तीन वर्षदेखि टहरामै पठनपाठन !

पहिरोले विद्यालयको भवन बगाएपछि मिक्वाखोला गाउँपालिका-३ स्थित पञ्चेश्वरी माध्यमिक विद्यालयका विद्यार्थी तीन वर्षदेखि टहरामै बसेर पढ्न बाध्य भएका छन् । ०७२ जेठ २७ गते पहिरोले भवन बगाए यता उक्त विद्यालयका १ सय २५ भन्दा बढी विद्यार्थी टहरामै पढ्न बाध्य भएका हुन् । २०६८ को भुकम्पले चर्काएका असुरक्षित भवन समेत विद्यार्थीको…

March 15, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले हिलिहाङ गाउँपालिका-७ का २८ वर्षीय महेन्द्र पन्धाकलाई फागुन २८ गते गिरफ्तार गरेको छ । घटना पश्चात फरार आरोपितलाई खोजी गर्ने क्रममा फिदिम नपा-१४ स्थित लुङरूपावाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विज्ञान बस्नेतले बताए । पीडितलाई आरोपितले फागुन २५ गते बलात्कार गरेको आरोपमा…

March 14, 2018  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बर्दिया जिल्ला बासगडी नपा-५ की ३० वर्षीया चन्द्रकला ओलीलाई हत्या गरेको आरोपमा प्रहरीले हाल मध्यपहाडी लोकमार्गको आठराई खण्डमा मजदुरीका लागि आएका ४० वर्षीय गोविन्द ओलीलाई प्रहरीले फागुन २७ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरी कन्चटमा मुक्का प्रहार गरेर पत्नीको हत्या गरेको इलाका प्रहरी कार्यालय सक्रान्ति बजारका प्रमुख…

March 11, 2018  
महिला मृतावस्थामा फेला, पति फरार

लेटाङ नपा-२ बुधबारेकी ३७ वर्षीया कौशिला राई आज बिहान मृतावस्थामा फेला परेकी राससले जनाएको छ । गएराति पतिसँग झगडा भएको र राई आफ्नै घरको कोठामा मृतावस्थामा भेटिएको भन्ने जानकारी स्थानीयवासीले प्रहरीलाई गरेका थिए । मृतक राईको शरीरका विभिन्न भागमा चोट रहेकाले घटना शङ्कास्पद रहेको इलाका प्रहरी कार्यालय लेटाङका इन्स्पेक्टर खगेन्द्र…

March 11, 2018  
अनुगमका क्रममा फेला परेका अखाद्य वस्तु नष्ट

हलेसी तुवाचुङ नगरपालिका हलेसीबजारमा ठूलो परिमाणमा समयावधि नाघेका अखाद्य उपभोग्य सामान जफत गरी नष्ट गरिएको छ । हलेसी तुवाचुङ नगरपालिकाले फागुन २४ गते गरेको बजार अनुगमनका क्रममा ठूलो परिमाणमा भारी मात्रामा दैनिक उपभोग्य वस्तु जफत गरेर नष्ट गरेको हो । इलाका प्रहरी कार्यालय, वडा कार्यालय महादेबस्थान, उद्योग बाणिज्य सङ्घ हलेसीलगायतको…

March 11, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फागुन २५ गते सुनसरीको बराहा नपा-८ स्थायी घर भई बेलका नपा-९ रामपुरमा बसोबास गर्दै आएका ६२ वर्षीय बृद्ध सुडिलाल चौधरीलाई फागुन २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई फागुन २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…

March 10, 2018  
इन्सेक जिल्ला प्रतिनिधि पुरस्कृत

प्रदेश १ स्तरीय मानव अधिकार पत्रकारिता पुरस्कार-०७४ बाट इन्सेक इलाम जिल्ला प्रतिनिधि कोकिला ढकाल पुरस्कृत भएकी छन् । इन्सेक प्रतिनिधि ढकाललाई १०८ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा फागुन २४ गते सो पुरस्कार प्रदान गरिएको हो । प्रदेशसभा सांसद रामबहादुर रानामगरले ढकाललाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । मानव…

March 9, 2018  
एक समूहद्वारा दुई जना सञ्चारकर्मीमाथि कुटपिट गरेको आरोप

इलाम सदरमुकाम स्थित चियाबारी एफएममा कार्यरत एफएमका प्राविधिक प्रकाश न्यौपाने र बजार ब्यवस्थापक कृष्ण पाठकलाई फागुन २३ गते राति एक समूहले कुटपिट गरी घाइते बनाएको छ । एफएमको काम सकेर राति १० बजेतिर गोलबस्तीस्थित कोठामा फर्कदै गरेका पाठक र न्यौपानेलाई मदिरा सेवन गरी झगडा गरिरहेका युवाहरूले अचानक कुटपिट गरेको डिएसपी…

March 8, 2018  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

फिदिम नपा-३ की ४२ वर्षीया गङ्गामाया मुखियालाई हत्या गरेको आरोपमा प्रहरीले ६१ वर्षीय पति डिकबहादुर मुखियालाई फागुन २० गते गिरफ्तार गरेको छ । पत्नी हराएको भन्दै फागुन ६ गते प्रहरीमा उजुरी दिएका मुखियालाई पत्नीको शव घरनजिकै बारीमा फेला पारेपछि गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडितलाई फागुन ५ गते नै…

March 5, 2018  
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाद्वारा स्थानीय जनप्रतिनिधिको राजीनामा माग

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ओखलढुङ्गाको स्थानीय तहका जनप्रतिनिधिहरूको राजीनामा मागेको छ । उक्त पार्टीले समानान्तर सरकार भन्दै गठन गरेको 'जनपरिषद् नेपाल'को नाममा फागुन २१ गते पत्र लेख्दै जनप्रतिनिधिहरूको राजीनामा माग गरेको हो । सिद्धिचरण नगरपालिका र मानेभन्ज्याङ गाउँपालिकाका प्रमुखहरूलाई पत्र बुझाएको छ । 'मुलुकभर जनताको सरकार स्थापित…

March 5, 2018