पोखरिया नगरपालिकाका स्वास्थ्य संस्थामा निःशुल्क औषधी अभाव

पोखरिया नगरपालिकाका स्वास्थ्य संस्थामा आषधी अभाव भएको छ । पोखरिया नगरपालिकामा चालु आर्थिक वर्षको यो अवधीमा स्वास्थ्य चौकीहरूमा औषधी खरिद नगरिँदा औषधी अभाव भएको हो । गएको साउन महिनादेखि नै स्वास्थ्य चौकी र १५ शैय्याको अस्पतालको लागि नगरपालिकाले औषधी खरिद गर्न सकेको छैन । नगरपालिकाले टेण्डर मार्फत औषधी खरिद गर्ने…

March 5, 2020  
ईलाका प्रशासन कार्यालयमा कर्मचारी अभाव, सेवाग्राही मार्कामा

जीराभवानी गाउँपालिका–४ सुपौलीमा नागरिकलाई सेवा दिनका लागि खोलिएको ईलाका प्रशासन कार्यालय सुपौलीमा एक जना शाखा अधिकृत सहित चार जना कर्मचारीको दरबन्दी रहेको भएपनि कर्मचारी अभावका कारण सेवाग्राही सेवा पाउनबाट बञ्चित भएका छन् । ईलाका प्रशासन कार्यालय सुपौलीमा २०७६ पुस महिनादेखि शाखा अधिकृत छैनन् । शाखा अधिकृत नहुँदा नागरिकता लिने लगायत…

February 27, 2020  
आंशिक प्राध्यापकको आन्दोलनले पठन–पाठन प्रभावित

ठाकुर राम बहुमुखी क्याम्पस (ठाराब) का आंशिक प्राध्यापकहरूको रिले अनसन फागुन ८ गते आज आठौँ  दिनपनि जारी रहेको छ । प्राध्यापकहरू बिहान ६ः४० देखि १० बजेसम्म एउटा समूह, १० देखि साँझ ४ बजेसम्म अर्को समूह र साँझ ४ देखि बेलुकी ७ बजेसम्म अर्को समूह गरि रिले अनसन बस्दै आएका छन्…

February 22, 2020  
बलात्कार गरेको आरोपमा बुवा गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा  इलाका प्रहरी कार्यालय पोखरियाले ४० वर्षीय बुवालाई माघ २० गते गिरफ्तार गरेको छ । आफ्नै घरमा बन्धक बनाएर आफुलाई बलात्कार गर्दै आएको बताउँदै पीडितले मौका छोपी घरबाट भागेर इलाका प्रहरी कार्यालय पोखरियामा माघ २० गते बुवाले बलात्कार गरेको मौखिक जानकारी गराए पछि घटना सार्वजनिक…

February 4, 2020  
१५ वर्षीया बालिकाको कुटेर हत्या

पोखरीया नपा—९ सेमरबारी, पर्साकी १५ वर्षीया बालिका पुनिता कुमारी दासको आफ्नै परिवारका सदस्यले हत्या गरी घर नजिकै गाडेको आरोपमा २०७६ पुस २१ गते आमासहित चारजना गिरफ्तार भएका छन् । गिरफ्तार पर्नेमा पुनिताकी ३० वर्षीया आमा शिवकली देवी, २८ वर्षीय सन्तोष दास, ३९ वर्षीय राजेन्द्र दास र २० वर्षीय जितेन्द्र यादव…

January 7, 2020  
दुई हप्ता लामो शीतलहरको कारण पर्सागढी नगरपालिकामा हालसम्म पाँचजना वृद्धको मृत्यु

अत्याधिक चिसोको कारण पुस ८ गते पर्सागढी–४ सबैयाटाँडी निवासी ६७ वर्षीय बुधन हजरा दुसाध र सबैया निवासी ७८ वर्षीया कोकनीदेवी थरुनीको मृत्यु भएको थियो । शीतलहर चलेपछि पुस ११ गते सोही वडा परशुरामपुर गाउँ निवासी ७३ वर्षीय बुधु देवान र भडाहाटोल निवासी भगौरीदेवी मुसहरिनको पनि कठ्याङ्ग्रिएर मृत्यु भएको उनीहरूका परिवारजनले…

December 30, 2019  
पर्सामा बलात्कारका घटना बढे, नियन्त्रण पक्ष बलियो बनाउन जोड

पर्सामा ६९ ओटा विभिन्न मानवअधिकारका उल्लंघनका घटनाहरु भएको तथ्याङ्क सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पुर्व वार्षिक समीक्षा गोष्ठीमा यो तथ्य सार्वजनिक गरिएको हो । इन्सेक पर्सा जिल्लाका प्रतिनिधि केसी लामिछानेले तथ्याङ्क सार्वजनिक गर्दै पर्सामा ०७५ पुस १८ गतेदेखि…

December 27, 2019  
नागरिकको स्वास्थ्य परीक्षण तीन गुणा मंहगो, नियमनकारी निकाय मौन

नागरिकको आधारभूत स्वास्थ्य सेवाको जिम्मेवारी सरकारको भएपनि स्वास्थ्य क्षेत्रमा देखिएको अराजकताका कारण नागरिकले निकै सास्ती, हैरानी र लागनी गर्नु परेको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले विभिन्न रोग परीक्षणका लागि शुल्क निर्धारण गरेको छ । सरकारी निकायले निर्धारण गरेको शुल्क वीरगंजका सरकारी प्रयोगशालाले समेत मानेका छैनन् । वीरगंजको…

December 27, 2019  
औषधि खरिदका लागि टेण्डर भएन, पर्साका स्वास्थ्यचौकीहरू औषधिविहीन

लुत्तो निको पार्न औषधि खोज्दै वीरगंज–२५ श्रीसियाको एक सरकारी विद्यालयका शिक्षक सोही वडाको आदर्शचोकस्थित श्रीसिया हेल्थ पोष्टमा बिहीबार जानु भयो । उहाँले स्कावेयल नाम गरेको लुत्तोको औषधि पाउनु भएन । सरकारले स्वास्थ्य चौकीमा निःशुल्क उपलब्ध गराउने ३९ प्रकारको औषधिमध्ये लुत्तोको औषधि पनि एक हो । स्वास्थ्य केन्द्रबाट फर्किनु भएका शिक्षकको…

December 14, 2019  
स्वास्थ्य केन्द्रमा महिला स्वास्थ्यकर्मी नहुँदा साउनदेखि बर्थिङ सेन्टर बन्द

धोबिनी गाउँपालिका–२ भिखमपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा महिला स्वास्थ्यकर्मीको अभाव भएपछि चार महिनादेखि बर्थिङ सेन्टर बन्द छ । प्रसूतिसेवा बन्द भएपछि स्थानीय गर्भवति महिलाहरूलाई समस्या भएको छ । संविधानको मौलिक हक अन्तर्गत धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ  र कसैलाई पनि आकस्मिक स्वास्थ्य…

December 11, 2019