मालीमस्ती नाकाबाट एक महिलाको उद्धार
ठोरीको एउटा नाका हुँदै भारत जान लागेको अवस्थामा पर्साको ठोरी गाउँपालिका स्थानीयले असार २५ गते मकवानपुरकी ३० वर्षीया महिलालाई उद्धार गरी प्रहरीको जिम्मा लगाएका छन् । ठोरी गाउँपालिका-४ मालीबस्ती नकाबाट भारततर्फगइरहेको अवस्थामा शङ्का लागि सोधपुछ गर्दा पीडितले आफू भारत हुँदै कुवेत जान लागेको बताएपछि स्थानीयले उनलाई प्रहरीको जिम्मा लगाएको स्थानीय…
नागरिकको आर्थिक अवस्थालाई पनि मानव अधिकारको विषय बनाइनु पर्छः उपप्रमुख खातुन
पर्सा जिल्लामा सन् २०१८ को पहिलो ६ महिनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका २२ ओटा घटना अभिलेख गरिएको इन्सेक पर्सा प्रतिनिधि केसी लामिछानेले बताएका छन् । पोखरिया नगरपालिकाको श्री जिल्ला उच्चाङ्गल प्राविधिक उच्च माध्यामिक विद्यालयमा असार १४ गते गरिएको समीक्षा कार्यक्रममा यस्तो जानकारी दिइएको हो । पोखरिया नगरपालिकाका उपप्रमुख एवम्…
बुहारी र नातीनीलाई आगो लगाएको आरोपमा ससुरा गिरफ्तार
धोबिनी गाउँपालिका-३ हरिहरपुरकी २२ वर्षीया सन्जु देवी साह र उनकी नौ महिने छोरी रिया साहलाई जल्दै गरेको अवस्थामा असार १ गते उद्धार गरिएको छ । घाइते सन्जु देवीले घरायसी विवादको विषयलाई लिएर ससुरा लक्ष्मीप्रसाद साहले आफ्नो र छोरीको शरीरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको आरोप लगाएकी छन् । उद्धार…
विद्यालय परिसरमा गिट्टी बालुवाको भण्डारण, विद्यार्थीको पढाई प्रभावित
जगरनाथपुर गाउँपालिका-५ को बहहुवरी प्रसौनीमा रहेको नेपाल राष्ट्रिय प्रथामिक विद्यालयको प्राङ्गण गिट्टी बालुवाको विक्री कक्ष बनेको छ । पर्खालले घेरिएको विद्यालयको प्राङ्गणमा निर्माण व्यवसायी समेत रहेका वडाध्यक्ष रामअयोध्या कुर्मीको गिट्टी बालुवा भण्डारण गरिएको हो । जङ्गलबाट निकासी गरी ल्याइएको गिट्टी बालुवा विद्यालय परिसमा भण्डारण गरिँदा विद्यार्थीको पढाई प्रभावित भएको छ…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा वीरगञ्ज मनपा-१३ राधेमाईका ५० वर्षीय शेषमन्सुर बाबुलाई प्रहरीले जेठ १० गते गिरफ्तार गरेको छ । बलात्कार प्रयास घटनाका आरोपित मन्सुर बाबुलाई जिल्ला अदालत पर्सा नजिकबाट गिफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी रेवती ढकालले जानकारी दिए । कानुन व्यवसायी समेत रहेका आरोपित मन्सुर बाबुविरुद्ध…
बुहारीको हत्या गरेको आरोपमा ससुरा गिरफ्तार
पर्सागढी नपा-४ हरदासपुर की २३ वर्षीया रिङ्कु पटेलको हत्या गरेको आरोपमा प्रहरीले जेठ ८ गते ५१ वर्षीय ससुरा प्रेम पटेललाई गिरफ्तार गरेको छ । घरमा लुकिछिपी बसिरहेको अवस्थामा घटनाका आरोपित प्रेमलाई गिरफ्तार गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी रेवती ढकालले बताए । उक्त घटनाका आरोपित रिङ्कुका २५…
अनुदानको भरमा स्थानीय तहले नागरिक अपेक्षा पुरा गर्न सक्दैनः पराजुली
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख प्रेम पराजुलीले स्थानीय तहले आय आर्जनको काम गर्न सकेनन् भने अनुदानका भरमा मात्र नागरिक अपेक्षा पुरा गर्न नसक्ने बताएका छन् । मानव अधिकार निगरानी समूहले सखुवाप्रसौनी गाउँपालिका-१ मधुवन मथवलमा वैशाख २६ गते आयोजना गरेको परियोजनासम्बन्धी स्थानीय स्तरको सल्लाहकारहरूको बैठकमा उनले यस्तो…
स्थानीयले प्रहरी कार्यालयमा आक्रमण गर्दा चार प्रहरी घाइते
इलाका प्रहरी कार्यालय सेढवामा वैशाख २३ गते स्थानीयले आक्रमण गर्दा असई गोपाल खड्का, प्रहरी जवान सुकेश्वर महतो, शम्भु महतो र जयप्रकाश यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी राजन लिम्बूले जानकारी दिएका छन् । घाइतेहरूको उपचार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भएको डिएसपी लिम्बुले बताए । चार जना भारतीय नागरिकलाई…
विद्यार्थी भर्ना अभियान सफल बनाउन गादीमा बृहत र्याली तथा अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मानव अधिकार निगरानी समूह गादी, बाल अधिकार चेतना समूह र पटेवा सुगौली गाउँपालिका वडा नं. २ को संयुक्ता आयोजनामा वैशाख ७ गते विद्यालय भर्ना तथा गुणस्तरीय शिक्षाका लागि वृहत् भर्ना अभियान तथा र्याली सम्पन्न भएको छ । पटेर्वा सुगौली गाउँपालिका वडा नं. २ को लक्ष्मीपुरबाट…
बीरगञ्ज महानगरमा टिफिन बम, सेनाद्वारा निष्कृय
बीरगञ्ज महानगरपालिका कार्यालयमा फेला परेको टिफिन बम नेपाली सेनाले निष्कृय पारेको छ । बीरगञ्ज महानगर कार्यालयमा महानगर प्रमुख बिजय सरावगीको कार्यकक्ष भन्दा बाहिर रहेको भर्याङ्ग छेउमा बम फेला परेको महानगर प्रमुखका प्रेस संयोजक अनिल तिवारीले बताए । बीरगञ्ज महानगरमा फेला परेको टिफिन बम भएको नेपाली सेनाले जनाएको छ । नास्ता…