छुरा प्रहार गरी देवरानीको हत्या, जेठानीद्वारा आत्महत्याको प्रयास

औरही गाउँपालिका–१ झिटकैयाकी २२ वर्षीया सहानी खातुनलाई असोज २० गते साँझ घरायसी विवादका कारण २६ वर्षीया जेठानी सुनौल खातुनले छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । साँझ घरमा घरायसी विवादको क्रममा देवरानी सहानी खातुनमाथि जेठानी सुनौल खातुनले छुरा प्रहार गरेकी हुन् । घाइते सहानी खातुनको उपचारको क्रममा जनकपुरस्थित…

October 8, 2019  
पाँच ओटा स्थानीय तहका शिक्षकले समयमा तलव पाएनन्

धनुषाका पाँच ओटा स्थानीय तहमा कार्यरत शिक्षकहरूले समयमा तलव, भत्ताको साथै दशैँ खर्च नपाएको दुखेसो पोखेका छन् । लक्ष्मीनियाँ गाउँपालिका, धनौजी गाउँपालिका, क्षिरेश्वरनाथ नगरपालिका, मिथिलाविहारी नगरपालिका, सवैला नगरपालिकाले शिक्षकहरूको तलव, भत्ता र दशैँ खर्च उपलब्ध गराउन सकेको छैन् । क्षिरेश्वरनाथ नगरपालिकामा कार्यरत शिक्षकहरूले साउन, भदौ र असोज महिनाको तलव, भत्ता…

October 5, 2019  
दाइजो तथा बाल विवाहविरूद्ध १ सय दिने अभियान सुरू

दाइजो तथा बाल विवाहविरूद्ध १ सय दिने अभियान भदौ २४ गते जनकपुरमा एक कार्यक्रमको आयोजना गरी सुरू गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय, ओरेक, मिथिला बाल क्लव, जिल्ला युवा सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जाल, जिल्ला प्रहरी कार्यालय र एमनेष्टी इन्टरनेशनललगायतका सङ्घ संस्थाको संयुक्त आयोजनामा…

September 11, 2019  
झडपमा परी घाइते भएका मण्डलको उपचारका क्रममा मृत्यु

हंसपुर नगरपालिकाको केन्द्र सार्ने विषयमा भएको विवादपछि उत्पन्न झडपमा परी घाइते भएका हंसपुर नपा–२ बघचौराका ६७ वर्षीय तपेश्वर मण्डलको उपचारका क्रममा जनकपुर अञ्चल अस्पतालमा भदौ १८ गते राति मृत्यु भएको छ । गत साउन २१ गते कार्यालय सार्न खोज्दा हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डल र उपमेयर रेणुदेवी झाको समूहबिच झडप…

September 6, 2019  
फुटपाथमा नरिवल बेच्ने बालकलाई प्रहरीद्वारा कुटपिट

जनकपुरधामको जानकी चोकस्थित फुटपाथमा नरिवल बेच्ने १६ वर्षीय रोशन चौधरीलाई प्रहरी जवान प्रेमशङ्कर यादवले भदौ १२ गते कुटपिट गरेको पीडित पक्षको आरोप छ । रकम मागेको र नदिएपछि यादवले कुटपिट गरेको पीडित बालकले आरोप लगाए ।   यस्तै, बालकलाई कुटपिट गरेको भिडियो खिचेको आरोपमा युवा अभियन्ता सुशील कर्णलाई समेत प्रहरीले…

August 31, 2019  
शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरको आयोजनामा क्षीरेश्वरनाथ नगरपालिका-६ स्थित माध्यमिक विद्यालय सखुवा बजारमा भदौ १ गते शिक्षाको अधिकारसम्बन्धी शिक्षक, अभिभावक र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । क्षीरेश्वरनाथ नगरपालिकामा कियोस परियोजना अन्तर्गत इन्सेकले गठन गरेको मानव अधिकार निगरानी समूह, नगरपालिका जनप्रतिनिधिहरूले छनौट गरेर मावि सखुवामा…

August 19, 2019  
अढाई वर्षीय बालकलाई बलि दिएको आरोपमा झाँक्री गिरफ्तार

मिथिला नगरपालिका–६ बस्ने सम्भु साहका अढाई वर्षीय छोरा आर्यन साहको अपहरण पश्चात घाँटी रेटेर बलि दिएको आरोपमा प्रहरीले मिथिला नगरपालिका–७ कुसुमबिसौना बस्ने ५५ वर्षीय झाँक्री जङ्गली महतोलाई साउन ३० गते गिरफ्तार गरेको छ । यसअघि गिरफ्तारीमा परेका चेलाले आफू गुरूको कुरामा लागेर बालकलाई बलि दिएको स्वीकार गरिसकेका छन् । प्रहरीका…

August 18, 2019  
विभिन्न कार्यक्रमसहित अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो

“शिक्षामा रुपान्तरण, उधमशिलता र नव प्रवर्तन” भन्ने मुल नाराका साथ सिरहा, रौतहट र धनुषा लगायतका जिल्लामा विभिन्न कार्यक्रमसहित साउन २७ गते अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जिल्लाका सरोकारवाला सङ्घ, संस्थाहरूको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको हो । इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा…

August 14, 2019  
मानव अधिकार निगरानी समूह, जनप्रतिनिधि तथा सरोकारवालाहरुको लागि क्षमता अभिवृद्धि तालिम

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरको आयोजनामा दुई दिने क्षमता अभिवृद्धि तालिम धनुषाको लालगढमा साउन २५ गते सकिएको छ । तालिम साउन २४ गते सुरू गरिएको थियो । क्षीरेश्वरनाथ नगरपालिकामा कियोस परियोजना अन्तर्गत इन्सेकले गठन गरेको मानव अधिकार निगरानी समूह, नगरपालिका जनप्रतिनिधि तथा सरोकारवालाहरू सहभागी तालिममा शिक्षा,…

August 11, 2019  
देशमा नीतिगत सङ्क्रमणकालिन अवस्था भएको हुँदा मानव अधिकारको अवस्था कमजोरः कानुन मन्त्री यादव

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले देशमा नीतिगत सङ्क्रमणकालिन अवस्था भएको हुँदा मानव अधिकारको अवस्था कमजोर भएको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालयद्वारा साउन २३ गते जनकपुरमा आयोजित नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी प्रदेश स्तरीय संवाद कार्यक्रममा मन्त्री यादवले अहिले मुलुकमा नागरिक…

August 9, 2019