जनप्रतिनिधिले हातगोडा बाँधेर निर्घात कुटपिट गरेको पीडित पक्षको आरोप

सोनमा गाँउपालिकामा दुई बालकलाई गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष मिलेर वैशाख २१ गते हातगोडा बाँधी निर्घात कुटपिट गरेको पीडित पक्षको आरोप छ । आरोपितहरूले सोनमा गाँउपालिका–१ की सुधा यादवलाई स्थानीय राजु साहसँग भगाउनको लागि सहयोग गरेको भन्दै सोही ठाउँका १६ वर्षीय शङ्कर साह र १७ वर्षीय सुधिर साहलाई कुटपिट गरेको…

May 5, 2019  
बलात्कार घटनाको अधिकारकर्मीद्वारा अनुगमन

१४ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाको अधिकारर्मीहरूको टोलीले स्थलगत अध्ययन गरी घटनाको बारेमा जानकारी लिएको छ । अधिकारकर्मीहरूको टोलीले धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा वैशाख १५ गते १४ वर्षीया बालिकामाथि भएको बलात्कार घटनाको सन्दर्भमा चासो राखी वैशाख १९ गते अनुगमन गरेका हुन् । राष्ट्रिय मानव अधिकार आयोगकी मानव अधिकार अधिकृत रेखा दत्त,…

May 4, 2019  
खतना गर्दा अत्यधिक रक्तस्राव भई बालकको मृत्यु

धार्मिक परम्परा मान्ने क्रममा महोत्तरीमा एक बालकको मृत्यु भएको छ । इस्लाम धर्माम्वलम्बी परिवारमा दुई महिने बालकको खतना गर्दा अत्यधिक रक्तस्राव भई बालकको मृत्यु भएको हो । लोहारपट्टी नपा-५ बस्ने आशिक शेषका दुई महिने छोरा फिरोज शेषको चैत २५ गते राति परिवारजनले धर्म गुरूहरू, आफन्त, इष्टमित्र र नाता कुटुम्बलाई बोलाई…

April 10, 2019  
युवतीको शव फेलाः बलात्कार पश्चात हत्या भएको आशङ्का

अन्दाजी २० देखि २२ वर्षीया एक युवतीको शव सोनमा गाउँपालिकामा चैत २२ गते फेला परेको छ । सोनमा गाउँपालिका-२ सिंहासनी स्थित खेतमा फेला परेको उक्त शवको प्रकृति हेर्दा बलात्कार पश्चात हत्या गरिएको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाए अनुसार युवतीको घाँटीमा निल डाम देखिएकाले…

April 6, 2019  
महिनौँदेखि एम्बुलेन्स र एक्स-रे मेशिन सञ्चालनमा नआउँदा बिरामी मर्कामा

सम्सी गाउँपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्र सम्सीमा एम्बुलेन्स र एक्स-रे मेशिन आएको महिनौं बितिसक्दा पनि सञ्चालनमा नआउँदा सेवाग्राही मार्कामा परेका छन् । स्थानीयवासी अरुण यादवले भने,-'महिनौँदेखि एम्बुलेन्स अस्पताल परिसरमै थन्किएको छ, एक्स-रे मेशिन त गोदाम मै थन्किएको छ, निःशुल्क प्रसुति सेवा त अझै सञ्चालनमा आउन सकेको छैन, यी सेवा सञ्चालन…

March 14, 2019  
हत्या गरेको आशङ्कामा दाहसंस्कारका लागि ठिक पारिएको शव बरामद

महोत्तरीमा एक महिलालाई घरपक्षबाट हत्या गरेको आशङ्कामा दाहसंस्कार गर्न लागिएको शव प्रहरीले नियन्त्रणमा लिएको छ । मनरा सिस्वा नगरपालिका–८ सहसराम निवासी मनोजकुमार महतोकी २० वर्षीया पत्नी धनमतिदेवी महतोको माघ २७ गते मृत्यु भएको र धनमति देवीको दाहसंस्कार गर्ने व्यवस्थापनमा लागिएकोमा माइतीपक्षले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले शव नियन्त्रणमा लिई पोष्टमार्टमको लागि…

February 11, 2019  
पूर्व प्रधानाध्यापकले प्रधानाध्यापकलाई कुटपिट गरेको आरोप

गौशाला नपा–१२ स्थित राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारका प्रधानाध्यापक देवीप्रसाद घिमिरेलाई कुटपिट गरेको विरोधमा सोही विद्यालयका शिक्षकहरूले दोषीलाई कारवाहीको माग गर्दै माघ २० गते विद्यालय बन्द गरी विरोध जनाएका छन् । माघ १९ गते शनिबार विद्यालयका प्रधानाध्यापक घिमिरेलाई त्यही विद्यालयका पूर्व प्रधानाध्यापक राजकिशोर सिंह र देवनारायण महतोले हातपात गरेको पीडित पक्षको…

February 4, 2019  
सेनाद्वारा पत्रकारमाथि दुर्व्यवहार, पत्रकार महासङ्घद्वारा आपत्ति

वर्दिवास नपा–२ निवासी रातोपाटी महोत्तरीका सम्वाददाता ३७ वर्षीय निकेश खनाल र वर्दिवास नपा–१२ पशुपतिनगर निवासी खबर दर्पणका पत्रकार २५ वर्षीय ललन मण्डलमाथि नेपाली सेनाले पुस २१ गते मध्यरातमा दुर्व्यवहार गरेको भन्दै नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाले पुस २५ गते प्रेस विज्ञप्ति जारी गरी आपत्ति जनाएको छ । महासङ्घका सभापति कमलेश…

January 10, 2019  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपित धनुषा जिल्ला हंसपुर नपा-८ का ४८ वर्षीय कल्याणबहादुर कार्कीविरूद्ध पीडित पक्षले पुस २१ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका छन् । पीडित बालिकालाई आरोपितले पुस २० गते दिउँसो चकलेटको प्रलोभन देखाएर आफ्नै घरमा लगी बलात्कार गरेको आरोप छ । पीडित बालिका घर पुगेपछि…

January 7, 2019  
थमन हत्याका सम्बन्धमा उच्च अदालतले पटकपटक पेसी तोके पनि सुनवाइ भएन

मधेस आन्दोलनको क्रममा मारिएका सशस्त्र प्रहरीका असई थमन बिकको हत्यासम्बन्धी मुद्दाको पेसी उच्च अदालत जनकपुरमा लगातार सर्दै आएको छ । पछिल्लो पटक पुस १९ गते बिहीबार जनकपुर उच्च अदालतको बेन्च नम्बर २ मा परेको पेसी १० औँ पटक सारिएको छ । यसअघि १२ पुसमा तोकिएको पेसी पनि सारिएको थियो । सो मुद्दाको पेसी…

January 5, 2019