यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
दश वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शान्तिडाँडा-८ का २८ वर्षीय कुलबहादुर लामगादेलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस १० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका अभिभावकले पुस १० गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको…
पतिको कुटाइबाट गम्भीर घाइते भएकी महिलाको उपचारमा समस्या
भलायडाँडा गाविस-३ की २३ वर्षीया सरिता मोतेलाई कुटपिट गरी २५ वर्षीय पति जीवन मोते फरार भएपछि उपचारमा समस्या भएको छ । पीडित महिलालाई आरोपितले गाँजा सेवन गरेर पुस १ गते दाउराले कुटपिट गरी आरोपित फरार भएपछि उपचारमा समस्या भएको हो । टाउकोमा गम्भीर चोट लागेकी सरिताको उपचारमा आर्थिक अभाव भएको…
जन्मदर्ताको अधिकारबाट वञ्चित हुँदा पढाइ प्रभावित
आफ्नो जन्म दर्ता नभएका कारण इलाम सदरमुकामस्थित आदर्श आधारभूत विद्यालयको कक्षा ८ मा अध्ययनरत तीन जना छात्र-छात्राको पढाइ प्रभावित भएको छ । विद्यालयले रजिष्ट्रेशन फारम भर्न जन्मदर्ता अनिवार्य चाहिने भनेपछि जन्मदर्ता नभएका कक्षा ८ मा अध्ययनरत प्रिया श्रेष्ठ, मनिषा लिम्बू र विशाल राईको पढाइ प्रभावित भएको हो । आफ्ना बावुलाई…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
भलायडाँडा-९ ध्वाँसेकी २६ वर्षीया शोभा सदालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४८ वर्षीय पति पुकन सदालाई पुस ६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई पुस ५ गते मदिरा सेवन गरी घर पुगेका आरोपितले कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमबहादुर रानाले जानकारी दिए । घटनाको भोलिपल्ट…
बालिका बलात्कार गरेको ठहरसहित १० वर्षकैदको फैसला
आठ वर्षीया बालिकालाई बलात्कार गरेको ठहरमा थुकिमा-४ का २० वर्षीय भाटे भनिने बुद्धवीर लिम्बूलाई पुस ५ गते जिल्ला अदालतले १० वर्षजेल सजायको फैसला गरेको छ । न्यायाधीश अशोककुमार बस्नेतको इजलासले पीडित बालिकालाई ५० हजार रुपियाँ क्षतिपूर्ति भराउनसमेत फैसला गरेको अदालतका श्रेष्तेदार गोपालप्रसाद थापाले जानकारी दिए । पीडित बालिकालाई आरोपितले गत…
बलात्कार गरेको ठहरमा आठ वर्षकैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै रामधुनीभासी नपा-६ का २४ वर्षीय शम्भु ऋषिदेव मुसहरलाई सुनसरी जिल्ला अदालतले पुस ५ गते आठ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश भरत लम्सालको इजलासले मुसहरलाई आठ वर्षकैद र १ लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत सुनसरीले जनाएको छ । पीडित बालिकालाई…
इन्सेक र जागरणको सहकार्यमा सञ्चालित परियोजना सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जागरण नेपालले सुनसरीमा संयुक्त रूपमा सञ्चालन गरेको नेपालमा विभेद गरिएका समूहको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रवर्धनकालागि मानव अधिकार रक्षक तथा नागरिक समाजको सुदृढीकरण परियोजनाको पुस ६ गते एक कार्यक्रम गरी सम्पन्न भएको जानकारी दिइएको छ । दुई वर्षसम्म सुनसरीका चार ओटा गाविसमा सञ्चालित…
शान्ति निर्माणमा भूमिका खेलेको भन्दै शान्ति समितिद्वारा इन्सेक सम्मानित
जिल्लामा सशस्त्र द्वन्द्वको समय र हालसम्म मानव अधिकार र शान्ति निर्माण प्रक्रिया महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा स्थानीय शान्ति समिति झापाले इन्सेक झापालाई पुस ४ गते एक समारोहकाबिच सम्मान गरेको छ । शान्ति समिति झापाको सभा कक्षमा भएको कार्यक्रममा जिल्ला प्रतिनिधिलाई सम्मान पत्र र खादा ओढाएर समितिका संयोजक सुर्य नारायण गणेशले…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकासँग विवाह गर्न लागेको आरोपमा लालिगुराँस नपा-९ का २७ वर्षीय दिपु लिम्बू र लालिगुराँस नपा-११ की ३९ वर्षीया निर्मला लिम्बूलाई प्रहरीले पुस ३ गते लसुनेबाट गिरफ्तार गरेको छ । आरोपित निर्मला लिम्बूले उनका आफन्त दिपु र पीडित बालिकाको विवाह पुस ३ गते गर्ने गरी तयारी गरेका थिए ।…
वार्षिक पूर्व समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले प्रकाशन गर्दै आएको मानव अधिकार वर्षपुस्तकको नयाँ अङ्क २०१७ का लागि सुनसरीमा सङ्कलित घटनाबारे मङ्सिर २८ गते सदरमुकाम इनरुवामा प्रकाशन पूर्व समीक्षा सम्पन्न गरेको छ । पूर्व समीक्षा कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनले बालिका बलात्कारका घटनामा बृद्धि भएको देखाएको छ । प्रतिवेदन अनुसार सन् २०१६ जनवरीदेखि डिसेम्बरसम्ममा…