बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गररेको आरोपमा प्रहरीले रुपाकोट मजुवागढी-५ का २१ वर्षीय  सञ्जीव मग्रातीलाई साउन २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २४ गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले साउन २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार…

August 13, 2017  
चिया मजदुरलाई सरकारले तोकेको भन्दा कम ज्याला

इलामका चिया मजदुरहरूले नेपाल सरकारले तोकेको ज्याला भन्दा कम ज्यालामा अहिले पनि काम गरिरहनु परेको गुनासो गरेका छन् । मजदुरहरूले वर्षौंदेखि राजपत्रमा प्रकाशित गरिएभन्दा कम ज्यालामै काम गर्न बाध्य हुनुपरेको गुनासो गरेका हुन् । सरकारी स्वामित्वमा रहेका इलाम, कन्याम, सोक्तिम र चिलिमकोट चिया बगानमा कार्यरत मजदुरहरूले ज्याला पाए वापतको आफूहरूले…

August 11, 2017  
बलात्कार गरेको कसुरमा पाँच वर्षजेल सजायको फैसला

२४ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा सर्लाही जिल्ला हरिवन गाविस-९ का २४ वर्षीय गणेश भनिने ज्ञानबहादुर कार्कीलाई जिल्ला अदालतले साउन २६ गते पाँच वर्षजेल र पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ । न्यायधीश राजकुमार कोइरालाको इजालासले कार्कीलाई जेल सजायसँगै पीडितको हकमा क्षतिपूर्ति उपलब्ध गराउने फैसला सुनाएको…

August 11, 2017  
बलात्कार घटनाका अरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम माइ नगरपालिका-८ का २७ वर्षीय गुरूप्रकाश रिमाललाई साउन २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ८ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले साउन १२ गते प्रहरीमा उजुरी दिएका थिए । घटना लगत्तै फरार रहेका रिमाललाई माइ नगरपालिकाबाटै गिरफ्तार गरिएको…

August 6, 2017  
बलात्कार घटनाका आरोपित आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले षडानन्द नगरपालिका-७ केउरेनीपानीका ३२ वर्षीय मेघराज श्रेष्ठलाई साउन २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १४ गते बलात्कार गरेको घटनामा षडानन्दा नगरपालिकाका मेयर विरवल राईसहित बसेर ६० हजार रुपियाँ पीडित बालिकालाई दिएर गाउँमै मिलाइएको बताइएको छ । सुरुमा बलात्कार गरेको…

August 5, 2017  
वडा सचिवमाथि हातपात भएकोमा भत्सर्ना, कारबाहीको माग

रामप्रसाद राई गाउँपालिका-२ धोदलेखानीका वडा सचिव सुदिप ढकालमाथि वडा अध्यक्षका प्रत्यासी पुस्कल राईले हातपात गरेकोमा वडा सचिव हकहित संरक्षण मञ्चले भत्सर्ना गर्दै आरोपितलाई कारबाही गर्न मञ्चले माग गरेको छ । कार्यकक्षमा जिम्मेवारी बहन गरिरहेको अवस्थामा नेपाली काङ्ग्रेसबाट वडा अध्यक्षका प्रत्यासी बनेका राईले साउन ८ गते अपमानजनक रूपमा गालीगलौज गर्दै हातपात…

August 5, 2017  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भोजपुर नगरपालिका-६ देउरालीकी ४६ वर्षीया अम्बिका श्रेष्ठ राईलाई लाठीले कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४७ वर्षीय पति नारदमनी राईलाई साउन २० गते गिरफ्तार गरेको छ । आरोपितले पत्नीलाई साउन १८ गते कुटपीट गरी हत्या गरेको आरोपमा प्रहरीमा उजुरी परेको थियो । मृतक अम्बिकाको शरीरमा निल, डाम रहेको प्रहरीले जनाएको…

August 4, 2017  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले सूर्योदय नगरपालिका-१० का ३३ वर्षीय प्रेमविनोद साह र उनकी कान्छी पत्नी २५ वर्षीया भगवती कार्की साहलाई साउन १७ गते गिरफ्तार गरेको छ । साहकी ३१ वर्षीय जेठी पत्नी पूजा साहले आरोपितद्वयविरुद्ध बहुविवाह गरेको भन्दै कारबाहीका लागि साउन ९ गते इलाका प्रहरी कार्यालय पशुपतिनगरमा उजुरी दिएकी थिइन्…

August 1, 2017  
आप्रवासी कामदारको मानव अधिकार संरक्षण प्रमुख मुद्दाः सदस्य पाठक

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले आप्रवासी कामदारको मानव अधिकार संरक्षण प्रमुख मुद्दा भएको बताएका छन् । १ नं. प्रदेश स्तरीय आप्रवासी कामदारहरूको मानव अधिकारसम्बन्धी क्षेत्रीय सम्मेलनलाई उद्घाटन गर्दै सदस्य पाठकले आप्रवासी कामदारको मानव अधिकार सङ्कटमा रहेको बताए । १ नं. प्रदेशका १३ जिल्लाका प्रहरी तथा प्रशासकीय अधिकृत, मानव…

July 31, 2017  
तलाक दिन नमान्दा कुटिएकी महिला सेफ हाउसमा

दुहवी नपा-८ की २६ वर्षीया सैरा खातुनलाई तलाक दिन नमानेको भन्दै साउन १३ गते सोही वडाका वडाध्यक्ष ४५ वर्षीय मेहदी हुसैनको रोहवरमा १२ घण्टा इँटा बोकाएर यातना दिइएको छ । साथै उनीमाथि कुटपिट समेत भएको पीडित पक्षले आरोप लगाएको छ । कुटपिटबाट गम्भीर घाइते भएकी खातुनको इनरुवा अस्पतालको एकद्वार सङ्कट…

July 31, 2017