१५ वर्षीया बालिकाको कुटेर हत्या

पोखरीया नपा—९ सेमरबारी, पर्साकी १५ वर्षीया बालिका पुनिता कुमारी दासको आफ्नै परिवारका सदस्यले हत्या गरी घर नजिकै गाडेको आरोपमा २०७६ पुस २१ गते आमासहित चारजना गिरफ्तार भएका छन् । गिरफ्तार पर्नेमा पुनिताकी ३० वर्षीया आमा शिवकली देवी, २८ वर्षीय सन्तोष दास, ३९ वर्षीय राजेन्द्र दास र २० वर्षीय जितेन्द्र यादव…

January 7, 2020  
दुई हप्ता लामो शीतलहरको कारण पर्सागढी नगरपालिकामा हालसम्म पाँचजना वृद्धको मृत्यु

अत्याधिक चिसोको कारण पुस ८ गते पर्सागढी–४ सबैयाटाँडी निवासी ६७ वर्षीय बुधन हजरा दुसाध र सबैया निवासी ७८ वर्षीया कोकनीदेवी थरुनीको मृत्यु भएको थियो । शीतलहर चलेपछि पुस ११ गते सोही वडा परशुरामपुर गाउँ निवासी ७३ वर्षीय बुधु देवान र भडाहाटोल निवासी भगौरीदेवी मुसहरिनको पनि कठ्याङ्ग्रिएर मृत्यु भएको उनीहरूका परिवारजनले…

December 30, 2019  
पर्सामा बलात्कारका घटना बढे, नियन्त्रण पक्ष बलियो बनाउन जोड

पर्सामा ६९ ओटा विभिन्न मानवअधिकारका उल्लंघनका घटनाहरु भएको तथ्याङ्क सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पुर्व वार्षिक समीक्षा गोष्ठीमा यो तथ्य सार्वजनिक गरिएको हो । इन्सेक पर्सा जिल्लाका प्रतिनिधि केसी लामिछानेले तथ्याङ्क सार्वजनिक गर्दै पर्सामा ०७५ पुस १८ गतेदेखि…

December 27, 2019  
नागरिकको स्वास्थ्य परीक्षण तीन गुणा मंहगो, नियमनकारी निकाय मौन

नागरिकको आधारभूत स्वास्थ्य सेवाको जिम्मेवारी सरकारको भएपनि स्वास्थ्य क्षेत्रमा देखिएको अराजकताका कारण नागरिकले निकै सास्ती, हैरानी र लागनी गर्नु परेको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले विभिन्न रोग परीक्षणका लागि शुल्क निर्धारण गरेको छ । सरकारी निकायले निर्धारण गरेको शुल्क वीरगंजका सरकारी प्रयोगशालाले समेत मानेका छैनन् । वीरगंजको…

December 27, 2019  
औषधि खरिदका लागि टेण्डर भएन, पर्साका स्वास्थ्यचौकीहरू औषधिविहीन

लुत्तो निको पार्न औषधि खोज्दै वीरगंज–२५ श्रीसियाको एक सरकारी विद्यालयका शिक्षक सोही वडाको आदर्शचोकस्थित श्रीसिया हेल्थ पोष्टमा बिहीबार जानु भयो । उहाँले स्कावेयल नाम गरेको लुत्तोको औषधि पाउनु भएन । सरकारले स्वास्थ्य चौकीमा निःशुल्क उपलब्ध गराउने ३९ प्रकारको औषधिमध्ये लुत्तोको औषधि पनि एक हो । स्वास्थ्य केन्द्रबाट फर्किनु भएका शिक्षकको…

December 14, 2019  
स्वास्थ्य केन्द्रमा महिला स्वास्थ्यकर्मी नहुँदा साउनदेखि बर्थिङ सेन्टर बन्द

धोबिनी गाउँपालिका–२ भिखमपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा महिला स्वास्थ्यकर्मीको अभाव भएपछि चार महिनादेखि बर्थिङ सेन्टर बन्द छ । प्रसूतिसेवा बन्द भएपछि स्थानीय गर्भवति महिलाहरूलाई समस्या भएको छ । संविधानको मौलिक हक अन्तर्गत धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ  र कसैलाई पनि आकस्मिक स्वास्थ्य…

December 11, 2019  
सामाजिक सुरक्षा भत्ता माग गर्दै सिडिओलाई ज्ञापनपत्र

सिंहदरवारको अधिकार संवैधानिक रूपमा गाउँ–गाउँमा गएपनि स्थानीय नागरिकले अनुभूती भने गर्न पाएका छैनन् । सामाजिक सुरक्षा भत्ता बापतको रकम स्थानीय तहमार्फत ज्येष्ठ नागरिकलगायत लक्षित वगले गाउँमै पाउने व्यवस्था भएपनि जगरनाथपुर गाउँपालिका–२ लक्ष्मीपुरका ज्येष्ठ नागरिकले भने समाजिक सुरक्षा भत्ता माग्दै सदरमुकाममा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । यहाँका ज्येष्ठ…

December 11, 2019  
कोठाभित्रै आमाछोरीको शव फेला, घटनाको अनुसन्धान जारी

वीरगंज मनपा–१२ नयाँ टोलमा मङ्सिर २३ गते साँझ कोठाभित्रै मृत अवस्थामा आमाछोरीको शव फेला परेको छ । नयाँ टोल निवासी मोहन झाको घरमा डेरामा बस्दै आएका आमाछोरीको शव मङ्सिर साँझ सडेको अवस्थामा फेला परेको थियो । घरमा धेरै दुर्गन्ध फैलिएपछि घरबेटी झाले प्रहरीलाई खबर गर्नु भएको थियो । खबर पाउना…

December 11, 2019  
निर्वाचन आचारसहिता उल्लङ्घनको आरोप, सरकारी सवारी साधन नियन्त्रण

सखुवा प्रसौनी गाउँपालिका–५ महुुवनबाट प्रहरीले निर्वाचन आचारसंहिता विपरीत प्रयोग गरिएका पाँच ओटा सरकारी सवारी साधन मङ्सिर ११ गते नियन्त्रणमा लिएको छ । प्रहरी चौकी महुवनले चार ओटा पल्सर मोटरसाइकल र एउटा स्कुटर नियन्त्रणमा लिएको हो । मङ्सिर ११ गते मौन अवधि सुरू हुनुअघि विभिन्न दलले सखुवा प्रसौनी गाउँपालिका–५ मा चुनावी…

November 29, 2019  
मतदातालाई प्रभाव पार्न आयोजना गरिएको भोजभतेर प्रहरीले रोक्यो

सखुवा प्रसौनी गाउँपालिका–५ महुवनमा वडाध्यक्षका लागि मङ्सिर १४ गते हुने उपनिर्वाचनमा मतदातालाई आफ्नो पक्षमा पार्न भइरहेको भोजभतेरलाई सशस्त्र प्रहरी बेसक्याम्प बागेश्वरीले रोकेको छ । उपनिर्वाचनलाई लक्षित गरी निर्वाचन आचारसंहिता जारी गरे पनि सोको प्रतिकूल हुनेगरी समाजवादी पार्टीका समर्थकले भोजभतेर गर्न तयारी गरिरहेको अवस्थामा सशस्त्र प्रहरीका इन्स्पेक्टर राजकुमार महतको कमाण्डमा गएको…

November 23, 2019