बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई चैत १८ गते बलात्कार गरेको आरोपमा सोनमा गाउँपालिका-२ का २० वर्षीय चाँद अहमद विरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा चैत २० गते उजुरी परेको छ । आरोपित पक्षले घटना गाउँमै मिलाउन दबाव दिएको पीडित बालिकाकी आमाले बताएकी छन् । जिल्ला प्रहरी कार्यालयका एसपी कुवेर कडायतले पीडित बालिकाको स्वास्थ्य परीक्षण…

April 5, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्तमनस्थितीकी २१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रामगोपालपुर नपा-१ बसबिट्टी बस्ने २५ वर्षीय राजकुमार यादवलाई प्रहरीले चैत १९ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार पीडित महिलालाई आरोपितले चैत ८ गते बलात्कार गरेको जानकारी पाएपछि प्रहरीले नै हस्तक्षेप गरी चैत १७ गते उजुरी ग्रहण गरेको थियो ।…

April 4, 2018  
पीडित पक्षलाई दबावमा मिलाउन खोजिएको बलात्कारको घटना प्रहरीमा

सुस्तमनस्थितिकी २१ वर्षीया महिलालाई बलात्कार गरिएको घटनालाई रामगोपालपुर नपा-१ का वडा अध्यक्षले गाउँघरमै मिलाउन खोजेको घटना सार्वजनिक भएको छ । घटना सार्वजनिक भएपछि प्रहरीले चैत १७ गते हस्तक्षेप गरी पीडितसँग उजुरी गर्न लगाई अनुसन्धान सरू गरेको हो । चैत ८ गते खेतमा काम गर्न हिँडेकी महिलालाई रामगोपालपुर नपा-१ बसविट्टीका २५…

April 2, 2018  
'अनैतिक सम्बन्ध' राखेको आरोपमा हातगोडा बाँधेर कुटपिट

पटकपटक एक महिलासँग 'अनैतिक' सम्बन्ध गाँसेको आरोपमा सोनमा गाउँपालिकामा एक पुरुष र महिलालाई समाजले हातगोडा बाँधेर निर्घात कुटपिट गरेको छ । सोनमा गाउँपालिका-७ सुन्दरपुरका वडाध्यक्ष महेश यादवको नेतृत्वमा स्थानीय ४५ वर्षीय दलित समुदायका ईसराफिल धोवी र ३५ वर्षीया महिलालाई सजाय बापत कुटपिट गरेको समाजको भनाइ  छ । ईसराफिललाई हातगोडा बाँधेर…

March 27, 2018  
आठ वर्षीय बालकलाई अपहरण पश्चात हत्या गरेको कसुरमा ३१ वर्ष कैदको फैसला

एकडारा गाउँपालिका-३ भटौलियाका आठ वर्षीय जेनिश भनिने चिरञ्जीवी महासेठलाई अपहरणपछि हत्या गरेको आरोपमा सोही ठाउँका २० वर्षीय शुखडा भनिने साविर अन्सारी, २३ वर्षीय सुधिरकुमार साह र २० वर्षीय गोला भनिने अनिशकुमार साहलाई जिल्ला अदालतले ३१ वर्ष कैदको फैसला सुनाएको छ । न्यायाधीश शुभाषबाबु पुरीको चैत ४ गतेको इजलासले अपहरणपछि हत्या…

March 20, 2018  
प्रदेश २ स्तरीय विश्वव्यापी आवधिक समीक्षासम्बन्धी कार्यशाला सम्पन्न

प्रदेश २ स्तरीय विश्वव्यापी आवधिक समीक्षा (युपिआर)सम्बन्धी कार्याशाला फागुन २९ गते प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीले नौ ठुला महासन्धिमध्ये नेपालले सात वटा महासन्धिलाई अनुमोदन समेत गरिसकेकाले नेपाल अन्य देशको तुलनामा मानव अधिकारको संरक्षणका लागि कानुनी रूपमा प्रगतिशील रहेको बताए । संविधानसमेत प्रगातिशील रहेको…

March 14, 2018  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले भङ्गहा नपा-६ हतिसर्वा बस्ने १९ वर्षीय सुभाष विश्वकर्मा, २२ वर्षीय सचिन राय थारू, २२ वर्षीय प्रदीपसिंह थारू, र २६ वर्षीय गोविन्दकुमार रायलाई गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार फागुन २१ गते पीडित युवतीलाई ६ जनाको समूहमा रहेका…

March 10, 2018  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बर्दिवास नपा-२ का १९ वर्षीय अच्युतम रिसाललाई फागुन १२ गते गिरफ्तार गरिएको छ । इलाका प्रहरी कार्यालय बर्दिवासले दिएको जानकारी अनुसार रिसालले पीडित बालकलाई आरोपितले फागुन २ गते यौन दुर्व्यवहार गरेका थिए । उक्त घटना पश्चात पीडितलाई आरोपितलाई धम्की दिएर समाजको पञ्चायतबाट…

February 25, 2018  
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

२१ वर्षीया महिलालाई फागुन ३ गते बलात्कार गरेको आरोपमा लोहारपट्टी नपा-६ का २२ वर्षीय रहमद नदाफविरूद्ध पीडित पक्षले फागुन ४ गते प्रहरीमा उजुरी दिएको छ । पीडित पक्षले चार जनाको समूहमा रहेका रहमद नदाफ र असरफ शेषलाई मात्र आफूले चिनेको र बाँकी २ दुई जनालाई भने पहिचान गर्न नसकेको जनाएको…

February 18, 2018  
बलात्कार गरेको कसुरमा १० वर्षको कैद र ५० हजार रुपियाँ जरिवाना

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गौशाला नपा-२ का १८ वर्षीय कुमार भुजेललाई जिल्ला अदालत महोत्तरीले १० वर्षको कैद र ५० हजार रुपियाँ जरिवानाको फैसला गरेको छ । पीडित बालिकालाई आरोपितले ०७३ कात्तिक १६ गते बलात्कार गरेको मुद्दामा जिल्ला अदालत महोत्तरीका न्यायाधीश ब्रजेश प्याकुरेलको बेन्चले माघ २२ गते सो फैसला…

February 7, 2018