स्वास्थ्य चौकी भवन नहुँदा उपचारमा समस्या
छथर ओख्रे गाविसमा स्वास्थ्य चौकीको भवन नहुँदा उपचारमा समस्या हुँदै आएको छ । दक्षिणी क्षेत्रमा रहेको जिल्लाकै ठूलो गाविसमा रहेको स्वास्थ्य चौकीको भवन नहुँदा बिरामीहरूको उपचारमा समस्या हुँदै आएको हो । स्वास्थ्य चौकीको भवन नहुँदा बिरामी भएर आउने बिरामीहरूलाई उपचार गराउन समस्या हुने गरेको स्वास्थ्य चौकीका अहेब तेजबहादुर भण्डारीले बताए…
बलात्कार प्रयास गरेको ठहर गर्दै पाँच वर्षकैदको फैसला
चार वर्षीया बालिका बलात्कारको प्रयास गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका खाँबु-६ का ४८ वर्षीय विरबहादुर मगरलाई जिल्ला अदालतले भदौ २० गते पाँच वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश राजकुमार कोइरालाको इजालासले मगरलाई यस्तो आदेश दिएको हो । मगरले ०७१ चैत १६ गते बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा पीडितका अभिभावकले…
मानव बेचविखन तथा ओसारपसार विरूद्धको दिवस मनाइयो
तेह्रथुममा आयोजित एक कार्यक्रमका सहभागीहरूले सामाजिक सञ्जाल फेसबुकले गर्दा पछिल्लो समय मानव बेचविखनका धेरै घटना हुने गरेको औंल्याएका छन् । फेसबुकमार्फत चिनजान भएकै कारण केही महिलाहरू दलालसम्म पुग्ने गरेको कार्यक्रमका सहभागीहरूले बताएका हुन् । मानव बेचविखन तथा ओसारपसार विरूद्धको दशौं राष्ट्रिय दिवसको अवसरमा भदौ १९ गते म्याङलुङ्मा आयोजित कार्यक्रममा महिला…
दरबन्दीका डाक्टर नहुँदा उपचार सेवा प्रभावित
जिल्ला अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा उपचार सेवा प्रभावित बन्दै आएको छ । विशेषज्ञसहित १४ जना दरबन्दी रहेको अस्पतालमा दुई जना चिकित्सक मात्र उपस्थित हुँदा बिरामीको उपचार प्रभावित बनेको हो । अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट तथा जनरलिष्ट अधिकृत डा. विष्णुबहादुर बस्नेत र मेडिकल अधिकृत डा. विशालकुमार देव मात्र रहेको अस्पताल प्रशासनले जनाएको…
बहुविवाह गरेको आरोपमा उजुरी
भोजपुर नपा-३ की २३ वर्षीया सुनिता सुवेदीले २६ वर्षीय पति लिलाबहादुर सुवेदीले बहुविवाह गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा भदौ १८ गते उजुरी दिएकी छन् । पीडित महिलाका अनुसार लिलाबहादुरले भोजपुरकी २४ वर्षीया सीमा राईसँग भदौ ९ गते बहुविवाह गरेको भन्दै कारबाहीको माग गर्दै उजुरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय…
महिला कैदीबन्दीलाई दर खुवाइयो
इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगर र महिला सञ्जाल सुनसरीको संयुक्त आयोजनामा विराटनगरस्थित कारागारका महिला कैदीबन्दीलाई भदौ १७ गते तिजको दर खुवाइएको छ । महिला बन्दी गृहमा गएर ६६ जना महिलाहरूलाई दर खुवाउनुका साथै सृङ्गारका सामान र सेनेटरी प्याड प्रदान गरिएको महिला सञ्जाल सुनसरीकी अध्यक्ष लक्ष्मी गौतमले जानकारी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय बालकालाई प्रहरीले भदौ १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई भदौ २ गते बलात्कार गरेको आरोपमा भदौ १२ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय हलेसीमा उजुरी दिएको थियो । उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका…
कैदीद्वारा जेलभित्रै आत्महत्या
जिल्ला कारागार इलाममा कैद सजाय भुक्तान गरिरहेका इलाम नपा-४ का ३५ वर्षीय राजकुमार खाती भदौ १६ गते बिहान कारगारमै झुण्डिई मृत अवस्थामा फेला परेका छन् । प्रहरीले खातीले झुण्डिएर आत्महत्या गरेको जनाएको छ । चोरी मुद्दामा जेल सजाय भुक्तान गर्दै आएका खातीलाई बिहान शौचालयको भेन्टिलेशनमा डोरी लगाएर झुण्डिएको अवस्थामा मृत…
बलात्कार घटनाका आरोपितविरूद्ध मुद्दा दर्ता
एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चानुवा गाविस-२ का ४० वर्षीय जितबहादुर रसाईलीविरूद्ध प्रहरीले भदौ १४ गते जिल्ला अदालत धनकुटामा मुद्दा दायर गरेको छ । पीडितकी आमाले भदौ १३ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपितविरूद्ध जिल्ला अदालतमा जबरजस्ती करणी अन्तरगतको मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी…
बलात्कार गरेको ठहर गर्दै १६ वर्षकैदको सजाय
१२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका सुलुबुङ् गाविस-२ का २२ वर्षीय सुरेन भन्ने सुरेन्द्र राईलाई जिल्ला अदालतले १६ वर्षकैद सजायको फैसला सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले मुलुकी ऐन जबरजस्ती करणी महलको १, ३ (२) र ३ (क) नम्बर बमोजिम कसुर गरेको ठहर गर्दै…