समाचार प्रसारण गरेको आरोपमा पत्रकारलाई धम्की

कलैया उपमहानगरपालिका–३ निवासी एभिन्यूज टेलिभिजनका पत्रकार २५ वर्षीय अजय साहलाई समाचार प्रसारण गरेको आरोपमा मार्ने धम्की दिएको भन्दै पीडितले असोज १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । आफ्नो मोबाइल नं. ९८४५४९१६४० मा असोज १५ गते बिहान कलैयाको चिया पसलमा बसेको बेला मोबाइल नं ९८६५२२६९२५ बाट धम्की आएपछि उजुरी…

October 3, 2018  
जातीय छुवाछुतका घटना मिलापत्र गर्न दबाब दिएको पीडित पक्षको आरोप

परवानीपुर गाँउपालिका–३ मा भएको जातीय छुवाछुतको घटना मिलापत्र गर्न आरोपित पक्षले दबाब दिइरहेको पीडित पक्षको आरोप छ । स्थानीय ४३ वर्षीय उमेद रामले इलाका प्रहरी कार्यालय सिमरामा उजुरी दर्ता गरेको भएपनि अहिलेसम्म कुनै प्रकारको सुनुवाइ नभएको र आरोपित पक्षले मिलापत्र गर्न दबाब दिइरहेको आरोप लगाइएको छ । परवानीपुर गाउँपालिका–३ का…

September 29, 2018  
धाराको पानी खाएको भन्दै कुटपिट गरेको घटनाका आरोपितविरूद्ध उजुरी

परवानीपुर गाउँपालिका–३ का १२ वर्षीय राकेश रामले सोही ठाउँमा रहेको राधाकृष्ण मन्दिरको धारा (चापाकल) मा भदौ २४ गते पानी खाएको आरोपमा मन्दिरका पुजारी सोही ठाउँका ४५ वर्षीय रामदयाल यादवलगायतले कुटपिट गरेको भन्दै पीडित पक्षले भदौ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी रञ्जितसिंह…

September 16, 2018  
विद्यार्थीसँग वार्ता भइरहेको समयमा उपमेयरमाथि दुर्व्यवहार 

महागढीमाई नगरपालिकाकी उपमेयर तारादेवी कानुलाई एक समूहले भदौ २८ गते दुव्र्यहार गरेको छ । गढीमाई महेन्द्र प्राविधिक नमूना माध्यमिक विद्यालयका विद्यार्थीहरूसँग वार्ता गरिरहेको अवस्थामा केही व्याक्तिहरूको समूहले उनीमाथि दुर्व्यवहार गरेको पीडितले बताएकी छन् । उपमेयर कानुमाथि दुर्व्यवहार भएको महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवले जानकारी गराएको बाराका प्रमुख जिल्ला अधिकारी गणेश…

September 15, 2018  
अपहरित बालक १ महिनादेखि अज्ञात रहँदा परिवार बिचल्लीमा

जितपुर सिमरा उपमहानगरपालिका–७ बाट गत ०७५ जेठ २२ गते अपहरित ललन गुप्ताका नौ वर्षीय बालक अङ्कित गुप्ताको अत्तोपत्तो नहुँदा परिवार बिचल्लीमा परेको छ ।   जेठ २३ गते इलाका प्रहरी कार्यालय सिमरामा पीडित परिवारले बालक अपहरण भएकोमा उजुरी गरेपनि बालकलाई प्रहरीले अपहरण मुक्त गराउन सकेको छैन । एक महिनादेखि अपहरित…

July 8, 2018  
घरमा सुतिरहेकी बालिकाको हत्या प्रयास

कलैया उपमहानगरपालिका-२ अवधापुरमा असार २३ गते १६ वर्षीया बालिका प्रिती पटेलकी घरमै सुतिरहेको अवस्थामा घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या प्रयास गरिएको छ । घाँटीको दाहिने भागमा १० सेमी गहिरो घाउ लागेको छ । कलैया अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागि उनलाई वीरगञ्ज लगिएको छ । घरमा कोही नभएको…

July 7, 2018  
दम्पत्ती हत्या घटनाका आरोपित तीन जना गिरफ्तार

जितपुरसिमरा उमनपा-३ बजनीका ३५ वर्षीय दिपक सुवेदी र उनकी पत्नी ३२ वर्षीया दिपिका सुवेदीलाई ०७४ मङ्सिर १५ गते हत्या गरेको आरोपमा प्रहरीले जेठ ११ गते जितपुरसिमरा उमनपा-२ का ३४ वर्षीय रमेश थापा, ३८ वर्षीय अजय लामा र सोही उमनपा-३ का ३८ वर्षीय गुप्तबहादुर लामालाई गिरफ्तार गरेको छ । आरोपित सबैलाई…

May 26, 2018  
जिल्लास्तरीय अनुभव आदान प्रदान बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जिल्लामा सञ्चालित 'स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम' अन्तर्गत जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको बैठक वैशाख २५ गते कलैयामा सम्पन्न भएको छ । बैठकमा शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारसँग सम्बन्धित सरोकारवाला निकाय जिल्ला जनस्वास्थ्य, जिल्ला पशु कार्यालय, जिल्ला शिक्षा विकास तथा…

May 9, 2018  
इन्सेकको सहजीकरणमा विद्यार्थी भर्ना अभियान

वैशाख २ गतेदेखि जारी विद्यार्थी भर्ना अभियानलाई सफल बनाउन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहजीकरणमा जिल्लाको विभिन्न ठाउँमा विद्यार्थी भर्ना अभियान थालिएको छ । इन्सेकद्वारा संचालित 'मानवअधिकार उल्लंघन तथा ज्यादती पीडितहरूको अधिकार प्रबर्द्धन' कार्यक्रमअन्तर्गत भर्ना अभियान सुरु गरिएको हो । कलैया उपमहानगरपालिकाको वडा नम्बर-१५ खम्बा र जितपुरसिमरा उपमहानगरपालिका-२४ मनहर्वामा…

April 22, 2018  
बारामा फोरमको विजय जुलुसमा गोली चल्यो, चार जना प्रहरी घाइते

बाराको क्षेत्र नम्बर २ अन्तर्गत पचरौता नगरपालिका-२ बेल्दारीमा सङ्घीय समाजवादी फोरमले आज विजय जुलुस मनाउने क्रममा झडप भएपछि प्रहरीले चार राउण्ड हवाइ फायर गरेको राससले जनाएको छ । जसल्ला प्रहरी कार्यालयका एसपी राजकुमार वैदवारका अनुसार दिउँसो साढे ३ बजे सङ्घीय समाजवादी फोरमका कार्यकर्ताले निकालेको विजय जुलुसका क्रममा स्थानीय समूहले अवरोध…

December 13, 2017