इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा ०७३ चैत १ गते जिल्ला परियोजना सल्लाहकार समितिको बैठक तथा अनुभव आदानप्रदान कार्यक्रम सुनसरी सदरमुकाम इनरुवामा सम्पन्न भएको छ । इन्सेकद्वारा सुनसरीको इनरुवा नपा-७ र गढी गाउँपालिका-२ साविक चाँदवेला र औरावनी गाविसमा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने (इएलपी) कार्यक्रम र…

March 14, 2017  
१७ वर्षदेखि साङ्लोमा बाँधिएका मानसिक रोगीको उद्धार

१७ वर्षदेखि साङ्लोमा बाँधिएका मानसिक रोगी राजगढ गाउँपालिका-८ का लिलाप्रसाद चौलागाईंको चैत १ गते इन्सेक प्रतिनिधिसहित सरकारी तथा गैरसरकारी टोलीले उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरेको छ । सञ्चारमाध्यममा १७ वर्षदेखि साङ्लोमा बाँधिएको घटना तीन दिन अघि सार्वजनिक भए लगत्तै स्थानीय प्रशासनसमेतको सहयोगमा पीडितको उद्धार गरिएको हो । उद्धार…

March 14, 2017  
बलात्कार गरेको कसुरमा आठ वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सोयाक-१ का १९ वर्षीय प्रेमबहादुर राईविरुद्ध जिल्ला अदालतले आठ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले चैत १ गते राईविरुद्ध मुलुकी ऐन जबरजस्तीकरणी महलको १ नम्बर बमोजिम कसुर ठहर गर्दै सोही महलको ३(२) नम्बर बमोजिम आठ वर्षकैदको फैसला सुनाएको हो । राई…

March 14, 2017  
सुस्त मनस्थितिका युवक सत्र वर्षदेखि साङ्लोमा

हरेक आमाबुबाको इच्छा र चाहना हुन्छ आफ्ना सन्तान ठूला बनुन्, धेरै पढुन्, धेरै पैसा कमाउन्, देशको सेवा गरुन्, आफ्नो र आफ्नो परिवारको इज्जत धानुन् अनि बुढेसकालमा आफूहरूलाई सहारा दिउन् । तर, झापा राजगढ-८ निवासी एक महिलाको जीवनमा आफूले चाहेको भन्दा ठीक विपरीत भएको राससले जनाएको छ । विसं २०५४ मा…

March 13, 2017  
मान्छेको मानसिकतामा परिवर्तन ल्याउनसके हिंसा न्यूनीकरणः अन्सारी

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले मान्छेको मानसिकतामा परिवर्तन ल्याउन सके मात्रै महिला विरूद्धका हिंसामा कमी आउने बताएकी छन् । १ सय ७ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा फागुन २७ गते विराटनगरमा राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको महिला हिंसा विरूद्धको अधिकार विषयक क्षेत्रीय सम्मेलनमा उनले समाजमा भएका गलत…

March 10, 2017  
सप्तरी घटनाका घाइतेको उपचारको क्रममा मृत्यु, मृतकको सङ्ख्या पाँच

सप्तरीको बसविट्टी गाविस-५ मा फागुन २३ गते मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर घाइते जमुनी मधेपुरा गाविस-२ का ५७ वर्षीय इनर यादवको उपचारका क्रममा फागुन २७ गते दिउँसो मृत्यु भएको छ । यादवको मृत्युसँगै उक्त घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । यसअघि…

March 10, 2017  
सप्तरीमा गोली लागि घाइते भएका एकको उपचारका क्रममा मृत्यु

सप्तरीको राजविराजमा फागुन २३ गते प्रहरीको गोली लागेर घाइते भएका मलेठ गाविस-२ का ३८ वर्षीय विरेन्द्रकुमार महतोको उपचारका क्रममा फागुन २५ गते मृत्यु भएको छ । पेटमा गोली लागेका उनको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । उपचारका क्रममा बिहान पौने ९ बजे विरेन्द्रको मृत्यु…

March 8, 2017  
सप्तरी घटनाका घाइतेको उपचार हुँदै

सप्तरीको राजविराजमा फागुन २३ गते प्रहरीको गोली लागेर घाइते ६ जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । राजविराजमा फागुन २३ गते नेकपा एमालेले गरेको आमसभाविरुद्ध प्रदर्शनमा उत्रेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच झडप भएको थियो झडपमा प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु र ६ जना…

March 7, 2017  
बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा पुर्पक्षका लागि थुनामा रहेका माइपोखरी-३ का १८ वर्षीय सुमन राईलाई जिल्ला अदालतले फागुन २४ गते पाँच वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले मुलुकी ऐन जबरजस्तीकरणी महलको १, ३ (४) नम्बर बमोजिम कसुर ठहर गर्दै सोही महलको ३ (४) नम्बर बमोजिम पाँच…

March 7, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बरबोटे-१ इलामका ५६ वर्षीय दुर्गाप्रसाद घिमिरेलाई फागुन २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन १६ गते बलात्कार गरेको भन्दै पीडित बालिकाले तत्कालै प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए । पीडित…

March 5, 2017