गर्भवती महिला ६ महिनादेखि दाम्लोमा

त्रियुगा नपा-५ भातिखर्ककी २२ वर्षीया सृजना कार्की (खड्का) उपचार अभावमा ६ महिनादेखि दाम्लोमा बाँधिएर बस्न बाध्य भएकी छन् । मानसिक रोग लागेकी खड्का ८ महिनाको गर्भ लिएर दाम्लोमा बाँधिएकी हुन् । गर्भवती भएको दुई महिनामा पति बेपत्ता भएको र माइती पक्षलेसमेत चासो नदिएपछि उनी बिचल्लीमा परेकी हुन् । पतिले छाडेपछि…

August 10, 2016  
पहिलो त्रैमासिक परीक्षा सकिँदासमेत विद्यार्थीले पाठ्यपुस्तक पाएनन्

जनक शिक्षा सामग्री केन्द्रको लापरबाहीका कारण धनकुटा नपा-७ चुलिवनस्थित त्रिवेणी उच्चमाविमा अध्ययनरत कक्षा-९ का विद्यार्थीहरूले पहिलो त्रैमासिक परीक्षा सकिँदासमेत पुरै पाठ्यपुस्तक पाउन सकेका छैनन् । सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले पहिलो त्रैमासिक परीक्षा पुस्तकबिना नै दिएको बताएका छन् । ऐच्छिक विषयको रूपमा सो विद्यालयमा जनसङ्ख्या शिक्षा विषय पठनपाठन हुने गर्दछ ।…

August 10, 2016  
यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार

१५ वर्षीय एक बालिकामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा चुलाचुली गाविस-७ का ५६ वर्षीय मनिकुमार भन्ने लाभे राईलाई प्रहरीले १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई साउन १३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले साउन १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । घटना लगतै फरार रहेका…

August 6, 2016  
बलात्कार घटनाका आरोपित गिरफ्तार

एक २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुर नपा-१ भैंसीपङ्खाका ३३ वर्षीय हर्कपाल विकलाई साउन ७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई असार ३० गते बलात्कार गरेको भनी सोही दिन प्रहरीमा उजुरी दिइएको थियो । उजुरीपछि फरार रहेका हर्कपाललाई विशेष सुराकीको आधारमा घरैदेखि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय…

July 22, 2016