नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ प्रकाशन पूर्व समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाराको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ३ गते कलैयामा सम्पन्न गरिएको छ । कार्यक्रममा मानव अधिकारको रक्षा गर्दै राज्यले दिएको जिम्मेवारी पुरा गर्ने र राज्य पक्षबाट मानव अधिकारको उल्लङ्घन हुन नदिने प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताउनु भयो…
समयमै सामाजिक सुरक्षा भत्ता नपाएका ज्येष्ठ नागरिकले मागे इन्सेकको सहयोग
बिश्रामपुर गाउँपालिकाको कार्यालयले चालु आर्थिक वर्षको कात्तिकमा वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्ता वितरण नगरेको गुनासो गर्दै ज्येष्ठ नागरिकहरूले इन्सेकको सहयोग मागेका छन् । प्रथम चौमासिकमा वितरण गर्नुपर्ने रकम नपाएको भन्दै यहाँका ज्येष्ठ नागरिकहरूले मङ्सिर २७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बारा जिल्ला प्रतिनिधि भोलानाथ पौडेललाई सोको लागि पहल गरिदिन…
समयमै सामाजिक सुरक्षा भत्ता नपाएका ज्येष्ठ नागरिकले मागे इन्सेकको सहयोग
सिम्रोनगढ नगरपालिकाको कार्यालयले चालु आर्थिक वर्षको कात्तिकमा वितरण गर्न पर्ने सामाजिक सुरक्षा भत्ता वितरण नगरेको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । प्रथम चौमासिक रकम मुख्य चाडपर्वमा वितरण नगरेकाले ज्येष्ठ नागरिकहरूले मङ्सिर १५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बारा जिल्ला प्रतिनिधि भोलानाथ पौडेललाई सोको लागि पहल गरिदिन निवेदन दिएका छन्…
प्रहरीको गोली लागेर एक बालक घाइते
सुवर्ण गाउँपालिका–२ कवहीगोठ बजारमा रहेको इलाका प्रहरी कार्यालय अगाडि कात्तिक १२ गते साँझ ८ बजे स्थानीयसँग भएको झडपमा प्रहरीको गोली लागी सोही वडाका १४ वर्षीय रञ्जनकुमार यादव घाइते हुनुभएको छ । घाइते यादवको स्थानीय एसआरपी अस्पताल कवहीगोठमा प्राथमिक उपचार गरी टाउकोमा लागेको गोली झिकेर थप उपचार गर्नका लागि बयोधा अस्पताल…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिका र २८ वर्षीया महिलालाई असोज २२ गतेदेखि पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले कात्तिक १२ गते प्रसौनि गाउँपालिका–१ का ५० वर्षीय नातेदारलाई गिरफ्तार गरेको छ । पीडित बालिकाका हजुरबाबाले घरमा कोही नभएको मौका छोपी बलात्कार गर्ने गरेको पीडित बालिकाकी आमाले बताउनुभयो । पीडितकी आमाले कात्तिक १२ गते जिल्ला…
सूचना माग गर्दा कुटपिट, आरोपित वडा अध्यक्षविरुद्ध उजुरी
सुवर्ण गाउँपालिका–५ औरैयाका ३१ वर्षीय विनोदप्रसाद यादवलाई गाउँपालिकाको कार्यालयमा सूचना माग गर्दा असोज २२ गते दिउँसो वडा नं. २ का अध्यक्ष रञ्जितप्रसाद यादव लगायतले कुटपिट गरेको भन्दै पीडितले असोज २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी गौतम मिश्राले बताउनु भएको छ । चालु आर्थिक वर्षमा वडा नं. ५ मा…
गाउँपालिकाले एक वर्षसम्म सामाजिक सुरक्षा भत्ता वितरण नगरेको गुनासो
आर्दश कोटवाल गाउँपालिकाको कार्यालयले गत आर्थिक वर्षमा पाउनुपर्ने एक वर्षको सामाजिक सुरक्षा भत्ता वितरण नगरेको लाभग्राहीले असोज १८ र १९ गते गाउँपालिकाको कार्यालयमा आएर गुनासो गरेका छन् । २०७७ असार मसान्तसम्ममा आर्थिक वर्ष २०७६/०७७ को सामाजिक सुरक्षा भत्ता नपाएको सोही गाउँपालिका–१ चिउताहाका ७५ वर्षीय गणपत महरा चमारले बताउनु भयो ।…
पत्रकार हत्या घटनाका आरोपित गिरफ्तार
जितपुरसिमरा उमनपा–२० इनर्वासिरा निवासी ४२ वर्षीय पत्रकार वीरेन्द्रप्रसाद साहलाई हत्या गरेको आरोपमा प्रहरीले महागढिमाई नपा–२ तेलकुँवा टोलका ४५ वर्षीय हरेराम पटेल भनिने हरेरामप्रसाद कुर्मीलाई भदौ २५ गते गिरफ्तार गरेको छ । पत्रकार साहलाई ०६४ असोज १८ गते बारागढी गाउँपालिका–३ पिप्रा बसतपुरबाट अपहरण गरी जितपुरसिमरा उमनपा–१६ टाँगियावस्तीको जङ्गलमा हत्या गरी खाल्टो…
चिकित्सकको लापरवाहीले शिशुको मृत्यु भएको आरोप, न्यायका लागि पहल गरिदिन इन्सेकसमक्ष आग्रह
चिकित्सकको लापरबाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाउँदै न्यायका लागि पहल गरिदिन कलैया उमनपा–७ बैरियाकी २२ वर्षीया अन्तिमा भगत मालीको परिवारले भदौ १२ गते इन्सेक जिल्ला कार्यालयमा निवेदनमार्फत आग्रह गरेको छ । माली सुत्केरी हुनका लागि भदौ ५ गते दिउँसो १ बजे कलैया अस्पतालको प्रसूति कक्षमा भर्ना हुनुभएको थियो ।…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रौतहट जिल्ला कटहरीया नपा–४ का २६ वर्षीय प्रमोद साहलाई भदौ ७ गते गिरफ्तार गरेको छ । विवाहिता पीडित बालिकाको दुई महिनाको गर्भ खेर गएर भदौ ७ गते निजगढ नपा–११ रतनपुर टोलमा रहेको स्वास्थ चौकीमा उपचार गर्न जाँदा रौतहट जिल्ला कटहरीया नपा–४ निवासी…