित भएका छन् । एक कठ्ठा जमिनमा दुई ओटा भवन तथा फिल्ड रहेको सो विद्यालयमा जम्मा चार ओटा कोठा रहेको छ । जसमा बालविकास कक्षाको लागि एउटा कोठा,…
बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेर फरार रहेका आरोपित गुजरा नपा—२ का ३६ वर्षीय रमौली जेठा भनिने सागर रमौलीलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले फागुन २५ गते गिरफ्तार गरेको छ । असोज २२ गते आफ्नो भाई खोज्दै जाने क्रममा आरोपित रमौलीले आफ्नो घरमा लगी बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले ईलाका प्रहरी…
बलात्कार घटनका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई फागुन १७ गते साँझ बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय एक बालकलाई फागुन १८ गते गिरफ्तार गरेको छ । पीडितकीे आमाले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा फागुन १८ गते उजुरी दर्ता गराएपछि आरोपित बालकलाई घरबाट गिरफ्तार गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेमबहादुर शाहीले बताउनु भएको छ ।…
विद्यार्थी कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी
चन्द्रपुर–१० बालचनपुरस्थित एभरग्रीन बोर्डिङ् स्कुलको कक्षा ७ मा अध्ययनरत १६ वर्षीय राजनकुमार ठाकुरलाई फागुन ७ गते निर्घात कुटपिट गरेको आरोपमा शिक्षक ४३ वषीय रामप्रवेश यादव विरुद्ध पीडितका बुवा मनोजकुमार ठाकुरले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा फागुन ७ गते किटानी उजुरी दिनु भएको छ । पीडित विद्यार्थी राजनकुमारका अनुसार नबुझेको सोध्दा शिक्षक…
वन अधिकृतले दुर्व्यवहार गरेको महिला कर्मचारीको आरोप
चन्द्रपुर नगरपालिकाको दर्ता चलानी शाखामा कार्यरत ५० वर्षीया महिला कर्मचारीलाई आफु वन अधिकृत हुँ भन्दै चन्द्रपुर नपा–४ निवासी ४५ वर्षीय रामकेवल राय यादवले दुर्व्यवहार गरेको पीडित महिलाको आरोप छ । फागुन ७ गते नक्सा पासको कागजातमा इन्जिनियरको हस्ताक्षर नभएकाले यत्तिकै चलानी गर्न नमिल्ने चन्द्रपुर नगरपालिकाको महिला कर्मचारीले बताउनु भएपछि रामकेवल…
जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित
चन्द्रपुर नपा–८ बेतौैनाका ४५ वर्षीय टेकनाथ राउतको पाँच जना छोराछोरीको जन्मदर्ता नभएको कारण शिक्षाको अधिकारबाट वञ्चित भएका छन् । चार वर्ष अगाडी ४३ वर्षीया श्रीमती घरबाट वेपत्ता भएको र विवाह दर्ता नभएको कारणले छोराछोरीको जन्मदर्ता बनाउन नपाएको छोराछोरीका बुवा राउत बताउनु हुन्छ । उहाँको २५ वर्षीया छोरी कागजदेवी राउत, १७…