नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा गोष्ठी सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि महोत्तरीमा सङकलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्याद्तीका घटनाहरुको प्रकाशन पूर्व पुस १४ गते वर्दिवासमा वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक प्रतिनिधि अजयकुमार साहले सन् २०२० जनवरीदेखि डिसेम्बरसम्म जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ८१ ओटा घटना…
बलात्कारपछि हत्या घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया गुलबसा खातुनको हत्या आरोपमा गिरफ्तार परेका गौशाला नपा–५ का २६ वर्षीय अरुण साहविरुद्ध मङ्सिर १२ गते चार ओटा अभियोगमा इलाका प्रहरी कार्यालय बर्दिवासमा उजुरी दर्ता गरिएको छ । अपहरण, शरीर बन्धक, जबरजस्ती करणी र कर्तव्य ज्यानमा आरोपितविरुद्ध उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी…
बर्दिवास घटनामा गोली चलाएको बारे छानबिन गर्न समिति गठन
बर्दिबासमा बालिका हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको विषयमा छानबिन गर्न गृह मन्त्रालयले मङ्सिर ११ गते समिति गठन गरेको छ । मन्त्रालयका उपसचिवको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको मन्त्रालयले जनाएको हो । प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर तीन जना गम्भीर घाइते भएका थिए, जसमध्ये बुद्धिराज…
बर्दिवास बालिका हत्या प्रकरणः सर्वदलीय बैठकद्वारा चार बुँदे निर्णय
बर्दिबासमा ६ वर्षीया गुलबसा खातुनको हत्यापछि उत्पन्न परिस्थितिका कारण तनावपूर्ण बनेको स्थितिलाई साम्य पार्न मङ्सिर १० गते बसेको सर्वदलीय बैठकले चार बुँदे निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा भएको छलफलले बालिका हत्यामा संलग्नलाई कानुन बमोजिम कारवाही गर्ने र पीडित परिवारलाई राहतका लागि सरकारसँग पहल गर्ने लगायतका चार बुँदे निर्णय…
बर्दिवास घटनाप्रति मानवअधिकारर्मीको ध्यानाकर्षण
महोत्तरीको बर्दिवास नगरपालिका–१४ सुभम वस्ती निवासी सहिद आलमकी ६ वर्षीया छोरी गुलबसा खातुनको हत्या र हत्या गरिएको विरोध प्रदर्शनमा मङ्सिर ९ गते प्रहरीको गोली लागेर बर्दिवास नगरपालिका–१ निवासी सञ्जय भनिने ३२ वर्षीय बुद्धिराज न्यौपानेको मृत्यु तथा अन्य व्यक्तिहरू घाइते भएको घटना सम्बन्धमा मानव अधिकारकर्मीको गम्भीर ध्यानाकर्षण भएको छ । अनौपचारिक…
बर्दिवासमा निषेधाज्ञा जारी
बर्दिबासमा मङ्सिर ९ गते ६ वर्षीया बालिका गुलबसा खातुनको बलात्कारपछि हत्या भएको भन्दै स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागि बर्दिबास–१ का सञ्जय भनेर चिनिने बुद्धिराज न्यौपानेको उपचारकै क्रममा मङ्सिर ९ गते राति मृत्यु भएपछि पुनः बर्दिवासमा हुन सक्ने आन्दोलनलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीले निषेधाज्ञा जारी गरेको छ…
प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु
बर्दिबासका स्थानीय सहिद आलमकी ६ वर्षीया छोरी गुलाबसा खातुनको बलात्कारपछि हत्या भएको भन्दै गरिएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर बर्दिबासमा मङ्सिर ९ गते घाइते हुनु भएका बर्दिबास नपा–१ का सञ्जय भनिने ३२ वर्षीय बुद्धिराज न्यौपानेको उपचारको क्रममा मङ्सिर ९ गते राति मृत्यु भएको छ । हत्या गरी बोरामा कोचेर फालिएको…
बालिका हत्या प्रकरणः प्रहरीले चलाएको गोली लागि तीन प्रदर्शनकारी घाइते
बर्दिबासका स्थानीय सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातूनको हत्याका आरोपितलाई कारबाहीको माग गर्दै पूर्व–पश्चिम राजमार्गस्थित बर्दिवासमा गरिएको विरोध प्रदर्शनको क्रममा प्रहरीले राजमार्ग खुलाउन चलाएको गोली लागेर तीन जना स्थानीय घाइते भएका छन् । बर्दिवास नपा–१ का ३२ वर्षीय बुद्धिराज न्यौपानेको दायाँ तिघ्रामा गोली लागेको छ भने वर्दिवास नपा–५…
६ वर्षीया बालिकाको हत्या गरिएको अवस्थामा शव फेला, हत्या विरोधमा राजमार्ग अवरुद्ध
बर्दिबास नपा–१४ शुभम् बस्तीबाट मङ्सिर ७ गते हराएकी सहिद आलमकी ६ वर्षीया छोरी गुलबसा खातुनको हत्या गरिएको अवस्थामा मङ्सिर ८ गते राति शव फेला परेको छ । मङ्सिर ७ गते साँझदेखि बस्तीबाटै हराएकी बालिकाको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी राजन चापागाईँले बताउनु भयो । बालिकालाई हत्या गरेर बोरामा…
आदेश कार्यान्वयन नहुँदा नागरिकताबाट वञ्चित भएको पीडितको गुनासो
मठिहानी नपा–८ का ३२ वर्षीय अर्जुन साहलाई ०७४ भदौ ७ गते सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता दिन आदेश दिएकोमा हालसम्म सो आदेश कार्यान्वयन नहुँदा नागरिकता पाउनबाट वञ्चित भएको पीडितको गुनासो छ । साहले जिल्ला प्रशासन कार्यालयमा अदालतको आदेश लिएर पटक–पटक जाँदा पनि नागरिकता नपाएको इन्सेक प्रतिनिधिलाई बताउनु भयो । उहाँले…