बलात्कार घटनाका अरोपितविरुद्ध उजुरी दर्ता

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ०७५ जेठ ११ गते फाल्गुनन्द गाउँपालिका-१ का ६० वर्षीय रामबहादुर श्रेष्ठविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडितले दिएको उजुरी दर्ता गरिएको सो कार्यालयका इन्स्पेक्टर प्रकाशकुमार गुप्ताले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ १० गते जिल्ला अस्पतालमा गरिएको छ । पीडित…

May 26, 2018  
कथित बोक्सीको आरोप लगाएको आरोपमा झाँक्रीविरूद्ध प्रहरीमा उजुरी

चम्पादेवी गाउँपालिका-१० रानीवनकी ४९ वर्षीया जानुकामाया कार्कीलाई कथित बोक्सीको आरोप लगाएको आरोपमा सोही ठाँउका ५७ वर्षीय झाँक्री लालबहादुर कार्कीविरूद्ध पीडित महिलाले जेठ ११ गते प्रहरीमा उजुरी दिएकी छिन् । पीडित महिलालाई आरोपितले कथित बोक्सीको आरोप लगाएपछि न्यायका लागि प्रहरीमा उजुरी दिएको पीडितले बताइन् । चम्पादेवी गाउँपालिका-१० को वडा कार्यालयमा उजुरी…

May 26, 2018  
पत्नी हत्या आरोपित गिरफ्तार

माइजोगमाई गाउँपालिका-५ की २६ वर्षीया बिमला लिम्बूलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति मदन लिम्बूलाई जेठ ११ गते गिरफ्तार गरेको छ । बिमलालाई आरोपितले जेठ १० गते बेलुका ७ बजेतिर घरायसी विवादका क्रममा खुकुरी प्रहार गर्दा बिमला घाइते भएकी थिइन् । छाती र पेटमा चोट लागेकी…

May 26, 2018  
प्रहरीद्वारा हिरासतमा यातना दिएको पीडित पक्षको आरोप

कन्काई नपा-४ का ४३ वर्षीय ठाकुरप्रसाद सङ्ग्रौलालाई शिवसताक्षी नपा माईधार क्षेत्रमा चोरी गरेको आरोपमा प्रहरीले गिरफ्तार गरी हिरासतमा यातना दिएको पीडित पक्षले आरोप लगाएको छ । दुई दिन प्रहरी हिरासतमा रहेका सङ्ग्रौलाको शरीरभरी निलडाम र कुटपिटको चोट देखिएको छ । भेट्टाएको मोवाइललाई आधार मानी चोरीको आरोपमा मुद्दा लगाई शरीरभरी निलडाम…

May 24, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ग्रामथान गाउँपालिका-५ का २० वर्षीय रोहित चौधरीलाई जेठ ८ गते साँझ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ ८ गते इलाका प्रहरी कार्यालय बेलवारीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय…

May 24, 2018  
प्रहरी र इन्सेककर्मीद्वारा खानेपानीको ट्याङ्कीमा अनुगमन, अभक्ष फेला

फेदाप गाँउपालिका-१ सिम्लेको पोक्लाबाङस्थित पाथीभरा इङ्गलिस बोर्डिङ स्कुलको क्यान्टिनमा प्रयोग हुने पानीको ट्याङ्कीमा अभक्ष राखिएको सूचना प्राप्त भएपछि प्रहरीले त्यसको अनुगमन गरेको छ । जेठ ८ गते प्रहरी र इन्सेक प्रतिनिधिलगायतले सो घटनाको अनुगमन गरेका हुन् । विद्यार्थीको स्वास्थ्यमा खेलवाड गरेको भन्दै विद्यालयले प्रहरी र इन्सेकका प्रतिनिधिलाई सो विषयमा उजुरी…

May 24, 2018  
वडाध्यक्षद्वारा इञ्जिनियरमाथि कुटपिट गरेको आरोप

राष्ट्रिय गौरव आयोजनाको नक्साङ्कन परिर्वतन गर्न नमानेको आरोपमा चौदण्डी नगरपालिका-६ का वडाध्यक्ष कमलध्वज राईले इञ्जिनियरमाथि जेठ ९ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । राईले राष्ट्रिय गौरवको आयोजना धरानदेखि सिन्धुली हुँदै हेटौँडा जोड्ने सडक खण्डको नक्साङ्कन परिर्वतन गर्न नमान्दा इन्जिनियरद्वय सन्दिप विष्ट र किशोर केसीमाथि कुटपिट गरेका हुन्…

May 24, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया तीन महिनाकी सुत्केरी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले माङसेबुङ गाउँपालिका-३ का ३२ वर्षीय गौतम भनिने शनिहाङ साँवालाई जेठ ९ गते बाँझोबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साँवाविरूद्ध जेठ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित…

May 24, 2018  
यौन दुर्व्यवहार गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पुर्पक्षका लाथि थुनामा रहेका झापा शिवसताक्षी नगरपालिका-११ का ४६ वर्षीय तुलसीप्रसाद ढकाललाई जिल्ला अदालतले जेठ ९ गते २ वर्ष ६ महिना कैदको सजाय सुनाएको छ । न्यायाधीश इन्द्रकुमार चोङ्गटेन्लीको इजलासले कसुर ठहर गर्दै जबरजस्तीकरणी महलको ३(४) को आधारमा सोही महलको पाँच नम्बर बमोजिम…

May 24, 2018  
बालिका बलात्कार कसुरमा १० वर्ष कैदको फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा याङ्वरक गाँउपालिका-४ का २९ वर्षीय कविन्द्र सुन्दास दर्जीलाई जिल्ला अदालतले जेठ ८ गते १० वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश मनोज केसीको इजलासले कैदसँगै ५० हजार रुपियाँ क्षतिपूर्तिसमेत भराउने फैसला सुनाएको हो । पीडित बालिकालाई दर्जीले ०७४ माघ ७ गते बलात्कार गरेको आरोपमा पीडितका…

May 23, 2018