उपमहानगरपालिका घोषणाको माग गर्दै सात दिनदेखि अनशन

कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउन माग गर्दै उद्योग वाणिज्य सङ्घको अगुवाइमा सात दिनदेखि कलैयामा रिले अनशन जारी छ । व्यापारी-व्यवसायी, नगरबासी र स्थानीय राजनीतिक दलले रिले अनशन गर्दै आएका हुन् । स्थानीय प्रशासनमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै उनीहरू रिले अनशनमा बसेका हुन् । स्थानीय तह पुनर्संरचना आयोगले कलैयालाई नगरपालिकामै सीमित राखी…

January 25, 2017  
बलात्कार गरी हत्या गरेको कसुरमा ३५ वर्षकैदको फैसला

कलैया नपा-८ की आठ वर्षीया कञ्चन ठाकुरलाई २२ महिना अघि बलात्कार गरी हत्या गरेको ठहरमा पिप्राविर्ता गाविस-३ घर भई कलैया नपा-८ मा बस्दै आएका ३० वर्षीय गुल्लु भन्ने अरबिन्दलाल दासलाई जिल्ला अदालत बाराले ३५ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश सुर्यबहादुर थापाको इजलासले भदौ १९ गते दासलाई ३५ वर्षकैद सजाय…

September 6, 2016  
सशस्त्र प्रहरी र स्थानीयबीच झडप, दुई सर्वसाधारण र एक प्रहरी घाइते

कवहीगोठ गाविस-८ मा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको रकम हिनामिना भएको विषयमा स्थानीयहरूबीच भएको छलफलको क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन पुगेका सशस्त्र प्रहरी र गाउँलेबीच साउन २६ गते झडप भएको छ । झडपको क्रममा प्रहरीको कुटाइबाट कवहीगोठ गाविस-८ का २८ वर्षीय मन्जय साह कानुको अनुहारमा चोट लागेको छ…

August 11, 2016