बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला

बहुविवाह गरेको कसुरमा डागिहाट-५ का २७ वर्षीय भिमबहादुर बस्नेत र १८ वर्षीया पुजा थापा बस्नेतलाई जिल्ला अदालत मोरङले वैशाख ७ गते जनही एक वर्षको कैद फैसला सुनाएको छ । न्यायाधीश पुष्पराज थपलियाको इजलासले कैदसँगै जनही पाँच/पाच हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत मोरङका श्रेष्तेदार नवराज दुलालले बताए ।…

April 20, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चुलाचुली गाउँपालिका-५ का ३० वर्षीय राजमान भनिने राजु लिम्बूलाई वैशाख ७ गते गिरफ्तार गरेको छ ।   पीडित बालिकालाई आरोपितले ०७३ चैत २६ गते बलात्कार गरेको भन्दै कारबाहीका लागि चैत २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।   पीडित पक्षको उजुरीका…

April 20, 2017  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले ४१ वर्षीय बावुविरुद्ध जिल्ला प्रहरी कार्यालयमा वैशाख ५ गते 'हाडनाता करणी'सम्बन्धी उजुरी दर्ता गरेको छ । पीडित पक्षले वैशाख ४ गते दिएको उजुरी ५ गते दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नकुल पोख्रेलले जानकारी दिए । पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गर्ने…

April 19, 2017  
मोर्चाद्वारा मसाल जुलुस प्रदर्शन

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा वैशाख ५ गते विराटनगरमा मसाल जुलुस प्रदर्शन गरेको छ । सोही क्रममा प्रहरी र मोर्चाका कार्यकर्ताबिच सामान्य झडपसमेत भएको थियो । स्थानीय संसारीमाई स्थानमा भेला भएर मोर्चाका कार्यकर्ताहरूले निर्वाचन बहिष्कार गर्न आह्वान गर्दै नारा लगाउँदै मसाल जुलुस प्रदर्शन गरेका थिए । प्रदर्शनमा रहेका मोर्चा कार्यकर्ताहरूको मसाल…

April 19, 2017  
मानव बेचविखन गरेको कसुरमा पाँच बर्षकैदको फैसला

२९ वर्षीया महिलालाई बेचबिखन गरेको कसुरमा जिल्ला अदालत मोरङले वैशाख ५ गते बेलवारी-११ का ३४ वर्षीय योगेश भनिने बासुदेव राई र इटहरी-६ का ३१ वर्षीय कैलाश पोखरेललाई जनही पाँच-पाँच वर्षको कैद सजाय सुनाएको छ । कैद सजायसँगै उनीहरूलाई जनही २५ हजार क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत मोरङका श्रेष्तेदार नवराज…

April 18, 2017  
विष्फोटबाट दुई जना बालक घाइते

हिल्लिहाङ गाउँपालिका-७ स्थित जङ्गलको ओडारमा वैशाख ४ गते विष्फोटक पदार्थ विष्फोट हुँदा स्थानीय १५ वर्षीया लक्ष्मी राई र १७ वर्षीय सुजन राई घाइते भएका छन् । बाख्रा चराउन गएको बेला ओडारमा आगो बालेपछि उक्त विष्फोटक पदार्थ विष्फोट भई उनीहरू घाइते भएका हुन् । पेट र गोडामा चोट लागेका घाइतेद्वयको वैशाख…

April 18, 2017  
गुणस्तरीय शिक्षाका लागि सरोकारवाला सचेत हुनुपर्छः सरोकारवाला

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्ला शिक्षा कार्यालय मोरङ तथा अन्य सरोकारवालाहरूबिच चैत ३१ गते विराटनगरमा शिक्षा अधिकारका सवाल र सरोकारवालाहरूको अनुभूति विषयक अन्तरक्रिया सम्पन्न भएको छ । इन्सेक क्षेत्रीय कार्यालय विराटनगर र मानव अधिकार निगरानी समूह मोरङको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सहभागीहरूले सामुदायिक विद्यालय…

April 13, 2017  
निर्वाचनको माहोल राम्रो बन्दै आएको प्रमुख निर्वाचन आयुक्तको भनाइ

प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले राजनीतिक स्थिति विस्तारै अनुकूल बन्दै आएकाले निर्वाचनको माहोलसमेत राम्रो बनिरहेको अवस्थामा मधेसी मोर्चालेसमेत निर्वाचनमा भाग लिने बताएका छन् । निर्वाचन आयोगले विराटनगरमा चैत ३१ गते सञ्चालन गरेको निर्वाचन अधिकृतहरूको प्रशिक्षण कार्यक्रममा उनले खासखास जिल्लामा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको भएपनि उनीहरूले दल दर्ता र…

April 13, 2017  
अनुगमन संयन्त्र कमजोर बन्दा एकाधिकार बढेको स्थानीयको गुनासो

अनुगमन संयन्त्र जबाफदेही बन्न नसक्दा मनपरितन्त्र मौलाएको इन्सेकले चैत २९ गाईघाटमा आयोजना गरेको सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रमका सहभागिहरूले बताएका छन् । इन्सेकले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत आयोजित जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले अनुगमन र कार्यान्वयनको जिम्मेवारी पाएका सरकारी निकाय नै उदासिन…

April 12, 2017  
कृषकको समस्या समाधान गर्न पहल गर्ने सरोकारवालाको प्रतिबद्धता

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्ला कृषि  विकास कार्यालय मोरङमा चैत ३० गते सरोकारवालाहरूबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । मानव अधिकार निगरानी समूह मोरङले आयोजना गरेको कार्यक्रमका सहभागिहरूले मल, विउ, नपाउने, कृषि ऋणमा पहुँच नहुनु, परम्परागत खेती प्रणालीलाई आधुनिक बनाउने जस्ता कुरामा किसान अझै…

April 12, 2017