सार्वजनिक सुनुवाइमा सेवाको गुणस्तर सुधार गर्ने सिद्धिचरण नगरपालिकाको प्रतिबद्धता
सिद्धिचरण नपा-४ रूम्जाटारमा नगरपालिकाले प्रवाह गरेको सेवा र पुनः निर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न माघ १७ गते भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सिद्धिचरण नगरपालिकासँगको सहकार्यमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाले सुशासन, पारदर्शिता र जबाफदेहिता अभिबृद्धि गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको हो ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
एक महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत ताप्लेजुङबाट १ वर्ष कैदको फैसला सुनाइएका फक्ताङलुङ गाउँपालिका-४ का २६ वर्षीय सविन मावोहाङ लिम्बुलाई माघ १६ गते प्रहरीले गिरफ्तार गरेको छ । लिम्बुलाई माघ १७ गते कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । २०७० सालमा जिल्ला अदालतबाट बलात्कार अभियोगमा फैसला…
जिल्ला अस्पतालमा निःशुल्क औषधि सकिँदै
सरकारले सर्वसाधारणका लागि उपलब्ध गराउँदै आएको निःशुल्क औषधि सकिएपछि जिल्ला अस्पताल इलामले अहिले ३० प्रकारका मात्र औषधि उपलब्ध गराउन थालेको छ । ७० प्रकारका औषधि निःशुल्क दिने भनिएपनि बजेट अभावमा अस्पतालले बिरामीहरूलाई ३० प्रकारका औषधि दिन थालेको जिल्ला अस्पतालकी सूचना अधिकारी रिता अधिकारीले बताइन् । जिल्ला अस्पताललाई २५ शैयाबाट स्तरबृद्धि…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा–५ पाण्डपुरकी ५२ वर्षीया दोमनी दनुवारलाई माघ चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय पति ईश्वर दनुवारलाई गिरफ्तार गरेको राससले जनाएको छ । मादक पदार्थ सेवन गरेका ईश्वरले बलिरहेको चिर्पटले प्रहार गर्दा दोमनीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले हतुवागढी गाउँपालिका-६ होम्ताङका १८ वर्षीय कृष्ण राईलाई माघ १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले राखेको यौन प्रस्ताव नमानेपछि माघ १४ गते बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित पक्षले घटना भएकै दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित…
प्रहरीको कुटपिटबाट एक बालक घाइते
बिर्तामोड नपा-४ का १४ वर्षीय सन्दिप प्रसाईलाई प्रहरीले कुटपिट गर्दा गम्भीर घाइते भएका छन् । पीडित बालकको उपचार बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा भइरहेको छ । घटना विवरण अनुसार माघ ११ गते राति ९ बजे साथिको घरबाट आई आफ्नो घरको गेटबाट पस्नै लाग्दा मोटरसाइकलमा आएका सादा पोशाकका प्रहरीहरूले गिरफ्तार गरेर इलाका प्रहरी…
आठ वर्षीया बालिकाको शव फेला, बलात्कारपछि हत्या गरेको आशङ्का
आठ वर्षीया बालिकाको शव फेला परेको छ । रूपाकोट मझुवागढी नगरपालिका-१० पाथेकाका नौमणी राईकी आठ वर्षीया छोरी लुमणीको शव चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा माघ १० गते फेला परेको हो । माघ १० गते दिउँसोदेखि हराएकी बालिकाको खोजी गर्ने क्रममा हत्या गरेर घर नजिकैको खोलाको बगरमा गाडिएको अवस्थामा शव फेला…
बलात्कार गरेको कसुरमा १४ वर्ष कैदको फैसला
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका चुलाचुली गाउँपालिका-२ का ६२ वर्षीय विर्खध्वज श्रेष्ठलाई जिल्ला अदालतले माघ ९ गते १४ वर्ष कैद सजाय सुनाएको छ । न्यायधीश इन्द्रकुमार चोङ्गटेन्लीको इजलासले श्रेष्ठविरूद्ध मुलुकी ऐन जबरजस्ती करणी महलको ३ (१) बमोजिम १० वर्ष कैद र हाडनाता करणी २ (१)…
३८ दिन देखिको निरन्तर आन्दोलन जारी, दैनिक उपभोग्य वस्तुको अभाव
प्रदेश नम्बर १ को राजधानी धनकुटालाई बनाउनुपर्ने माग राख्दै गरिएको ३८ दिनदेखिको आन्दोलनका कारण धनकुटामा दैनिक उपभोग्य वस्तुको अभाव भएको छ भने जनजीवन प्रभावित बनेको छ । चरणबद्ध रूपमा चल्दै आएको आन्दोलनका कारण दैनिक उपभोग्य वस्तुको बाहिरबाट आपूर्ति हुन नसक्दा अहिले बजारमा ग्याँस, पेट्रोल, चामल, सागसब्जीलगायतका उपभोग्य सामग्रीको अभाव हुन…
धारिलो हतियार प्रहार गरी पत्नीको हत्या, आरोपित गिरफ्तार
अर्जुनधारा नपा-१ की १७ वर्षीया योनिता लिम्वू गहतेलाई माघ ६ गते साँझ २३ वर्षीय पति दिनेश गहतेले धारिलो हतियारले घाँटीमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । आरोपितलाई प्रहरीले माघ ६ गते नै गिरफ्तार गरी अनुसन्धान सुरू गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए । पति…