जनकपुरमा प्रदेश २ स्तरीय विश्वव्यापी आवधिक समीक्षा बैठक

राष्ट्रिय मानव अधिकार आयोगले जनकपुरमा प्रदेश २ स्तरीय विश्वव्यापी आवधिक समीक्षा बैठक मङ्सिर ६ गते सम्पन्न गरेको छ । समीक्षा बैठकमा प्रदेश २ सरकारका प्रमुख तिलक परियारले प्रदेश २ मा मानव अधिकारको अवस्था कमजोर भएको बताउनुभएको छ । उहाँले संविधानले प्रत्याभुत गरेको मौलिक हक र मानव अधिकारसम्बन्धी अधिकारको रक्षा र…

November 24, 2019  
दाइजोमा मोटरसाइकल नपाएको भन्दै पत्नीको हत्या गरेको पीडित पक्षको आरोप

मिथिला विहारी नपा–३ की २२ वर्षीया कुसुमकुमारी मण्डललाई कुटपिट गरी हत्या गरेको आरोपमा पीडित पक्षले २५ वर्षीय पति प्रकाश मण्डलविरूद्ध प्रहरीमा उजुरी गरेको छ । तर, प्रहरीले उजुरी दर्ता गर्न नमानेको पीडित पक्षको आरोप छ । मङ्सिर ६ गते राति ११ बजेतिर घरायसी विवादका क्रममा कुटपिट गरी कुसुमको हत्या गरेको…

November 23, 2019  
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता गरी कारबाहीको माग गर्दै प्रहरी कार्यालयमा धर्ना

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा हंसपुर नपा–४ का २३ वर्षीय प्रविण कापरलाई गिरफ्तार गरी उजुरी दर्ता गर्न माग गर्दै पीडित परिवारजनले जिल्ला प्रहरी कार्यालयमा मङ्सिर ५ गते धर्ना दिएका छन् । पीडित युवतीलाई आरोपितले कात्तिक २९ गते राति ११ बजे पीडितकै घरमा आएर बलात्कार गरेको पीडित पक्षको आरोप छ…

November 23, 2019  
जनकपुरमा २ हजार ५ सय घरधुरी वर्षौँदेखि खानेपानीको पहुँचबाहिर

जनकपुरधामको रामानन्दचोकमा रहेको खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानीबाट जनकपुरका २ हजार ५ सय घरधुरी वर्षौँदेखि वञ्चित हुँदै आएका छन् । खानेपानी संस्थान कार्यालय जनकपुरको रेकर्ड अनुसार ५ हजार भन्दा बढी घरधुरीमा धारा जडान गरिएको छ तर त्यसमध्ये २ हजार ५ सय घरधुरीमा भने वर्षौँदेखि खानेपानीको एक थोपा पानी समेत…

November 21, 2019  
प्रदेश २ सरकारद्वारा सङ्घीय सरकारविरुद्ध मुद्दा दायर

सङ्घीय सरकारले ल्याएको वन ऐनविरूद्ध प्रदेश २ सरकारले सर्वोच्चमा मङ्सिर २ गते सर्वोच्च अदालतमा रिट दायर गरेको हो । ऐनका अधिकांश दफा संविधानसँग बाझिएको भन्दै प्रदेश २ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मङ्सिर २ गते सर्वोच्चमा रिट दायर गरेको जनाएको छ । प्रदेश २ सरकारले सङ्घीय सरकारविरूद्ध मुद्दा…

November 20, 2019  
प्रतिबन्धित नेकपाका क्षेत्रीय इञ्चार्ज गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका क्षेत्रीय इञ्चार्ज औरही गाउँपालिका–४ का ६० वर्षीय लालबाबु ठाकुरलाई प्रहरीले कात्तिक ३० गते गिरफ्तार गरेको छ । चन्दा सङ्कलन गर्दै गरेको अवस्थामा ठाकुरलाई सशस्त्र प्रहरीले गिरफ्तार गरी नेपाल प्रहरीलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

November 17, 2019  
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी टेलिभिजन सम्वाद कार्यक्रम सम्पन्न

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा टेलिभिजन सम्वाद कार्यक्रम धनुषामा सम्पन्न गरिएको छ । इन्सेक प्रदेश २ को आयोजनामा कात्तिक २९ गते क्षिरेश्वरनाथ नगरपालिकास्थित उद्योग वाणिज्य सङ्घको सभाहलमा सगरमाथा टेलिभिजनको सहकार्यमा सो कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश २ कानुनमैत्री प्रदेश…

November 16, 2019  
प्रदेश २ मा दलित सशक्तिकरण विधेयक पारित

प्रदेश २ को प्रदेश सभा बैठकले दलित सशक्तिकरण विधेयक पारित गरेको छ । झण्डै दुई महिनापछि कात्तिक २५ गते बसेको प्रदेश २ को सभाले दलित सशक्तिकरण विधेयक पारित गरेको हो । ‘विधेयक पारित भएको छ ।’–सामाजिक विकास मन्त्री नवलकिशोर साहले भने–‘प्रदेश प्रमुखबाट प्रमाणिकरण भएसँगै यो कानुन लागू हुनेछ ।’ दलित…

November 13, 2019  
मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका अस्थायी शिक्षक गिरफ्तार

प्रदेश २ मुख्यमन्त्रीको कार्यालयमा कात्तिक १९ गते तालाबन्दी गर्न पुगेका ६० जना शिक्षकलाई प्रहरीले गिरफ्तार गरेको छ । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरूलाई स्थायी गर्न लिएको परीक्षामा असफल भएका ६० जना शिक्षकहरूले प्रदेश २ को मुख्यमन्त्री कार्यालयका कर्मचारीहरूलाई कार्यालय प्रवेशमा अवरोध गर्दै कार्यालयमा तालाबन्दी गर्न खोजेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी…

November 6, 2019  
समाजवादी र कांग्रेस कार्यकर्ताबिच झडप, सात जना घाइते

क्षिरेश्वरनाथ नपा–१० स्थित रमदैयामा नेपाली कांग्रेस र सङ्घीय समाजवादी पार्टीका कार्यकताहरूबिच कात्तिक १३ गते राति झडप हुँदा सात जना घाइते भएका छन् । शुभ विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. ४ द्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान समारोह सकेपछि सामान ओसार्ने क्रममा…

November 1, 2019