वर्षातका कारण जनकपुरको बसहीयास्थित मुसहर बस्तीमा समस्या

लगातारको वर्षातका कारण जनकपुर उपमहानगरपालिका-२४ स्थित बसहीयाका ८० घरमा रहेका मुसहर समस्यामा परेका छन् । शहरी विकास मन्त्रालय अन्तर्गत जनता आवास कार्यक्रमले मुसहर समुदायका घर निर्माण गर्ने भनी उनीहरूको घर भत्काउन लगाइएको थियो । जनता आवास कार्यक्रम अनुसार पक्की घर बनाउन सुरू गरिएपनि महन्थले जिल्ला अदालतमा घर निर्माण कार्य रोक्का…

July 17, 2019  
प्रदेश सरकारबाट कुरीति, कुसंस्कार अन्त्यका कार्यक्रमलाई प्राथमिकता

प्रदेश सरकारले समाजमा विद्यमान रहेका बालविवाह, कथित बोक्सी प्रथा, महिला हिंसा, दहेज प्रथा, छुवाछुत तथा जातीय र वर्गीय विभेद जस्ता सामाजिक कुरीति, कुसंस्कार, अन्धविश्वास तथा कुप्रथाहरूविरूद्ध जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ । असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले प्रदेश सभामा…

June 17, 2019  
महिला तथा बालबालिकाको अधिकारको क्षेत्रमा सशक्तिकरण अभियान सञ्चालन गर्नु पर्छः महासचिव पौडेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का महासचिव रमेशचन्द्र पौडेलले ग्रामीण तहबाट आएको कुरालाई आत्मसात गर्दै बालबालिका र महिला अधिकारको क्षेत्रमा अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको हुँदा सशक्तिकरण अभियान चलाउनु पर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ को आयोजनामा जेठ ३० गते आयोजित नागरिक समाजका प्रतिनिधिबिच भेटघाट…

June 14, 2019  
मानव अधिकार संरक्षण तथा सम्बर्द्धन समन्वय र सहकार्य आवश्यकः महासचिव पौडेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का महासचिव रमेशचन्द्र पौडेलले मानव अधिकार संरक्षण तथा सम्बर्द्धन कार्यमा सबैको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । इन्सेक प्रदेश २ कार्यालयले जेठ २९ गते जनकपुरमा आयोजना गरेको प्रदेश २ को पछिल्लो मानव अधिकार अवस्था बारे आयोजित पत्रकारसँगको भेटघाट तथा छलफल कार्यक्रममा महासचिव पौडेलले…

June 13, 2019  
शक्तिशाली धामी बन्न बालकको बली चढाएको आरोपमा धामी गिरफ्तार

मिथिला नगरपालिका–ढल्केबरमा २ वर्ष ६ महिनाका आर्यन साहलाई बली चढाएर हत्या गरेको आरोपमा प्रहरीले मिथिला नपा–६ ढल्केवरका धामी ५५ वर्षीय शत्रुधन महतोलाई जेठ १५ गते गिरफ्तार गरेको छ । अनुसन्धानका क्रममा महतोले ढल्केबरका शम्भु साहका अढाई वर्षीय छोरा आर्यन साहको वैशाख २४ गते हत्या शक्तिशाली धामी बन्नकै लागि गरेको धनुषाका…

June 1, 2019  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

शरीरमा मटितेल खन्याएरआगो लगाइ पत्नी निर्मला यादवको हत्या गरेको आरोपमा प्रहरीले शहिदनगर नपा–१ चिरैयाका २४ वर्षीय मुकेश गोइत यादवलाई गिरफ्तार गरी वैशाख २६ गते पत्रकार सम्मेलनमार्फत सार्वजानिक गरेको छ । २० वर्षीया निर्मला यादवलाई आरोपितले वैशाख ५ गते मटितेल जिउमा खन्याएर आगो लगाएका थिए । गम्भीर घाइते बनेकी निर्मलाको काठमाडौँ…

May 10, 2019  
घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला

मिथिला नपा–६ ढल्केवरका शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साहलाई हत्या गरिएको अवस्थामा वैशाख २४ गते विहान घर नजिकै बारीमा घाँटी रेटिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका इन्स्पेक्टर सरोज राईले बताएका छन् । वैशाख २३ गते साँझ घरबाट हराएका बालकको शव कसैले हत्या गरी फालिएको अवस्थामा…

May 8, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

शारीरिक रूपमा अशक्त ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–३२ का ३५ वर्षीय फिरोज अलीलाई वैशाख २२ गते गिरफ्तार गरेको छ । बलात्कार घटनाका आरोपित फिरोज र फिरोजलाई साथ दिएको आरोपमा उनका साथी पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–३२ का ३१ वर्षीय तफाजु देवानलाई पनि वैशाख २२ गते…

May 6, 2019  
बलात्कार घटनाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन

बलात्कार घटनाका कारण पीडित भएकी बालिकालाई न्यायको माग गर्दै स्थानीय महिलाहरूले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा वैशाख २२ गते ढुङगामुढा गरेका छन् । प्रदर्शनकारी महिलाहरूको ढुङ्गामुढा प्रहारबाट इलाका प्रहरी कार्यालयको झ्यालका सिसा फुटेको प्रहरीले जनाएको छ । न्यायको माग गर्दै प्रदर्शनमा उत्रेका महिलाहरूले प्रहरी प्रशासन विरूद्ध नारावाजी गर्दै ढुङ्गामुढा गरेपछि प्रहरीले…

May 6, 2019  
परिवारका सदस्यबाट आगो लगाएर घाइते भएकी निर्मलाको उपचारको क्रममा मृत्यु

शहीदनगर नपा–१ पुरवारी टोल चिरैयाकी २० वर्षीया निर्मला यादवको उपचारका क्रममा वैशाख १६ गते मृत्यु भएको छ । २४ वर्षीय पति मुकेश गोइत यादवले निर्मलाको शरीरमा मट्टितेल खन्याएर आगो लगाउँदा घाइते भएकी थिइन् । काठमाडौँको किर्तिपुरस्थित बर्निङ् अस्पतालमा उपचारको क्रममा वैशाख १६ गते निर्मलाको मृत्यु भएको पीडित परिवारले जनाएको छ…

April 30, 2019