चिर्पट प्रहार गरी घाइते बनाएको आरोपमा जेठाजु गिरफ्तार
सिदिन गाविस-९ की २५ वर्षीया सङ्गीता राई मगरलाई चिर्पट प्रहार गरी घाइते बनाएको आरोपमा असोज २८ गते उनका ४० वर्षीय जेठाजु दिपेन्द्र मगरलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज २८ गते टाउकोमा चिर्पट प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरी चौकी सिदिनमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
एक नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इटहहरी उमनपा-५ का २५ वर्षीय सुमन कार्कीलाई इलाका प्रहरी कार्यालय इटहरीले असोज २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले असोज २१ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएका थिए ।…
इन्सेकको पहलमा दैवी प्रकोप पीडितलाई सहयोग प्रदान
इन्सेक पाँचथरको पहलमा दैवी प्रकोपमा परेका ३३ जनालाई असोज २१ गते २ लाख ४४ हजार रुपियाँ सहयोग प्रदान गरिएको छ । फाक्तेप गाविस-१ स्थायी ठेगाना भई हाल दक्षिण कोरियामा कार्यरत भीमराज चेम्जोङको संयोजनमा १ सय नौ जना नेपालीहरूवाट सङ्कलित उक्त रकम २०७२/०७३ मा आगलागीबाट पीडित भएका परिवारका सदस्यलाई प्रदान गरिएको…
साङ्लोमा बाँधिएका मानसिक रोगीको उद्धारपछि उपचार सुरु
सुनसरी मधेली-८ का ३५ वर्षीय मोहम्मद सकिल र औरावनी-८ का २२ वर्षीय अमितकुमार साहुलाई इन्सेकलगायतका सङ्घसंस्थाको संयुक्त पहलमा उद्धार गरी उपचार सुरु गरिएको छ । मानसिक रोगी उनीहरुलाई परिवारले लामो समयदेखि साङ्लोमा बाँधेर राखेको थियो । इन्सेक क्षेत्रीय कार्यालय विराटनगर, राष्ट्रिय मानव अधिकार आयोग, कोकनलगायतका संस्थाको संयुक्त पहलमा विगत चार…
सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ हुँदा लक्षित वर्ग मर्कामा
समयमा निकासा नहुँदा जिल्लामा सामाजिक सुरक्षाकोष भत्ता वितरणमा ढिलाई भएपछि सेवाग्राही मर्कामा परेका छन् । घटस्थापना आउनु १५ दिनु अगावै वितरण गरिसक्नु पर्ने भएपनि जिल्ला विकास समितिले समयमा बजेट निकासा नगरेपछि वितरणमा ढिलाई हुँदा सेवाग्राही मर्कामा परेका हुन् । एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता, दलितलगायत लक्षित वर्गले पाउनुपर्ने सामाजिक सुरक्षा…
सामाजिक सुरक्षा भत्ता नपाउँदा दशैं मनाउन कठिन हुने गुनासो
तेह्रथुम जिल्लामा लक्षित समुदायका व्यक्तिहरूले सामाजिक सुरक्षा भत्ता नपाएपछि दशैं मनाउन कठिन हुने गुनासो गरेका छन् । स्थानीय ज्येष्ठ नागरिकले आफूहरूलाई समयमै रकम नदिँदा इच्छा लागेका सामान नै किन्न नपाएको र त्यसले दशैंको उत्साहमा समेत असर पारेको बताएका हुन् । सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समुदाय अन्तर्गत ज्येष्ठ नागरिक, एकल…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले खावा-५ धाराखामका २४ वर्षीय युसन राईलाई असोज १६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई असोज १० गते युसन र सोही ठाउँका २२ वर्षीय सुनिलहाङ राई र २० वर्षीय शिवराज राईले बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले असोज ११ गते प्रहरीमा उजुरी…
घरेलु हिंसाका उजुरी दर्ता गरेर अनुसन्धान गर्न आयोगको निर्देशन
घरेलु हिंसाका उजुरी दर्ता गरेर प्रभावकारी अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङले असोज १५ गते प्रहरीलाई निर्देशन दिएको छ । आयोगमा परेका दुई उजुरीमा प्रहरीले जाहेरी नलिएको भन्ने गुनासो आएकाले आयोगले दर्ता गरेर अनुसन्धान थाल्न निर्देशन दिएको हो । उपभोक्ताको अधिकार अवस्थाबारे अनुगमन गर्न ओखलढुङ्गा आएको आयोगको…
उपभोक्ता अधिकारबारे आयोगद्वारा अनुगमन
राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङको टोलीले ओखलढुङ्गामा उपभोक्ता अधिकारको अवस्थाबारे असोज १४ गते अनुगमन गरेको छ । उपभोक्ताको अधिकार अन्तर्गत खाद्य पदार्थको उपलब्धता, राज्यले प्रवाह गर्ने सेवा, यातायात सेवा, अत्यावश्यक बस्तु तथा सेवाको अवस्थाका बारेमा अनुगमन गरेको हो । अनुगमन टोलीसँग यातायातको समस्या देखाएर उपभोक्ता ठगी गर्ने क्रम…
बाढी प्रभावितहरूको अवस्था अनुगमन गर्न आयोगको टोली मोरङमा
मोरङमा रहेका बाढी प्रभावितहरूको अवस्था तथा सीमा क्षेत्रको मानव अधिकाको विषयमा राष्ट्रिय मानव अधिकार आयोगको टोलीले असोज १३ गते अनुगमन गरेको छ । आयोगका सदस्यहरू मोहना अन्सारी, गोविन्द शर्मा पौडेल, मानव अधिकार अधिकृतहरू बासुदेव बजगाईं र श्यामबाबु काफ्ले, आयोगका पूर्वाञ्चल क्षेत्रीय कार्यालयका उप निर्देशक झङ्कर रावलसहितको टोलीले मोरङको बाढी प्रभावित…