दुर्व्यवहार घटनाका आरोपित इन्स्पेक्टरविरुद्ध निवेदन दर्ता

कलैया उपमहानगरपालिका–४ बेलहिया गउँ निवासी अन्तरपार्टी सञ्जालकी अध्यक्ष ४७ वर्षीया शीला साहलाई दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला तथा बालबालिका सेलमा कार्यरत इन्स्पेक्टर सुरक्षा केसीलाई कारवाहीको माग गर्दै पीडित पक्षले जिल्ला प्रशासन कार्यालय बारामा मङ्सिर ११ गते निवेदन दर्ता गराएको छ । अन्तरपार्टी सञ्जालकी अध्यक्ष साहलाई मङ्सिर ८…

November 28, 2018  
यस वर्ष ५५ मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख

बारामा यस वर्ष ५५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख गरिएको प्रतिवेदन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाराले एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको छ । कलैयास्थित बारा उद्योग वाणिज्य सङ्घको सभा हलमा मङ्सिर ९ गते आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१९ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व…

November 26, 2018  
छठी घाट बनाउने क्रममा झडप, तीन जना घाइते

महागढीमाई मन्दिर परिसरमा छठी घाट बनाउने विषयलाई लिएर कात्तिक १२ गते बिहान दुई समूह बिच झडप भएको छ । झडपमा महागढीमाई नगरपालिका-१ मठवा टोलका ५५ वर्षीय झगरु महतो, सोही ठाउँका ३२ वर्षीय मुकेश कुशवाहा र गढीमाई मन्दिर विकास तथा सञ्चालन समितिका सचिव ४८ वर्षीय मोतिलालप्रसाद घाइते भए । घाइते सबैको…

October 30, 2018  
दुई छोाराको हत्या गरी बावुद्वारा आत्महत्या

जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहाशान्ती टोलका ३० वर्षीय सुरेन्द्र रामले कात्तिक ४ गते बिहान पाँच वर्षीय छोरा सुविन राम र तीन वार्षीय छोरा विपीन रामलाई घर भित्र झुण्ड्याएर हत्या गरी आफूले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ । दुई छोरा र बावुको शव कोठामा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सिमराका…

October 21, 2018  
बालकको अपहरणपछि हत्या, घटनाका आरोपित गिरफ्तार

सिम्रौनगढ नपा–३ का धनेश्वरप्रसाद यादवका ६ वर्षीय छोरा गोलु भनिने दीपक यादवलाई अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय श्याम बैठा र १७ वर्षीय बालकलाई गिरफ्तार गरी असोज २८ गते सार्वजनिक गरेको छ । बालबको अपहरणपछि हत्या गरेको आरोपमा दुवै जनालाई असोज २८ गते प्रहरीले गिरफ्तार गरी…

October 15, 2018  
खाद्य अधिकारको प्रत्याभूति दिलाउन प्रतिबद्धः वडा अध्यक्ष रौनियार

खाद्य अधिकारको प्रत्याभूति दिलाउनका लागि आफ्नो वडा प्रतिबद्ध रहेको कलैया उपमहानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष पुनदेव रौनियारले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नं. २ जनकपुर कार्यालयद्वारा असोज २२ र २३ गते आयोजित स्थानीय जनप्रतिनिधि र मानव अधिकार निगरानी समूहका लागि क्षमता अभिवृद्धि तालिमको उद्घाटन…

October 10, 2018  
विद्यार्थी कुटपिट घटनाका अरोपित शिक्षकविरू उजुरी

कलैया उमनपा–१ स्थित डिभाइन इङ्गलिस बोर्डिङ स्कुलको कक्षा ६ मा अध्ययनरत प्रसौनी गाउँपालिका–५ प्रस्टोका १३ वर्षीय बालक आदित्य गुप्तालाई कुटपिट गरी घाइते बनाएको आरोपमा पीडित पक्षले सोही स्कुलका शिक्षक नुरु अन्सारी र विकास यादवविरूद्ध असोज १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । ‘बिरामी छु भनेर विदा माग्दा शिक्षकद्वयले…

October 5, 2018  
समाचार प्रसारण गरेको आरोपमा पत्रकारलाई धम्की

कलैया उपमहानगरपालिका–३ निवासी एभिन्यूज टेलिभिजनका पत्रकार २५ वर्षीय अजय साहलाई समाचार प्रसारण गरेको आरोपमा मार्ने धम्की दिएको भन्दै पीडितले असोज १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । आफ्नो मोबाइल नं. ९८४५४९१६४० मा असोज १५ गते बिहान कलैयाको चिया पसलमा बसेको बेला मोबाइल नं ९८६५२२६९२५ बाट धम्की आएपछि उजुरी…

October 3, 2018  
जातीय छुवाछुतका घटना मिलापत्र गर्न दबाब दिएको पीडित पक्षको आरोप

परवानीपुर गाँउपालिका–३ मा भएको जातीय छुवाछुतको घटना मिलापत्र गर्न आरोपित पक्षले दबाब दिइरहेको पीडित पक्षको आरोप छ । स्थानीय ४३ वर्षीय उमेद रामले इलाका प्रहरी कार्यालय सिमरामा उजुरी दर्ता गरेको भएपनि अहिलेसम्म कुनै प्रकारको सुनुवाइ नभएको र आरोपित पक्षले मिलापत्र गर्न दबाब दिइरहेको आरोप लगाइएको छ । परवानीपुर गाउँपालिका–३ का…

September 29, 2018  
धाराको पानी खाएको भन्दै कुटपिट गरेको घटनाका आरोपितविरूद्ध उजुरी

परवानीपुर गाउँपालिका–३ का १२ वर्षीय राकेश रामले सोही ठाउँमा रहेको राधाकृष्ण मन्दिरको धारा (चापाकल) मा भदौ २४ गते पानी खाएको आरोपमा मन्दिरका पुजारी सोही ठाउँका ४५ वर्षीय रामदयाल यादवलगायतले कुटपिट गरेको भन्दै पीडित पक्षले भदौ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी रञ्जितसिंह…

September 16, 2018