तीन पटक तलाक शब्द उच्चारणबाट एक महिला पीडित

मुस्लिम धर्मग्रन्थ कुरान अनुसार तीन पटक तलाक भन्ने शब्द उच्चारण गरे सम्बन्ध विच्छेद हुने अवस्थालाई नेपालको संविधानले बर्जित गरेपनि सोही शब्दका कारण बर्जु गाउँपालिका–६ चिमडी अमाहीबेलाकी एक महिला तलाकको पीडामा परेकी छिन् । एक छोरा र एक छोरीकी आमा २२ वर्षीया खुर्सीदा खातुनलाई पति नौसाद आलमले साउन ४ गते तीन…

July 27, 2018  
सशस्त्र प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते, उपचार जारी

सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिका–६ र ७ घुस्कीका स्थानीयहरू र सशस्त्र प्रहरीबीच साउन ९ गते साँझ भएको झडपमा सशस्त्र प्रहरीले गोली चलाउँदा दुई जना गम्भीर घाइते भएका छन् । प्रहरीको गोली लागेर हरिनगर नपा–६ घुस्कीका ४६ वर्षीय कैजुम मियाँ र सोही ठाउँकी २५ वर्षीया महिजान खातुन घाइते भएको सशस्त्र प्रहरीका डिएसपी…

July 27, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्लाको दुहवी नगरपालिका–१ का ६५ वर्षीय मो.सहिद मियालाई गिरफ्तार गरिएको छ । पीडित बालिकालाई आरोपितले साउन ५ गते बलात्कार गरेको आरोपमा आरोपितलाई अनुसन्धानका लागि साउन ५ गते गिरफ्तार गरेको हो । उक्त घटनको सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी…

July 21, 2018  
उपचारका क्रममा एक बन्दीको मृत्यु, परिवारद्वारा हत्याको आशङ्का, छानबिनको माग

इटहरी उमनपा–१७ का ४६ वर्षीय सञ्जु शेर्पाको मृत्यु पश्चात क्षेत्रीय कारागार झुम्काले शवको पोष्टमार्टम नगरी परिवारलाई बुझाएको घटनाप्रति पीडित पक्षले पत्रकार सम्मेलन गरी घटनाको निश्पक्ष छानबिनको माग गरेको छ । उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा असार २९ गते मृत्यु भएका शेर्पाको शरीरमा घाउचोट तथा निलडाम भएकाले उनको…

July 20, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामधुनी नपा-४ का २८ वर्षीय सञ्जयकुमार चौधरीलाई असार १९ गते गिरफ्तार गरेको छ । पीडित पक्षले प्रहरीमा दिएको उजुरीमा आरोपितले पीडित महिलालाई पटकपटक बलात्कार गर्दै आएको र पछिल्लो पटक १८ गते बलात्कार गरेको उल्लेख छ । सोही उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान…

July 4, 2018  
सुनसरीमा ६ महिनाको अवधिमा १ सय ६ जना पीडित

नेपाल मानव अधिकार वर्षपुस्तक २०१९ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सुनसरी सदरमुकाम इनरूवामा असार १४ गते सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक सुनसरी जिल्ला प्रतिनिधि जयकृष्ण यादवले नेपाल मानव अधिकार वर्षपुस्तक २०१९ का लागि सुनसरीमा सङ्कलन गरिएका घटनाहरूको विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा उनले…

June 28, 2018  
प्रिन्सिपलको कुटाईबाट विद्यार्थी घाइते

कक्षा १० मा अध्ययनरत कोशी गाउँपालिका-७ हरिपुरका १७ वर्षीय बालक गौतम पाठक आफ्नै विद्यालयका प्रिन्सिपलको कुटाइबाट घाइते भएका छन् । साथीसाथीको भनाभनको विषयलाई लिएर असार १० गते १२ बजेको समयमा सुनसरी सदरमुकाम इनरूवा नगरपालिका-४ स्थित रहेको प्रिसियस एकेडेमीका प्रिन्सिपल ओमप्रकाश यादव सहितका शिक्षकहरूले रबरको पाइपले निर्घात कुटपिट गरेको पीडित पाठकले…

June 24, 2018  
परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा स्थानीय तहमा परियोजना सल्लाहकार समितिको बैठक असार ५ गते सम्पन्न गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना अन्तर्गत इन्सेक विराटनगरको आयोजनामा स्थानीय तहस्तरीय परियोजना सल्लाहकार समितिको बैठक असार ५ गते सुनसरीको गढी गाउँपाकिलाको औरावनीमा सम्पन्न गरिएको हो ।…

June 20, 2018  
अज्ञात समूहले चलाएको गोलीले एक जना घाइते

देवानगञ्ज गाउँपलिका-७ राजगञ्जसिनुवारीमा असार ३ गते मध्यराति गोली चलेको छ । अज्ञात व्यक्तिहरूको समूहले चलाएको गोली लागी राजगञ्जसिनुवारीका चन्दन यादव घाइते भएका छन् । स्थानीय चन्दन यादवलाई लक्षित गरेर राति गोली चलेको र टाउकोमा गोलीको छर्रा लागेर यादव घाइते भएको स्थानीयहरूले बताएका छन् । गोलीको छर्रा लागेर यादव घाइते भएका…

June 18, 2018  
अज्ञात पक्षद्वारा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या

बराहक्षेत्र नगरपालिका-९ राजाबासकी ३६ वर्षीया साधना कविरथलाई अज्ञात पक्षले धारिलो हतियार प्रहार गरी असार १ गते हत्या गरेको जिल्ला प्रहरी कार्यालयका एसपी राजन अधिकारीले बताए । कविरथलाई घरदेखि २ सय मिटर टाढा आफ्नै खेतमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फ्याँकिएको अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी…

June 17, 2018