नागरिकका आवश्यकता पुरा गर्नु राज्यको दायित्व होः सरोकारवाला

नयाँ संविधान अनुसार तीन तहको निर्वाचन भएर सरकार गठन प्रक्रिया चलिरहेका बेला संविधानले व्यवस्था गरे अनुसारका नागरिकका आवश्यकता पुरा गर्नु राज्यको दायित्व भएको एक कार्यक्रममा सहभागी सरोकारवालाहरूले जोड दिएका छन् । जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना अन्तर्गत पुस २८ गते सूर्योदय नगरपालिकाको पञ्चकन्यामा सम्पन्न सेवा प्रदायक र सेवाग्राहीबिचको अन्तरक्रिया…

January 12, 2018  
भुकम्पले भत्किएका विद्यालय पुनः निर्माण नहुँदा पठनपाठनमा समस्या

भुकम्पबाट भत्किएका अधिकांश विद्यालयहरू पुनःनिर्माण भएका छैनन् । पूर्ण र आंशिक रूपमा भत्किएका विद्यालयहरूको पुनःनिर्माण नहुँदा लेकाली भेगका विद्यालयमा पठनपाठन प्रभावित भएको छ । विद्यालय भत्किएपछि अस्थायी टहरामा कक्षा सञ्चालन गरे पनि चिसोका कारण कक्षा सञ्चालन गर्न कठिनाइ भएको पात्ले माविका शिक्षक लाक्पा शेर्पाले बताए । जिल्लाका अधिकांश भत्किएका विद्यालयहरू…

January 12, 2018  
वडा सचिव नहुँदा दैनिक कामकाजमा समस्या

जन्तेढुङ्गा गाउँपालिकाका सबै वडामा वडा सचिव नहुँदा दैनिक कामकाज सञ्चालन गर्न समस्या भएको छ । ६ ओटा वडा रहेको गाउँपालिकामा कार्यरत सबै सचिव सरूवा भएर अन्यत्र गएपछि गाउँपालिका नै सचिवविहीन भएको हो । जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङमा कार्यरत एक मात्र वडा सचिव शम्भु आचार्य सोलुखुम्बु सरूवा भएपछि सिङ्गो गाउँपालिका सचिवविहिन बन्न…

January 12, 2018  
परिचयपत्र नहुँदा अपाङ्गता भएका बालबालिका छात्रवृत्तिबाट वञ्चित

अपाङ्गता भएका बालबालिकाहरूको परिचय-पत्र नहुँदा सरकारले वर्षेनी प्रदान गर्ने छात्रवृत्तिको रकम लिनबाट वञ्चित हुने गरेका छन् । चालु शैक्षिक सत्र ०७४ का लागि सरकारले २ सय ५० जना विद्यार्थीका लागि ४६ लाख ४१ हजार रुपियाँ पठाएको छ । यसमध्ये ३६ लाख ३ हजार रुपियाँ भने अपाङ्गता भएका बालबालिकाकालागि छात्रवृत्तिमा मात्रै…

January 9, 2018  
बलात्कार गरेको कसुरमा पाचँ वर्षकैदको फैसला

३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका चिचिला गाउँपालिका-५ का ६४ वर्षीय कविर विश्वकर्मालाई जिल्ला अदालत सङ्खुवासभाले पुस २४ गते ५ वर्षकैद सजायको फैसला सुनाएको छ । न्यायाधीश प्रकाश राउतको इजलासले कसुर ठहर गर्दै ५ वर्षकैदको फैसला सुनाएको अदालतका श्रेष्तेदार राजन बास्तोलाले जानकारी दिए । पीडित महिलालाई…

January 9, 2018  
नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको सम्पादन भेला सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशन गर्न लागेको नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ को सम्पादन भेला पुस २४ गतेदेखि विराटनगरमा सुरू भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा प्रदेश नम्बर १ का १४ र प्रदेश नम्बर २ का दुई ओटा (साविक पूर्वाञ्चलका) गरी १६ जिल्लाका…

January 9, 2018  
बहुविवाह गरेको कसुरमा एक-एक वर्षकैदको फैसला

बहुविवाहको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सूर्योदय नगरपालिका-१० का ३३ वर्षीय प्रेमविनोद साह र उनकी कान्छी पत्नी २५ वर्षीया भगवती कार्कीविरुद्ध जिल्ला अदालतले एक/एक वर्षकैद सजाय सुनाएको छ । न्यायाधीश इन्द्रकुमार चोङ्गटेलीको इजलाशले पुस २३ गते उनीहरूविरूद्ध जनही एक वर्षकैदसहित जनही १० हजार रुपियाँ जरिबानाको सजाय सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर…

January 7, 2018  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ऐंसेलुखर्क गाउँपालिका-५ महेश्वरीका ४३ वर्षीय खेमराज वनलाई पुस २२ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले पुस १७ गते बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ । घटनापछि पीडित युवतीले पुस १८ गते इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कमा उजुरी दिएकी थिइन् । उजुरीको…

January 7, 2018  
सेवाग्राही र सेवाप्रदायकबिच अन्तरक्रिया

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा पुस २३ गते मोरङको जहदा गाउँपालिकामा सेवा प्रदायक र सेवाग्राही विच अन्तरक्रिया सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना (इएलपी) अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको विषयका सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया गरिएको हो…

January 7, 2018  
'भूकम्प पीडितले पहिलो किस्ता अनुदान पाउन कति वर्षकुर्नु पर्छ सरकार?'

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-९, माधवपुरकी कुलकुमारी विश्वकर्माको घर ०७२ वैशाख १२ कै भुकम्पले भत्काइदियो । कुलकुमारीको घर अनुगमनमा गएका प्राविधिकहरूले पूर्ण क्षतिको सूचीमा पनि दर्ता गरिदिए । उनले पुनःनिर्माणका लागि पाउनुपर्ने कागजात बनाएर सोही कागजको आधारमा योजना सम्झौता पनि गरिन् । बिडम्बना अहिलेसम्म उनले पहिलो किस्ता बापतको रकम पाएकी छैनन् ।…

January 6, 2018