स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा भदौ २८ गते गौरमा नागरिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक अध्यक्ष सुबोधराज प्याकुरेलले स्वच्छ निर्वाचनका लागि चेतनशील मतदाता र स्वच्छ उम्मेदवार अपरिहार्य कुरा भएकोमा नेपालको परिप्रेक्ष्यमा मतदाताहरू चेतनशील भएपनि उम्मेदवारहरू स्वच्छ हुन नसकेको बताए । अध्यक्ष प्याकुरेलले संसारमा सबैभन्दा नजिकको नाता…
आचारसंहिता विपरीत व्यानर फोटो राखी राहत वितरण
बाढी पीडितहरूलाई राहत वितरण गर्ने बहानामा दलहरूले गम्भीर रूपमा आचारसंहिता उल्लङ्घन गरिरहँदा पनि निर्वाचन कार्यालयले त्यसलाई रोक्न सकेको छैन । स्थानीय तहको तेश्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं २ मा आगामी असोज २ गते निर्वाचन हुन गइरहेको र भदौ १ गतेदेखि प्रदेश नं २ मा निर्वाचन आचारसंहिता लागु भइसकेको छ…
बाढीपीडितको शिविरमै महिलामाथि हिंसा
गरूडा नगरपालिकाकी २५ वर्षीया एक महिलालाई ससुराले कुटपिट गरेको भन्दै पीडितले साउन ३२ गते प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्र गरूडामा उजुरी दिएकी छिन् । त्यस्तै प्रतापपुर पल्टुवाकी २० वर्षीया एक महिलालाई साउन ३२ गते ससुराले कुटपिट गरेको भन्दै पीडितले सोही दिन उजुरी दिएकी छिन् । यी त प्रतिनिधि घटनाहरू…
बाढीले बगाएर गर्भवतीसहित ६ जनाको मृत्यु
बाढीले बाटो कटान गरेको स्थानमा एम्बुलेन्स दुर्घटना हुँदा गर्भवतीसहित एकै परिवारका ६ जनाको मृत्यु भएको छ । परोहा गाउँपालिका-३ का चन्दन यादवको श्रीमती २८ वर्षीया शर्मिला यादवलाई प्रसुती व्यथा लागेपछि राजपुर फरहदवा स्थित स्वास्थ्य संस्थामा लैजाँदै गर्दा राजपुर गाउँपालिका-३ स्थित बाढीले कटान गरेको सडकको खाल्डोमा जीप खसेर ६ जनाको घटनास्थलमै…
चार जना बालिका डुबेर मृत्यु भएको घटनाको छानबिन टोली रौतहटमा
नयाँ सडक बनाउदा खनेको खाडलमा डुबेर चार जना बालिकाको मृत्यु भएको घटनाको छानबिन गर्न नेपाल सरकारले गृहमन्त्रालयका सहसचिव दिपक काफ्लेको संयोजकत्वमा गठन गरेको छानबिन टोलीले रौतहट पुगी घटनाको छानबिन सुरु गरेको छ । सरकारी टोलीले साउन २४ गते दिउँसो गरुडा स्थित घटनास्थलको अवलोकन समेत गरेको छ । सरकारी टोलीमा पूर्वाञ्चल…
राजपा नेपालका कार्यकर्ताद्वारा प्रहरीमाथि आक्रमण, जनजीवन प्रभावित
दोश्रो चरणको स्थानीय तह निर्वाचन बहिष्कार गर्न भन्दै राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको बन्दको दोस्रो दिन जेठ ३१ गते रौतहटमा सो पार्टीका कार्यकर्ताले प्रहरीमाथि आक्रमण गरेका छन् । बन्दकर्ताहरूले बिहानैदेखि जिल्ला सदरमुकाम गौरलगायत गरुडा, कटहरीया, पिपरामा टायर बालेर अवरोध पुर्याउनुका साथै केही सवारी साधनमाथि तोडफोड समेत गरे । बन्दकर्ताले…
निर्वाचन मानव अधिकारको मेरूदण्ड होः वक्ताहरू
स्थानीय तहको निर्वाचनमा जनताले स्वतन्त्रतापूर्वक भाग लिन पाउनु उनीहरूको नैसर्गिक मानव अधिकार रहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा रौतहटको चन्द्रनिगाहपुरमा जेठ ३१ गते आयोजित मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले सो कुरा बताएका हुन् । जिल्लामा रहेका विभिन्न मानव अधिकार सङ्घसंस्थाका…
अज्ञात समूहबाट शिक्षकमाथि गोली प्रहार
बृन्दावन गाउँपालिका-३ का ४२ वर्षीय रामएकवाल राय यादवलाई चैत ९ गते बिहान अज्ञात समूहले गोली प्रहार गरी घाइते बनाएको छ । मकवानपुर जिल्लाको डाँडाखर्क स्थित मनकामना माध्यामिक विद्यलायमा कार्यरत शिक्षक यादव विदामा आफ्नो घर आएका बेला सुतिरहेको समयमा अज्ञात समूहले बिहान १ बजे गोली प्रहार गरेको यादवको परिवारले जनाएको छ…
शिक्षक सङ्गठनका अध्यक्षमाथि मोर्चा कार्यकर्ताद्वारा दुर्व्यवहार
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रौतहटका जिल्ला अध्यक्ष ४७ वर्षीय मणिशङ्कर निधिलाई ०७३ फागुन २३ गते साँझ मधेशी मोर्चाका कार्यकर्ताले मोसो दलेर दुर्व्यवहार गरेका छन् । जिल्ला सदरमुकाम गौरस्थित वीपी चोकबाट मोटरसाइकलमा आफ्नो निवासतर्फगइरहेका निधिलाई मोर्चाका दुई जना कार्यकर्ताले मोटरसाइकल रोकी अनुहार र शरीरमा मोबिल खन्याएर भागेको नेकपा एमालेका जिल्ला सचिव…
धारिलो हतियार प्रहार गरी महिलाको हत्या
कनकपुर गाविस-२ की २५ वर्षीया सहनाज खातुनको शव फागुन २२ गते बिहान अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी घाइते बनाएकोमा उपचारको क्रममा मृत्यु भएको छ । आफ्नै घरमा सुतिरहेकी खातुनलाई बिहान ४ बजेको समयमा घर बाहिर अज्ञात व्यक्तिले चोर आयो भनी हल्ला गरेपछि सँगै सुतेका पीडितका पति ३० वर्षीय शेष…