बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमनपा ३ का ५० वर्षीय देवीबहादुर लिम्बुलाई चैत ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई खानेकुराको प्रलोभन देखाई बलात्कार गरेको आरोपमा पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनायो । स्थानीयले उनलाई नियन्त्रणमा लिने क्रममा भागेपछि प्रहरीको सहयोगमा…

March 24, 2019  
नचिनेका व्यक्तिहरुको समूहले छुरा प्रहार गरी एकको हत्या

सुनसरीको धरान उपमहानरपालिका ७ बगैचालाइनमा चैत ७ गते नचिनेका व्यक्तिको समूहले छुरा प्रहार गरी धरान उपमनपा–८ का २० वर्षीय निमा तामाङको हत्या गरेको प्ररहरीले जनायो । सुरुमा छुरा हानाहान भएकाले दुई समूहबीच झगडा भएको र सो क्रममा तामाङको मृत्यु भएको जनाइएको छ । नचिनेका समूहका व्यक्तिहरुको छुरा प्रहारबाट घाइते भएका…

March 22, 2019  
लैङ्गिकमैत्री नीति र बजेट निर्माणमा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक नेपाल र नागरिक मिडिया मञ्चको आयोजनामा इनरुवामा चैत ४ गते आयोजित कार्यक्रमका सरोकारवालाहरुले लैङ्गिकमैत्री नीति र बजेट निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका उपप्रमुख कमला मगरले आफ्नो नगरपालिकामा लैङ्गिकमैत्री नीति भएपनि कार्यान्वयमा समस्या रहेकाले त्यसलाई सम्बोधन गर्न अगामी वर्षको बजेटमा २०…

March 18, 2019  
अज्ञात पक्षद्वारा ७० वर्षीय वृद्धको हत्या

इनरूवा नगरपालिका–१ का ७० वर्षीय वृद्ध रतनलाल यादवको अज्ञात पक्षले फागुन १९ गते राति धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । शरीरको विभिन्न अङ्गमा धारिलो हतियारले काटिएको र शरीर पलङलमा बाँधिएको अवस्थामा फागुन २० गते शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए ।…

March 5, 2019  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गढी गाउँपालिका–४ छिटाहाका ४६ वर्षीय स्थानीय विद्यान्दन शाहलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले फागुन १६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित महिलाले प्रहरीसमक्ष मौखिक उजुरी गरेपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका…

March 1, 2019  
इनरूवाका स्वास्थ्य संस्थामा निशुल्क औषधि अभाव, सेवाग्राही मारमा

इनरूवा नगरपालिका क्षेत्रभित्र रहेका सात ओटा स्वास्थ्य संस्थाहरूमा निशुल्क वितरण गर्ने औषधि अभाव भएको छ । नगरपालिका र प्रदेश सरकारले समयमा औषधि खरिद नगरेकाले इनरूवा नगरपालिका क्षेत्रभित्र रहेका सात ओटा स्वास्थ्य चौकी, इलाका स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य संस्थाहरूमा निशुल्क वितरण गर्ने औषधि अभाव भएको हो । इनरूवा नपा-७ चान्दबेलामा रहेको…

February 28, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उमनपा–१ का २८ वर्षीय महेश ढुङ्गेललाई गिरफ्तार गरिएको छ । पीडित युवतीलाई मङ्सिर २५ गतेदेखि पटकपटक घरमै र होटेलमा लगी बलात्कार गरेको भन्दै पीडितका आफन्तले फागुन १२ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएपछि आरोपितलाई फागुन १४ गते गिरफ्तार गरेको हो ।…

February 28, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङ्का १५ वर्षीय बालकलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन ७ गते घरमै बसेको बेला बलात्कार गरेको भन्दै पीडितका आफन्तले फागुन ११ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएपछि आरोपितलाई फागुन १४ गते गिरफ्तार गरेको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षण…

February 28, 2019  
चान्दबेलामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकार विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १ को कार्यालय विराटनगरको आयोजनामा फागुन १४ गते इनरुवा नगरपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना (इएलपी) अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था बुझ्न र सुधारका…

February 26, 2019  
शिक्षा, स्वास्थ्य र खाद्य अधिकार विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १ को कार्यालय विराटनगरको आयोजनामा फागुन १३ गते सुनसरीको गढी गाउँपालिकामा शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना (इएलपी) अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था बुझ्न र…

February 26, 2019