महामारी हुन नदिन २६ ठाउँमा स्वास्थ्य शिविर

बाढीले ठूलो सङ्ख्यामा नागरिकहरू प्रभावित भएपछि महामारी फैलन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय प्रशासन, स्वास्थ्य संस्थाहरू र गैरसरकारी संस्थाहरूको सहयोगमा मन्त्रालयले जिल्लाका ६ ओटा निर्वाचन क्षेत्रका विभिन्न २६ स्थानमा दुई जना विशषेज्ञ डाक्टरसहित ४ सय जना स्वाथ्यकर्मीहरूको टोलीसहित स्वास्थ्य शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला…

August 23, 2017  
बाढी पीडितको बिजोग

निरन्तर वर्षापछि आएको बाढीले जीउने आधार नै बगाएको बाढी पीडितहरूको दुखेसो छ । 'घर बनाउन वर्षौँ लाग्यो । तर, हेर्दाहेर्दै बाढीले सबै बगाएको बाढी पीडित एकडारा गाउँपालिका-७ कोल्हुवाका ७० वर्षीय राम परीक्षण बताउँछन् । साउन २८ गते मध्यराति १२ बजे सुतिरहेको अवस्थामा घरको पछाडिबाट बाढीको भेल फुट्यो र घरसँगै जम्मा…

August 16, 2017  
ठाउँ नपाए पछि आँगनमै दाहसंस्कार

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बाढीका कारण ठाउँ नपाएर एक जना मृतकको आँगनमै दाहसंस्कार गरिएको छ । जलेश्वर नगरपालिका-९ प्रकौलीँका ५५ वर्षीय रामेश्वर चौधरीको दाहसंस्कार उनका छोराहरूले  आँगनमै गरेका हुन् । गाउँको चारैतिर पानीले भरिएर कुनै सुख्खा ठाउँ नभेटिएपछि तीन भाइ छोराले बावुको शवलाई आँगन मै जलाएको छिमेकी ललित चौधरीले जानकारी…

August 15, 2017  
दुई हजार भन्दा बढी घर डुबानमा

महोत्तरीको सदरमुकाम जलेश्वरमा पसेको रातु खोलाको भेलले बगाउँदा साउन २९ गते जलेश्वर नगरपालिका २ खैराचोकका रामकुरमार ठाकुरका १४ वर्षीय छोरा विकी ठाकुरको मृत्यु भएको छ । महोत्तरीका एसपी कुवेर कठायतले दिएको जानकारी अनुसार घर नजिकैको कलमा पानी खान गएका बालक बिकीलाई भेलले बगाएर पोखरीमा पुर्‍याएपछि डुबेर त्यही मृत्यु भएको हो…

August 14, 2017  
दुई अस्पतालका तीन एम्बुलेन्स 'कवाडी'मा परिणत

महोत्तरीको प्रमुख बजार केन्द्र बर्दिबास नगरपालिका र सम्सी गाउँपालिकाका दुई सरकारी अस्पतालका तीन एम्बुलेन्स लामो समयदेखि बिग्रिएर थन्किएपछि 'कवाडी'मा परिणत भएको छ । एम्बुसेन्स बिग्रिएपछि स्थानीयलाई समस्या भएको छ । सम्सीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भारत सरकारको सहयोगमा प्राप्त ज १ च ६२६ नम्बरको एम्बुलेन्स बिग्रिएको केही महिनाको अन्तरालमा युएनएफपीएमार्फत प्राप्त…

August 11, 2017  
बन्धक बनाई बलात्कार गरेको घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बन्धक बनाई बलात्कार गरेको आरोपमा प्रहरीले औरही गाउँपालिका-१ बस्ने २८ वर्षीय प्रमोद महतोलाई साउन २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले घरबाट भगाएर भारतको सितामढीमा लगी बन्धक बनाई बलात्कार गरेको आरोपमा महतोलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर शम्भू पोखरेलले बताए । एक वर्षपहिले…

August 7, 2017  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार 

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गौशाला नगरपालिका-८ बेलगाछी भरलौनी टोलका १८ वर्षीय मनोज महतोलाई साउन ९ गते गिरफ्तार गरिएको छ । पीडित बालिकालाई आरोपितले साउन ९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले मौखिक उजुरी गरेपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर शम्भू…

July 25, 2017  
लापरवाहीले बालकको मृत्यु भएको आरोप, घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन

धनुषाको मिथिला बिहारी गाउँपालिका-१० ठेराका कैलाश मण्डलका १३ वर्षीय छोरा राजा मण्डलको जनकपुर अञ्चल अस्पताल र स्वास्थ्यकर्मीको लापरवाहीले मृत्यु भएको पीडित परिवारले आरोप लगाएको छ । बालकलाई एक्कासी ज्वरो आएपछि साउन ४ गते बिहान ९ बजे जनकपुर अञ्चल अस्पतालमा उपचारको लागि लगिएकोमा चेकजाँच गरी डाक्टरले भर्नाको लागि बेड खाली नभएको…

July 22, 2017  
प्रदेश नम्बर २ मा तोकिएकै मितिमा निर्वाचन हुन्छः प्रमुख निर्वाचन आयुक्त यादव

निर्वाचन अयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले तेश्रो चरण अन्तर्गत प्रदेश नम्बर २ का आठ ओटै जिल्लामा तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् । महोत्तरीमा साउन ६ गते आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने बताउँदै यसमा कसैले आशङ्का नगर्न आग्रह गरेका…

July 21, 2017  
बलात्कार गरी हत्या गरेको घटनाका आरोपित गिरफ्तार

भङ्गाहा गाउँपालिका-९ पोखरी टोलकी ३५ वर्षीया शिलादेवी दासलाई गत वैशाख १९ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले लोहारपटी-१ बगडा गाउँका ४६ वर्षीय बरुणकुमार यादव, सितापुर भङ्गाहा-९ की ३७ वर्षीया अमृतादेवी र लोहारपटी-१ सुखैनीयाका २८ वर्षीय जिवरुल राईन कवारीलाई साउन ३ गते गिरफ्तार गरेको छ । एसपी राजकुमार लम्सालले दिएको…

July 20, 2017