पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भलायडाँडा-९ ध्वाँसेकी २६ वर्षीया शोभा सदालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४८ वर्षीय पति पुकन सदालाई पुस ६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई पुस ५ गते मदिरा सेवन गरी घर पुगेका आरोपितले कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमबहादुर रानाले जानकारी दिए । घटनाको भोलिपल्ट…

December 22, 2016  
बालिका बलात्कार गरेको ठहरसहित १० वर्षकैदको फैसला

आठ वर्षीया बालिकालाई बलात्कार गरेको ठहरमा थुकिमा-४ का २० वर्षीय भाटे भनिने बुद्धवीर लिम्बूलाई पुस ५ गते जिल्ला अदालतले १० वर्षजेल सजायको फैसला गरेको छ । न्यायाधीश अशोककुमार बस्नेतको इजलासले पीडित बालिकालाई ५० हजार रुपियाँ क्षतिपूर्ति भराउनसमेत फैसला गरेको अदालतका श्रेष्तेदार गोपालप्रसाद थापाले जानकारी दिए । पीडित बालिकालाई आरोपितले गत…

December 21, 2016  
बलात्कार गरेको ठहरमा आठ वर्षकैदको फैसला 

१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै रामधुनीभासी नपा-६ का २४ वर्षीय शम्भु ऋषिदेव मुसहरलाई सुनसरी जिल्ला अदालतले पुस ५ गते आठ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश भरत लम्सालको इजलासले मुसहरलाई आठ वर्षकैद र १ लाख रुपियाँ क्षतिपूर्ति  भराउने फैसला गरेको जिल्ला अदालत सुनसरीले जनाएको छ । पीडित बालिकालाई…

December 21, 2016  
इन्सेक र जागरणको सहकार्यमा सञ्चालित परियोजना सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जागरण नेपालले सुनसरीमा संयुक्त रूपमा सञ्चालन गरेको नेपालमा विभेद गरिएका समूहको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रवर्धनकालागि मानव अधिकार रक्षक तथा नागरिक समाजको सुदृढीकरण परियोजनाको पुस ६ गते एक कार्यक्रम गरी सम्पन्न भएको जानकारी दिइएको छ । दुई वर्षसम्म सुनसरीका चार ओटा गाविसमा सञ्चालित…

December 21, 2016  
शान्ति निर्माणमा भूमिका खेलेको भन्दै शान्ति समितिद्वारा इन्सेक सम्मानित

जिल्लामा सशस्त्र द्वन्द्वको समय र हालसम्म मानव अधिकार र शान्ति निर्माण प्रक्रिया महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा स्थानीय शान्ति समिति झापाले इन्सेक झापालाई पुस ४ गते एक समारोहकाबिच सम्मान गरेको छ । शान्ति समिति झापाको सभा कक्षमा भएको कार्यक्रममा जिल्ला प्रतिनिधिलाई सम्मान पत्र र खादा ओढाएर समितिका संयोजक सुर्य नारायण गणेशले…

December 19, 2016  
बालविवाह घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकासँग विवाह गर्न लागेको आरोपमा लालिगुराँस नपा-९ का २७ वर्षीय दिपु लिम्बू र लालिगुराँस नपा-११ की ३९ वर्षीया निर्मला लिम्बूलाई प्रहरीले पुस ३ गते लसुनेबाट गिरफ्तार गरेको छ । आरोपित निर्मला लिम्बूले उनका आफन्त दिपु र पीडित बालिकाको विवाह पुस ३ गते गर्ने गरी तयारी गरेका थिए ।…

December 19, 2016  
वार्षिक पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले प्रकाशन गर्दै आएको मानव अधिकार वर्षपुस्तकको नयाँ अङ्क २०१७ का लागि सुनसरीमा सङ्कलित घटनाबारे मङ्सिर २८ गते सदरमुकाम इनरुवामा प्रकाशन पूर्व समीक्षा सम्पन्न गरेको छ । पूर्व समीक्षा कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनले बालिका बलात्कारका घटनामा बृद्धि भएको देखाएको छ । प्रतिवेदन अनुसार सन् २०१६ जनवरीदेखि डिसेम्बरसम्ममा…

December 13, 2016  
अज्ञात समूहको गोली प्रहारबाट महिलाको हत्या

अज्ञात समूहको गोली प्रहारबाट जलथल गाविस-३ की ३१ वर्षीया अनिता मेचेको मङ्सिर २७ गते मृत्यु भएको छ । घटना विवरण अनुसार जलथल-३ का चार जना महिलाहरू दाउरा खोज्नको लागि स्थानीय चारकोसे जङ्गलमा दिउँसो २ बजे गएकोमा एक्कासी मेचेको देब्रे कोखामा गोली लागेको थियो । गोली लागेर घाइते भएकी पीडित महिलालाई…

December 13, 2016  
पत्रकार दुर्व्यवहार घटनामा मिलापत्र

गाउँले मासिकका प्रधान सम्पादक ३० वर्षीय भद्रगोल किराती भनिने मनोज कुमार राईमाथि मङ्सिर २७ गते फिदिम बजारमा प्रेमवाद अनुयायीहरूले दुर्व्यवहार गरेको घटनामा प्रहरीले मिलापत्र गराएको छ । सोताङ गाविस-४ सोलुखुम्बु जिल्ला स्थायी ठेगाना भएका किराती अहिले काठमाडौँ बसेर पत्रकारिता गर्छन् । नेपाल पत्रकार महासङ्घका साधारण सदस्य रहेका किरातीले फिदिम नपा-१…

December 13, 2016  
खोटाङमा पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा खोटाङ जिल्लामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व मङ्सिर २७ गते समीक्षा गरिएको छ । कार्याक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजकुमार कार्कीले विगतका वर्षहरूमा पनि घटना धेरै हुने गरेता पनि चेतनाको पहुँच नभकाले पीडित न्यायिक निकायसम्म पुग्न नसकी…

December 12, 2016