एम्बुस विष्फोटनमा उम्मेदवार घाइते, घाइतेलाई थप उपचारका लागि काठमाडौँ लाने तयारी

नेपाली काङ्ग्रेस उदयपुरका उम्मेदवार नारायण कार्कीलाई लक्षित गरी अज्ञात समूहले मङ्सिर १३ गते बिहान थापेको एम्बुस पडकँदा उम्मेदवारसहित चार जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका-६ नेपालटार बजारमा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्न जाँदै गरेका प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ का काङ्ग्रेसका उम्मेदवार कार्कीलाई लक्षित गरी सोही वडाको दनुवारबेसीमा थापिएको एम्बुस विष्फोट…

November 29, 2017  
राजनीतिक दलहरूद्वारा निर्वाचन आचारसंहिताको उल्लङ्घन

निर्वाचनको मिति नजिकिएसँगै ठूला राजनीतिक दलहरूद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने क्रम बढेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन कार्य धनकुटा बजार भन्दा पनि ग्रामीण क्षेत्रका बजारहरूमा बढी भएको पाइएको छ । गएको स्थानीय तहको निर्वाचनको तुलनामा दलहरूले निर्वाचन उल्लङ्घनका कार्य कम मात्रामा गरेपनि ग्रामीण क्षेत्रमा रहेका बजारहरूमा व्यापक रूपमा पाइएको छ…

November 28, 2017  
निर्वाचन विरोधी गतिविधिमा संलग्न तीन गिरफ्तार

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले मङ्सिर ११ गते तीन जनालाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा इलाम नगरपालिका-६ का चुडामणी घिमिरे, सूर्योदय नगरपालिका-२ का सुमित खत्री, भारत जलपाइगुडीका सुभाष तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालयका एसपी विपिन कर्माचार्यका अनुसार प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रहेर…

November 27, 2017  
आचारसंहिता विपरीत राखिएका झण्डा र व्यानर हटाइयो

विभिन्न राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत मोरङको विभिन्न स्थानमा राखेको प्रचार सामग्री निर्वाचन कार्यालयले हटाउन सुरू गरेको छ । मङ्सिर ११ गते केरावारी गाउँपालिका, बेलवारी, पथरीलगायतका स्थानमा राखिएका प्रचार सामग्री हटाइएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिएसँगै दलका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता विपरीत प्रचार सामग्रीको प्रयोग गरेका…

November 27, 2017  
मोरङका दुई ठाउँमा आठ ओटा बम फेला

पहिलो चरणको प्रतिनिधि र प्रदेश सभा निर्वाचन सकिएको भोलिपल्ट मङ्सिर ११ गते मोरङका दुई ठाउँमा आठ ओटा बम फेला परेका छन् । विराटनगर महानगरपालिका र केरावारी गाउँपालिकामा बम फेला परेका हुन् । विराटनगर-४ स्थित हाम्रो अस्पताल प्रा.ली नजिकै फेला पारिएको सुतली बम सेनाको बम डिस्पोजल टोलीले दिउँसो डिस्पोज गरेको छ…

November 27, 2017  
खोटाङमा स्थगित मतदान पुनः सुचारु

द्रिरुङ गाउँपालिका-७ टेम्मास्थित शान्ति मावि केन्द्रमा एकै व्यक्तिले धेरै जनाको मतदान गरेको विषयमा उत्पन्न विवादपछि स्थगित गरिएको मतदान पुनः सुचारू भएको छ । लोकतान्त्रिक र वाम गठबन्धनका कार्यकर्ताबिचमा भएको विवादले झडपको रूप लिएपछि स्थगित भएको मतदान प्रक्रिया दलीय सहमतिपछि सुचारू गरिएको हो । लोकतान्त्रिक गठबन्धनका एक कार्यकर्ताले दुईभन्दा बढी मतदाताको…

November 26, 2017  
दीप प्रज्वलन गरेर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान प्रारम्भ

लैङ्गिक हिसा विरुद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर ९ गते साँझ विराटनगरमा दीप प्रज्वलन गरिएको छ । 'लैङ्गिक हिंसा अन्त्यका लागि सबै जुटौँ, कोही नछुटौँ' भन्ने नाराका साथ यस वर्ष १६ दिने अभियान सुरू गरिएको हो । हरेक वर्ष नोबेम्बर २५ देखि डिसेम्बर १० सम्म यो अभियान सञ्चालन गर्ने गरिएको…

November 25, 2017  
 नेपाली काङ्ग्रेस र वाम गठबन्धनका कार्यकर्ताबिच झडप, एक जना घाइते

रुपाकोट मझुवागडी नपा-१ दिक्तेलस्थित आचार्य गाउँमा नेपाली काङ्ग्रेस र वाम गठबन्धनका कार्यकर्ताबिच मङ्सिर ८ गते राति झडप भएको छ । झडपमा वाम गठबन्धनका कार्यकर्ता गोपाल आचार्य घाइते भएका छन् । घाइते गोपालको नाकमा गहिरो चोट लागेकाले सामुदायिक अस्पताल दिक्तेलमा उपचार भइरहेको वामगठबन्धनले जनाएको छ । दुवै पक्षले मादक पदार्थ सेवन…

November 25, 2017  
एमाले अध्यक्ष ओली र काङ्ग्रेस जिल्ला सभापति थापाको घरमा बम विष्फोट

दमक नपा-५ स्थित एमाले अध्यक्ष केपी ओलीको घर र अर्जुनधारा नपा-७ स्थित नेपाली काङ्ग्रेसका जिल्ला सभापति उद्धव थापाको घर तथा गाडीमा अज्ञात समूहले मङ्सिर ९ गते बम विष्फोटन गराएको छ । अध्यक्ष ओलीको घर अगाडी गेटमा बिहान करिब ४ बजे एउटा बम विष्फोटन गराएको र अर्को बम गेटमै छोडेर गएको…

November 25, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई मङ्सिर ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनायो । पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर ८ गते नै जिल्ला अस्पताल बोक्सेमा…

November 24, 2017