मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षाका लागि सुझाव सङ्कलन

मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) का लागि सुझाव सङ्कलन गर्ने उद्धेश्यले माघ २४ गते विराटनगरमा प्रदेशस्तरीय कार्यशाला सम्पन्न भएको छ । युपीआरका लागि गैरसरकारी संस्थाको राष्ट्रिय सञ्जालको सचिवालय इन्सेक, महिला सञ्जालको सचिवालय ओरेक, डर्बान रिभ्यू कन्फरेन्स फलोअप कमिटी र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) को संयुक्त आयोजनामा सम्पन्न…

February 13, 2018  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई ५५ वर्षीय बावुले बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले माघ २० गते इलाका प्रहरी कार्यालय बसन्तपुरमा उजुरी दिएकी छन् । झड्केली छोरीलाई बुवाले गत भदौदेखि पटकपटक बलत्कार गरेको भन्दै पीडित बालिकाकी आमाले आरोपितलाई हदैसम्मको कानुनी कारवाही गरिपाउँ भनी प्रहरीमा उजुरी दिएको पीडित पक्षले जनायो । आरोपित फरार…

February 7, 2018  
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माघ २२ गते तुम्बेवा गाउँपालिका-३ का १८ वर्षीय भीम भनिने मनकुमार सम्बाहाम्फे विरूद्ध जिल्ला प्रहरी कार्याल्यमा उजुरी दर्ता भएको छ । पीडितका आफन्तले दिएको उजुरी दर्ता गरिएको सो कार्यालयका इन्स्पेक्टर विज्ञान बस्नेतले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २१ गते जिल्ला अस्पताल पाँचथरमा…

February 7, 2018  
बलात्कारको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै महिला समूहद्वारा प्रदर्शन

बलात्कारको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै माघ २३ गते इटहरी २० का महिला समूह र विभिन्न सङ्घसंस्थाले इटहरी उमनपा-२० तरहरा बजारमा प्रदर्शन गरेका छन् । संयुक्त महिला सञ्जालको अगुवाईमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागीतामा 'प्ले कार्ड' बोकेका सहभागीले वडा कार्यालय र प्रहरी चौकी तरहरा पुगेर दोषीलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका…

February 7, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोलुङ गाउँपालिका-२ का ४० वर्षीय सवबहादुर विकलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७४ असोज २० गते फकाएर विवाह गरिदिन्छु भनी बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका…

February 6, 2018  
सार्वजनिक सुनुवाइमा सेवाको गुणस्तर सुधार गर्ने सिद्धिचरण नगरपालिकाको प्रतिबद्धता

सिद्धिचरण नपा-४ रूम्जाटारमा नगरपालिकाले प्रवाह गरेको सेवा र पुनः निर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न माघ १७ गते भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सिद्धिचरण नगरपालिकासँगको सहकार्यमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाले सुशासन, पारदर्शिता र जबाफदेहिता अभिबृद्धि गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको हो ।…

February 1, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

एक महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत ताप्लेजुङबाट १ वर्ष कैदको फैसला सुनाइएका फक्ताङलुङ गाउँपालिका-४ का २६ वर्षीय सविन मावोहाङ लिम्बुलाई माघ १६ गते प्रहरीले गिरफ्तार गरेको छ । लिम्बुलाई माघ १७ गते कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । २०७० सालमा जिल्ला अदालतबाट बलात्कार अभियोगमा फैसला…

January 31, 2018  
जिल्ला अस्पतालमा निःशुल्क औषधि सकिँदै

सरकारले सर्वसाधारणका लागि उपलब्ध गराउँदै आएको निःशुल्क औषधि सकिएपछि जिल्ला अस्पताल इलामले अहिले ३० प्रकारका मात्र औषधि उपलब्ध गराउन थालेको छ । ७० प्रकारका औषधि निःशुल्क दिने भनिएपनि बजेट अभावमा अस्पतालले बिरामीहरूलाई ३० प्रकारका औषधि दिन थालेको जिल्ला अस्पतालकी सूचना अधिकारी रिता अधिकारीले बताइन् । जिल्ला अस्पताललाई २५ शैयाबाट स्तरबृद्धि…

January 31, 2018  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

अर्जुनधारा–५ पाण्डपुरकी ५२ वर्षीया दोमनी दनुवारलाई माघ चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय पति ईश्वर दनुवारलाई गिरफ्तार गरेको राससले जनाएको छ । मादक पदार्थ सेवन गरेका ईश्वरले बलिरहेको चिर्पटले प्रहार गर्दा दोमनीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

January 30, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले हतुवागढी गाउँपालिका-६ होम्ताङका १८ वर्षीय कृष्ण राईलाई माघ १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले राखेको यौन प्रस्ताव नमानेपछि माघ १४ गते बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित पक्षले घटना भएकै दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित…

January 29, 2018