आर्थिक वर्ष सकिन लाग्दा पनि विद्यार्थीले दिवा खाजा पाएनन्
सरकारले आर्थिक वर्ष २०७५–०७६ देखि प्राथमिक विद्यालयमा लागू गरेको दिवा खाजा कार्यक्रम, पर्साको ११ ओटा स्थानीय तहले हालसम्म सञ्चालन गरेका छैनन् । बालबालिकालाई विद्यालयमा आकर्षित गराउन चालु आर्थिक वर्षको साउनदेखि लागू भएको दिवा खाजा कार्यक्रम आर्थिक वर्ष सकिन लाग्दा समेत सुरु भएको छैन । सरकारले दोस्रो चरणमा चालू आर्थिक वर्षमा…
छात्राहरूलाई विद्यालयबाट निष्काशन गर्ने प्रधानाध्यापकको धम्की
विद्यालयमा शौचालयको समुचित व्यवस्था पुस्तकको वितरण र भौतिक संरचना निर्माण तथा मर्मत सम्भार गर्न गाउँपालिका प्रमुखसँग माग गर्न गएका छात्राहरूलाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरुल्लाह आलमले निष्काशनको धम्की दिएका छन । छात्राहरूले विद्यालयमा शौचालयको समुचित व्यवस्था नभएको, पुस्तक वितरण नगरिएको, विद्यालयको भौतिक संरचनाको मर्मतसम्भार नगरिएको, फर्निचर यथोचित नभएकोलगायतका गुनासाहरू…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कालीकामाई गाउँपालिका–२ बीरन्चीवर्वाका ५० वर्षीय राजकुमार कायस्तलाई चैत २६ गते गिरफ्तार गरेको छ । उनलाई प्रहरीले बीरगञ्ज महानगरको छपकैयाबाट गिरफ्तार गरेको हो । पीडित बालिकालाई आरोपितले चैत २५ गतयौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा चैत २६ गते उजुरी दिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीय बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले पकाहामैनपुर गाउँपालिका–१ धोरेका २१ वर्षीय रूपेश रामलाई चैत २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालार्य आरोपितले चैत १८ गते बलात्कार गरेको भनी पीडित पक्षले उजुरी गरेपछि सोही उजुरीका आधारमा प्रहरीले रामलाई गिरफ्तार गरेको जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २०…
पतिको कुटपिटबाट घाइते भएकी सुनिताको उपचारको क्रममा मृत्यु
वीरगञ्ज मनपा–२० घर भई वीरगञ्ज मनपा–११, हरपतगञ्ज निवासी ३६ वर्षीया सुनिता यादवको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा चैत १५ गते मृत्यु भएको छ । नारायणी अस्पतालमा कार्यरत ४० वर्षीय डा.सचितानन्द यादवले पत्नी सुनितालाई मरणासन्न हुने गरी कुटपिट गरेपछि घाइते भएकी सुनीताको उपचारको क्रममा मृत्यु भएको हो । सुनितालाई…
कुटपिट घटनाका आरोपित पतिविरूद्ध उजुरी
मनपा–२०, हरपतगञ्ज घर भइ वीरगञ्ज मनपा–११ बस्ने ३६ वर्षीया सुनीता यादवलाई नारायणी अस्पतालमा कार्यरत डा.सचितानन्द यादवले कुटपिट गरेको आरोपमा आरोपितविरूद्ध चैत ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । चैत ८ गते कुटाइले पीडित सुनीताको मानसिक सन्तुलन पनि गुमेको अवस्था रहेको पीडित पक्षको आरोप छ । पीडित महिलाको पुरै…
जनता आवासको कार्यक्रम अन्र्तगतका घरहरू अझै बनेन
विपन्न तथा गरिव परिवारलाई लक्षित गरी सरकारले आर्थिक वर्ष २०७३÷०७४ मा सञ्चालन गरेको जनता आवास कार्यक्रम अन्तर्गत पर्सामा निर्माण भइरहेका घरहरू यतिखेर अलपत्र परेको छ । घर निर्माणका लागि आवश्यक पर्ने रकम अर्थ मन्त्रालयले भुक्तानी नदिँदा सरकारले विपन्नको घर निर्माणका लागि थालेको जनता आवास कार्यक्रम नै अलपत्र परेको हो ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बीरगञ्ज महानगरपालिका–२४ सुर्गाली बिर्ताका ४० वर्षीय मतलुव मिया र बीरगञ्ज महानगरपालिका–२० हरपतगञ्जका ३२ वर्षीय सासोदिन अन्सारीलाई माघ २२ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई माघ १७ गते आरोपितद्वयले बलात्कार गरेको पीडित पक्षको आरोप छ । उनीहरूविरूद्ध पीडित महिलाले माघ २१ गते जिल्ला…
ठोरी गाउँपालिकाको कार्यालयमा स्थानीयद्वारा तालाबन्दी
मन्त्री परिषदको माघ १४ गते बसेको बैठकले पर्साको ठोरी गाउँपालिकाको सेवा केन्द्र सार्ने निर्णयको विरोधमा स्थानीयले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । सुवर्णपुरमा रहेको गाउँपालिका कार्यालयमा माघ १७ गतेदेखि स्थानीयले तालाबन्दी गरेका हुन् । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै केन्द्र सारिएको जानकारी गराएपछि स्वस्फूर्त रूपमा स्थानीयले…
प्रहरी र प्रदर्शनकारीबिच झडप, दुई जना प्रदर्शनकारी घाइते
सरकार विरोधी प्रर्दशनमा उत्रिएका नेविसङ्घका कार्यकर्ता र प्रहरीबिच झडप हुँदा दुई जना प्रदर्शनकारी घाइते भएका छन् । माघ १८ गते बीरगंजमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबिच विद्यार्थीका झडप भएको हो । झडपमा परि बीरगंज महानगरपालिका–१४ पिप्रा निवासी २४ वर्षीय विकेश पटेल र बीरगंज महानगरपालिका–१६ नगवाका…