बलात्कार गरी हत्या गरेको घटनाका आरोपित गिरफ्तार

भङ्गाहा गाउँपालिका-९ पोखरी टोलकी ३५ वर्षीया शिलादेवी दासलाई गत वैशाख १९ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले लोहारपटी-१ बगडा गाउँका ४६ वर्षीय बरुणकुमार यादव, सितापुर भङ्गाहा-९ की ३७ वर्षीया अमृतादेवी र लोहारपटी-१ सुखैनीयाका २८ वर्षीय जिवरुल राईन कवारीलाई साउन ३ गते गिरफ्तार गरेको छ । एसपी राजकुमार लम्सालले दिएको…

July 20, 2017  
कारागारका कैदीबन्दीको सङ्ख्या धेरै भएपछि विविध समस्या  

कारागारको क्षमताभन्दा बढी कैदीबन्दीलाई एकै ठाउँमा राख्नु परेका कारण कारागारमा व्यवस्थापनलगायत विविध विषयमा समस्या भएको छ । जलेश्वर कारागारमा १ सय ३५ जना कैदीबन्दी बस्ने क्षमता रहेकोमा हाल ४९ महिला कैदीबन्दी, चार जना आश्रति बालबालिका सहित ३ सय ९६ जना कैदीबन्दी छन् । वर्षातको समय सुरु भएपछि अहिले कारागार भित्र…

July 19, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौशाला नगरपालिका-१२ का ४० वर्षीय रामनरेश शर्मालाई असार २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय वर्दिवासका डिएसपी शालिग्राम शर्माले बताए । पीडित…

July 5, 2017  
राजपाद्वारा चुनावको विरोधमा मसाल जुलुस प्रदर्शन

दोस्रो चरणको स्थानीय तहको निर्वाचनको विरोधमा रहेको राष्ट्रिय जनता पार्टीले महोत्तरीमा असार १३ गते मसाल जुलुस प्रदर्शन गरेको छ । सदरमुकाम जलेश्वरस्थित राजपाको पार्टी कार्यालयबाट सुरु भएको मसाल जुलुसले जलेश्वर नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । जुलुसमा सहभागी राजपाका नेता कार्यकर्ताले निर्वाचनको नाममा पश्चिमी र पूर्वी मधेस थरुहटका जिल्लाहरूमा…

June 27, 2017  
सामूहिक बलात्कार घटनाका फरार तीन जना आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई जेठ २८ गते सामूहिक बलात्कार घटनाका फारार आरोपित औरही गाउँपालिका-२ का २० वर्षीय अनिकेत यादव, २१ वर्षीय रमेश पञ्जियार र २० वर्षीय सुरेश यादवलाई प्रहरीले असार ८ गते गिरफ्तार गरेको छ । एसपी राजकुमार लम्सालले दिएको जानकारी अनुसार इलाका प्रहरी कार्यालय गौशालामा पीडितले जेठ २८ गते दिएको…

June 23, 2017  
राजपाले महोत्तरीमा सरकारी मोटरसाइकल र निर्वाचन कार्यालयको बोर्डमा आगजनी

नवलपरासी घटनाको विरोधमा असार ४ गते मधेस थरुहट बन्दका क्रममा महोत्तरीको पिपरा गाँउपालिकामा बा १ ब ३८२ नम्बरको सरकारी मोटरसाइकलमा आगजनी गरिएको छ भने सोही ठाउँ स्थित निर्वाचन कार्यालयको बोर्ड झिकेर राजपा कार्यकर्ताहरूले जलाएका छन् । जलेश्वरस्थित सहयोगी विकास बैङ्कको गेट बाहिर रहेको सुझाव पेटिका र सूचना पार्टी तोडफोड गरिएको…

June 18, 2017  
निर्वाचनमा मानव अधिकार कुण्ठित हुन नदिने प्रतिबद्धता

महोत्तरीको बर्दिवासमा सम्पन्न एक कार्यक्रममा राजनीतिक दल, स्थानीय प्रहरी-प्रशासन, सामाजिक सङ्घसंस्था र नागरिक समाजका प्रतिनिधिले स्थानीय निर्वाचनमा मानव अधिकार कुण्ठित हुन नदिने प्रतिबद्धता जनाएका छन् । महोत्तरीको बर्दिवासमा स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले असार १ गते महोत्तरीको वर्दिवासमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै स्थानीय दल, प्रहरी-प्रशासन, नागरिक समाजका सहभागीले यस्तो…

June 16, 2017  
राजपा कार्यकर्ताद्वारा महोत्तरीका एमाले सांसद साहमाथि ढुङ्गामुढा प्रहार

नेकपा एमालेका महोत्तरी क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद दिपनारायण साह चढेको गाडीमा राजपा नेपालका कार्यकर्ताहरूले जेठ ३० गते बिहान औरही गाउँपालिका-१ मा ढुङ्गामुढा प्रहार गरेका छन् । बिहानैदेखि बर्दिबास-औरही-जलेश्वर सडक खण्ड अन्तर्गत औरही बजारमा टायर बालेर सडक अबरुद्ध गर्दै प्रदर्शन गरिरहेका राजपाका कार्यकर्ताहरूले सांसद साह सवार बा१२च ९६९ नम्बरको…

June 13, 2017  
महोत्तरीमा एक युवतीमाथि सामूहिक बलात्कार

औरही गाउँपालिका-२ फुलबरीया टोलमा जेठ २८ गते राति एक १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिपक पोखरेलले दिएको जानकारी अनुसार औरही बजारबाट फुलबरीया गइरहेकी युवतीलाई बजार भन्दा एक किलोमिटर टाढा बाटो छेऊमा चार जना युवाहरूले सामूहिक बलात्कार गरेका हुन् । बलात्कार गर्ने क्रममा…

June 12, 2017  
राजपाद्वारा मशाल जुलुश प्रदर्शन

मधेशको माग सम्बोधन बिना नै सरकारले दोस्रो चरणको चुनाव गराउन लागेपछि राष्ट्रिय जनता पार्टीले घोषणा गरेको आन्दोलनको कार्यक्रम अनुसार जेठ १३ गते महोत्तरीमा मशाल जुलुस निकालेको छ । राजपा नेपालका नेता तथा कार्यकर्ताहरूले परिमार्जन सहितको संविधान संशोधन गर, झुठा मुद्दा फिर्ता गर लगायतका नारासहित मसाल जुलुस निकालेका हुन् । त्यसैगरी…

May 27, 2017