यौन दुर्व्यवहार गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पुर्पक्षका लाथि थुनामा रहेका झापा शिवसताक्षी नगरपालिका-११ का ४६ वर्षीय तुलसीप्रसाद ढकाललाई जिल्ला अदालतले जेठ ९ गते २ वर्ष ६ महिना कैदको सजाय सुनाएको छ । न्यायाधीश इन्द्रकुमार चोङ्गटेन्लीको इजलासले कसुर ठहर गर्दै जबरजस्तीकरणी महलको ३(४) को आधारमा सोही महलको पाँच नम्बर बमोजिम…

May 24, 2018  
बालिका बलात्कार कसुरमा १० वर्ष कैदको फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा याङ्वरक गाँउपालिका-४ का २९ वर्षीय कविन्द्र सुन्दास दर्जीलाई जिल्ला अदालतले जेठ ८ गते १० वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश मनोज केसीको इजलासले कैदसँगै ५० हजार रुपियाँ क्षतिपूर्तिसमेत भराउने फैसला सुनाएको हो । पीडित बालिकालाई दर्जीले ०७४ माघ ७ गते बलात्कार गरेको आरोपमा पीडितका…

May 23, 2018  
बलात्कार गरेको कसुरमा ६ वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले पथरीशनिश्चरे नपा-७ का २२ वर्षीय दीपक रसाइलीलाई जेठ ७ गते ६ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलाशले कैदसँगै २५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला सुनाएको श्रेष्तेदार नवराज दुलालले बताए । रसाइलीले विवाह गर्छु भन्दै बालिकालाई फकाएर आफ्नै घर…

May 23, 2018  
बलात्कार घटनाका आरोपितलाई नौ वर्षकैदको फैसला

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका माङसेबुङ-३ का ६२ वर्षीय लोकेन्द्र राईविरूद्ध जिल्ला अदालत इलामले जेठ ८ गते नौ वर्षकैदको सजाय सुनाएको छ । पीडित महिलालाई आरोपितले ०७४ फागुन ३ गते बलात्कार गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको थियो । राईको मुद्दामाथि सुनुवाइ गर्दै न्यायाधीश इन्द्रकुमार चोङ्गटेन्लीको…

May 22, 2018  
बलात्कार प्रयास गरेको कसुरमा तीन वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको कसुरमा सूर्योदय नगरपालिका-७ का ३८ वर्षीय सुजन बुढाथोकी फरार रहेको चार वर्षपछि जिल्ला अदालतले जेठ ८ गते तीन वर्षकैद गर्ने फैसला गरेको छ । न्यायाधीश इन्द्रकुमार चोङ्गटेन्लीको इजलासले बुढाथोकीलाई जबरजस्तीकरणी महलको १ र ५ बमोजिमको कसुर ठहर गर्दै सोही महलको ३(३) नम्बर बमोजिम हुने…

May 22, 2018  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई जेठ ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले वैशाख ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला…

May 21, 2018  
विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताद्वारा वडाध्यक्षको घरमा बम प्रहार, दुई जना घाइते

दमक नपा-७ का वडाध्यक्ष ५२ वर्षीय भिमप्रसाद पौडेलको घरमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले जेठ ६ गते राति बम विष्फोट गराउँदा दुई जना सर्वसाधारण घाइते भएका छन् । राति ८ः३० बजे वडाध्यक्षको घरको मुल गेटमा ठुलो आवाजमा बम विष्फोट भएपछि घर अगाडिको बाटोमा हिँड्दै गरेका एक दम्पति…

May 21, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जहदा गाउँपालिका-५ का १८ वर्षीय रञ्जीतकुमार चौधरीलाई जेठ ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ ६ गते प्रहरीमा उजुरी गरेपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङकी इन्स्पेक्टर जमुना बस्नेतले…

May 21, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार आरोपमा प्रहरीले इलाम नगरपालिका-९ का ३० वर्षीय सूर्यमान बस्नेतलाई जेठ ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण ४ गते नै जिल्ला अस्पतालमा…

May 20, 2018  
बलात्कार गरेको कुसुरमा ११ वर्षकैदको फैसला

सात वर्षीया बालिकालाई बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका रोङ गाउँपालिका-६ का २८ वर्षीय ख्यामराज बिकलाई जिल्ला अदालतले ११ वर्षकैद सजाय हुने फैसला सुनाएको छ । न्यायाधीश इन्द्रकुमार चोङ्गटेन्लीको इजलाशले जेठ ६ गते बिकमाथिको मुद्दामा सुनुवाइ गर्दै जबरजस्ती करणी महलको ३(१) बमोजिम सजाय ठहर गर्दै ११ वर्षकैद र पीडितलाई २५…

May 20, 2018