बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का १८ वर्षीय प्रभुप्रसाद यादवलाई इलाका प्रहरी कार्यालय लहानले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २ गते बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय लहानमा माघ ३ गते उजुरी दिएको पीडित पक्षले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य…
स्वास्थ्य क्षेत्रमा समस्यै समस्या रहेको गुनासो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा पुस २९ गते राजविराजमा स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नेपालको संविधान, भाग ३ को मौलिक हकअन्तर्गत धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएपनि नागरिकहरू उक्त हकबाट वञ्चित हुनुपरेको र स्वास्थ्यसम्बन्धी समस्यै समस्या रहेको सहभागिहरूले गुनासो गरे । स्वास्थ्य शाखा…
जातीय विभेद घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
कबिलासी नपा–७ का २२ वर्षीय महेश पासवनलाई जातीय विभेद गरेको आरोपमा कबिलासी नपा–८ का ३६ वर्षीय रामपृत ठाकुरविरुद्ध पीडितले इलाका प्रहरी कार्यलय हरिपुरमा दिएको उजुरी पुस २७ गते दर्ता भएको छ । ठाकुरले जातीय विभेद र अपमान गरी धम्की दिएको भन्दै न्यायको लागि इलाका प्रहरी कार्यालय हरिपुरमा पुस २० गते…
कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार
मिर्चैया नपा–९ की ५९ वर्षीया बासु चौधरीलाई कथित बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४५ वर्षीय जतन चौधरीलाई पुस २७ गते गिरफ्तार गरेको छ । स्थानीय बिसुनदेव चौधरीको हृदयघातले मृत्यु भएपछि पुस २४ गते आरोपितलगायत ४० वर्षीया हरिहर चौधरी, २८ वर्षीय अजित चौधरी, ३५ वर्षीय किसुन चौधरी…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
१४ वर्षीया बालिकालाई पुस २१ गते बलात्कार गरेको आरोपमा लहान नपा–१६ का ३५ वर्षीय दिपक सदाविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा पुस २७ गते उजुरी दिएको छ । आफूले उजुरी गर्ने प्रकृया थाहा नपाउँदा गाउँमै कुरा राख्दा वडा अध्यक्षले प्रहरमिा जाने सल्लाह दिएपछि प्रहरीमा उजुरी गर्न आएको पीडित बालिकाकी…
शिक्षाका सरोकारवालाबिच अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुस २७ गते विष्णुपुर गाउँपालिकास्थित जनता माध्यमिक विद्यालयमा शिक्षाको अधिकारबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेकद्वारा गठित बिष्णुपुर गाउँपालिकास्तरीय मानव अधिकार निगरानी समूहको सहकार्यमा शिक्षक, अभिभावक र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागीहरूले एक अर्कालाई दोष देखाउनु भन्दा पनि शिक्षासँग…
चक्रघट्टा गाउँपालिकामा नेकपा र कांग्रेसका कार्यकर्ताबिच झडप, सात जना घाइते
नेपाल कम्युनिष्ट पार्टी (प्रचण्डनेपाल समूह) का कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताबिच पुस २६ गते झडप हुँदा सात जना घाइते भएका छन् । चक्रघट्टा गाउँपालिका अध्यक्ष विक्रम यादव पक्षले चक्रघट्टा गाउँपालिका–६ गोहियाहीका ६१ वर्षीय रामजिनिस साहलाई कुटपिट गरेको विषयमा दुई पक्षबिच झडप भएको हो । झडपका क्रममा दुई पक्षबिच ढुङ्गा हानहान…
विद्यार्थीहरूले तालाबन्दी गरेपछि बरकुर्वामा १६ दिनदेखि पठनपाठन बन्द
चन्द्रनगर गाउँपालिका–३ बरकुर्वास्थित श्री राम आधारभूत विद्यालयमा आन्दोलित विद्यार्थीहरूद्वारा पुस ९ गतेदेखि तालाबन्दी गरिएको छ । विद्यालय बन्द हुँदा १६ दिनदेखि विद्यालयको पठनपाठन ठप्प रहेको छ । विद्यालयमा व्यापक राजनीतिक चलखेलका कारणले भौतिक संरचना, शौचालय, खानेपानी, डेस्कबेञ्च, सरसफाईको अभावमा विद्यालयको कक्षा कोठा तथा मैदान फोहोर र दुर्गन्धित भएको भन्दै विद्यालयमा…
स्वास्थ्यको अधिकारबारे अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुस २६ गते सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा स्वास्थ्य अधिकार विषयमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकाको दुई ओटा वडामा बर्थिङ्ग सेन्टर सञ्चालन भएपनि डाक्टर उपलब्ध नहुने, औषधि अभाव हुने जस्ता समस्या रहेको स्थानीयको गुनासो छ । गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले इन्सेकको परियोजनाले…
बलात्कार घटनाका आरोपित विरुद्ध प्रहरीमा उजुरी
१५ वर्षीया बालिकालाई पुस २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इश्वरपुर नपा–११ रामनगर बस्ने २६ वर्षीय राहुलकुमार महतोविरुद्ध इलाका प्रहरी कार्यालय केशरगंजमा पुस २६ गते उजुरी दिएको छ । बलात्कार घटनाका आरोपित महतोविरुद्ध इलाका प्रहरी कार्यालय केशरगंजमा लिखित उजुरी दिएको पीडित बालिकाको बुवाले बताउनु भयो । घटनाका आरोपित महतो…