राष्ट्रिय मानव अधिकार आयोगद्वारा नागरिकलाई दिइने सेवाको प्रभावकारिताबारे अनुगमन

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले ओखलढुङ्गा र खोटाङमा नागरिकलाई दिइने सेवाको प्रभावकारिताबारे अनुगमन गरेको छ । आयोगका सचिव वेदप्रसाद भट्टराई र उप निर्देशक टिकाराम भट्टराईसहितको टोलीले अनुगमन गरेको हो । टोलीले हवाइ सेवाको अवस्था, औषधि तथा स्वास्थ्य सेवा र भूकम्प पीडितले प्राप्त गर्नु पर्ने सेवा प्रवाहको अवस्थाका बारेमा माघ २२…

February 9, 2017  
यौन दुर्व्यवहार गरेको कसुरमा तीन वर्ष कैदको फैसला

१५ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका  चुलाचुली गाविस- ७ का ५६ वर्षीय कर्याकुरूक भनिने लाभे राईलाई जिल्ला अदालतले तीन वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले माघ २६ गते राईको मुद्दामाथि सुनुवाइ गर्दै मलुकी ऐन जबरजस्तीकरणी महलको १, ५ नम्बर अनुसार…

February 9, 2017  
बलात्कारपछि हत्या गरेको कसुरमा जन्मकैदको फैसला

बरबोटे-४ की ४५ वर्षीया टीकामाया परियारलाई बलात्कार गरी हत्या गरेको कसुरमा बरबोटे-४ का २७ वर्षीय हरि भन्ने हिमाल गुरुङलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले माघ २५ गते गुरुङविरुद्ध चलेका 'जबरजस्तीकरणी र  कर्तव्य ज्यान'सम्बन्धी मुद्दामाथि सुनुवाइ गर्दै जबरजस्तीकरणी महलको ३ (५) बमोजिम सात वर्ष कैद…

February 7, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले माघ २४ गते लालीगुराँस नपा-९ का  ३२ वर्षीय डम्बर खड्कालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भागेन्द्रपुरुष ढकालले बताए । पीडित महिलालाई आरोपितले माघ २३ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले माघ २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित महिलाको…

February 7, 2017  
सहयोगीका भरमा दुर्गमका स्वास्थ्य संस्था

दरबन्दीअनुसार स्वास्थ्यकर्मीको अभाव भएपछि भोजपुरका अधिकांश स्वास्थ्य संस्था कार्यालय सहयोगीको भरमा सञ्चालनमा छन् । दुर्गममा स्वास्थ्यकर्मी बस्न नचाहने, बसेकाले एक वर्षछि घरपायक र सुविधासम्पन्न स्थानमा सरुवा गरेर जाने र सरकारले पदपूर्ति नगर्दा सेवा प्रवाहमा समस्या देखिएको छ । ६४ स्वास्थ्यचौकी, तीन प्राथमिक स्वास्थ्य केन्द्र र एउटा जिल्ला अस्पतालमा ५० प्रतिशत…

February 6, 2017  
उमेर ढाँटेर बालबालिकालाई काममा लगाईँदै

इलाम सदरमुकामका होटल तथा रेष्टुरेन्टमा १६ बर्ष उमेरभन्दा कमका बालबालिका काममा लगाउने गरेको अनुगमनका क्रममा फेला परेको छ । जिल्ला प्रशासन कार्यालयको सहयोगमा महिला तथा बालबालिका कार्यालयले माघ १९ गते गरेको अनुगमनमा १६ वर्षमुनिका बालबालिकालाई उमेर ढाँटेर काम लगाउने गरेको र उनीहरूलाई पारिश्रमिक पनि नदिने गरेको पाइएको छ । अनुगमनका…

February 2, 2017  
कार्यालय प्रमुखले दुर्व्यवहार गरेको आरोप

कृषि व्यवसायी सङ्घका पदाधिकारी तथा कृषक समूहका प्रतिनिधिलाई जिल्ला पशु सेवा कार्यालयका प्रमुख नन्दलाल बर्माले आफ्नै कार्यकक्षमा माघ १७ गते दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएका छन् । कार्यालयले कृषकलाई उपलब्ध गराउने कार्यक्रमबारे जानकारी लिन बर्माको कार्यकक्षमा पुगेको कृषक समूहलाई अश्लिल शब्दले गालीगलौज गरेको भन्दै कृषकहरूले विरोध जनाएका छन् ।…

January 31, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई माघ १३ गते बलात्कार गरेको आरोपमा प्रहरीले जाल्पा चिलाउने गाविस-४ का १९ वर्षीय ताराबहादुर राउतलाई माघ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले विद्यालयकी शिक्षिकालाई घटना बारे जानकारी गराएपछि आरोपितविरुद्ध प्रहरीमा माघ १४ गते उजुरी दिइएको थियो । पीडित पक्षले दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धानका लागि…

January 29, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महमाइ-९ का ४३ वर्षीय गणेश भट्टराईलाई माघ १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले माघ १३ गते जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मोहन थापाले जानकारी दिए । पीडित…

January 27, 2017  
पतिको कुटाइबाट गम्भीर घाइते महिलाको उपचारमा इन्सेकको सहयोग

पतिको कुटाइबाट गम्भीर घाइते भई उपचारमा रहेकी उदयपुर भलायडाँडा गाविस-३ की २३ वर्षीया सरिता मोतेलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय विराटनगरले माघ १३ गते १० हजार रुपियाँ सहयोग गरेको छ । विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचार गराइरहेकी मोतेलाई खर्च अभावका कारण उपचारमा समस्या भएको भन्दै सहयोगको अपिल गरेपछि…

January 26, 2017