आठ वर्षीया बालिकाको शव फेला, बलात्कारपछि हत्या गरेको आशङ्का

आठ वर्षीया बालिकाको शव फेला परेको छ । रूपाकोट मझुवागढी नगरपालिका-१० पाथेकाका नौमणी राईकी आठ वर्षीया छोरी लुमणीको शव चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा माघ १० गते फेला परेको हो । माघ १० गते दिउँसोदेखि हराएकी बालिकाको खोजी गर्ने क्रममा हत्या गरेर घर नजिकैको खोलाको बगरमा गाडिएको अवस्थामा शव फेला…

January 26, 2018  
बलात्कार गरेको कसुरमा १४ वर्ष कैदको फैसला

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका चुलाचुली गाउँपालिका-२ का ६२ वर्षीय विर्खध्वज श्रेष्ठलाई जिल्ला अदालतले माघ ९ गते १४ वर्ष कैद सजाय सुनाएको छ । न्यायधीश इन्द्रकुमार चोङ्गटेन्लीको इजलासले श्रेष्ठविरूद्ध मुलुकी ऐन जबरजस्ती करणी महलको ३ (१) बमोजिम १० वर्ष कैद र हाडनाता करणी २ (१)…

January 23, 2018  
३८ दिन देखिको निरन्तर आन्दोलन जारी, दैनिक उपभोग्य वस्तुको अभाव

प्रदेश नम्बर १ को राजधानी धनकुटालाई बनाउनुपर्ने माग राख्दै गरिएको ३८ दिनदेखिको आन्दोलनका कारण धनकुटामा दैनिक उपभोग्य वस्तुको अभाव भएको छ भने जनजीवन प्रभावित बनेको छ । चरणबद्ध रूपमा चल्दै आएको आन्दोलनका कारण दैनिक उपभोग्य वस्तुको बाहिरबाट आपूर्ति हुन नसक्दा अहिले बजारमा ग्याँस, पेट्रोल, चामल, सागसब्जीलगायतका उपभोग्य सामग्रीको अभाव हुन…

January 22, 2018  
धारिलो हतियार प्रहार गरी पत्नीको हत्या, आरोपित गिरफ्तार

अर्जुनधारा नपा-१ की १७ वर्षीया योनिता लिम्वू गहतेलाई माघ ६ गते साँझ २३ वर्षीय पति दिनेश गहतेले धारिलो हतियारले घाँटीमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । आरोपितलाई प्रहरीले माघ ६ गते नै गिरफ्तार गरी अनुसन्धान सुरू गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए । पति…

January 21, 2018  
बेवारिसे वम विष्फोट हुँदा एक जना घाइते

मोरङको ग्रामथान गाउँपालिकामा माघ ४ गते वम विष्फोट हुँदा एक जना घाइते भएका छन ।  ग्रामथान-६ खोरियाटोलका दुर्गाबहादुर रोक्काको खेतमा बेवारिसे वम विष्फोट हुँदा उनका १८ वर्षीय छोरा एकराज रोक्का घाइते भएका हुन् । घाइतेको अनुहार र मुखमा चोट लागेको र दुई ओटा दाँत भाँचिएकोले उनको उपचार विराटनगर स्थित नोबेल…

January 18, 2018  
आन्दोलनकारीद्वारा दुई ओटा सरकारी कार्यालयमा आगजनी

सरकारले प्रदेश नम्बर १ को राजधानी विराटनगर तोकेको विरोधमा उत्रिएका धनकुटाबासीले माघ ४ गते दुई ओटा सरकारी कार्यालयमा आगजनी गरेका छन् भने तीन ओटा कार्यालयमा तोडफोड गरेका छन् । प्रदेश नम्बर १ को अस्थायी राजधानी धनकुटालाई तोक्नु पर्ने माग राख्दै ३४ दिनदेखि आन्दोलनमा उत्रिएका धनकुटाबासीले देउवा सरकारले बुधवार विराटनगरलाई अस्थायी…

January 18, 2018  
प्रहरी र प्रदशनकारीबिचको झडपमा दुई जना घाइते

धनकुटालाई एक नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबिच माघ ३ गते झडप हुदाँ दुई जना घाइते भएका छन् । क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा तालाबन्दी गर्ने क्रममा झडप हुँदा धनकुटा नपा-६ का ३६ वर्षीय जेसिज श्रेष्ठ र ३४ वर्षीय अजित पाख्रिन घाइते भएको आन्दोलन परिचालन समितिका…

January 17, 2018  
महाकुलुङ गाउँपालिकामा २ सय विद्यार्थी अचानक बिरामी

महाकुलुङ गाउँपालिका-२ बुङस्थित पेल्माङ आधारभुत विद्यालयमा अध्ययनरत २ सय भन्दा बढी बालबालिका अचानक एकैसाथ बिरामी भएपछि महाकुलुङ गाउँपालिकाबासी त्रसित बनेका छन् । माघ १ गते एक/दुई जनालाई सामान्य रूघाखोकीको लक्षण देखिएपनि माघ २ गतेसम्ममा २ सय भन्दा बढी बालबालिका प्रभावित भएपछि अभिभावकहरू त्रसित बनेका हुन् । प्राथमिक स्वास्थ्य केन्द्र सोताङबाट…

January 17, 2018  
औषधि खरिद गर्न अलमल, स्वस्थ्य सस्थामा रितिदै औषधि

जनप्रतिनिधि र स्वास्थ्यकर्मीबिच समन्वय हुन नसक्दा स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा पुर्‍याउनुपर्ने औषधि अझै खरिद हुन सकेको छैन । केन्द्र सरकारले औषधि व्यवस्था गर्न बजेट स्थानीय तहलाई पठाएको भए पनि राज्यको नयाँ संरचनाको कार्यान्वयनमा अलमल हुँदा पूर्वाधार विकासमा मात्र होइन औषधि खरिद समेत रोकिएको छ । अहिलेसम्म जिल्ला अस्पतालसमेत सबै…

January 12, 2018  
नागरिकका आवश्यकता पुरा गर्नु राज्यको दायित्व होः सरोकारवाला

नयाँ संविधान अनुसार तीन तहको निर्वाचन भएर सरकार गठन प्रक्रिया चलिरहेका बेला संविधानले व्यवस्था गरे अनुसारका नागरिकका आवश्यकता पुरा गर्नु राज्यको दायित्व भएको एक कार्यक्रममा सहभागी सरोकारवालाहरूले जोड दिएका छन् । जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना अन्तर्गत पुस २८ गते सूर्योदय नगरपालिकाको पञ्चकन्यामा सम्पन्न सेवा प्रदायक र सेवाग्राहीबिचको अन्तरक्रिया…

January 12, 2018