अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी सात वर्षपछि गिरफ्तार
अपहरण र शरीर बन्धक मुद्दामा जिल्ला अदालतले ०७० असोज ६ गते दोषी ठहर्याउँदै ११ वर्ष कैद सजाय सुनाएपछि फरार भएका भोक्राहा नरसिंह गाँउपालिका–७ का ३७ वर्षीय वुदर भनिने विदुर यादवलाई प्रहरीले सात वर्षपछि भदौ ७ गते गिरफ्तार गरेको छ । अदालतबाट कैद सजायसँगै एक लाख रुपियाँ जरिबानाको फैसला भएपछि फरार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोक्राहा नरसिंह गाँउपालिका–४ का ४६ वर्षीय मो.इसाद आलमलाई भदौ ७ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित बालिकालाई साउन २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार ७ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
५५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–१७ का ३३ वर्षीय टेकबहादुर धामीलाई साउन ३१ गते गिरफ्तार गरेको छ । आरोपितले साउन ३१ गते हतियार देखाएर बलात्कार प्रयास गरेको आरोपमा पीडित महिलाले आरोपितविरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएपछि गिरफ्तार डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले इन्सेक प्रतिनिधिसँगको फोन…
प्रहरीले चोरी कबुल गर्न दबाब दिँदै यातना दिएको पीडित पक्षको आरोप
बर्जु गाँउपालिका–५ का ३७ वर्षीय मनिकलाल पण्डितले प्रहरीले चोरी गरेको कबुल गर्न दबाब दिएर यातना दिएको आरोप लगाउनु भएको छ । वैशाख १७ गते रामेश्वर यादवको पानी तान्ने मोटर चोरी भएको र मोटर धनीले वैशाख १९ गते प्रहरी चौकी बर्जुमा उजुरी दिएपछि प्रहरीले सोही दिन गिरफ्तार गरी हिरासतमा यातना दिएको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया बहिनीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले २४ वर्षीय दाजुलाई वैशाख २३ गते गिरफ्तार गरेको छ । आरोपितले वैशाख २२ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले वैशाख २३ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडितको स्वास्थ्य परीक्षण सामुदायिक अस्पताल…
सामूहिक बलात्कार घटनाका आरोपितद्वय गिरफ्तार
१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–११ का २४ वर्षीय त्रिलोचन चौधरी र २२ वर्षीय अमित चौधरीलाई वैशाख १९ गते गिरफ्तार गरेको छ । वैशाख १४ गते आरोपितद्वयसहित नौ जनाको समूहले बलात्कार गरेको आरोपमा पीडितले वैशाख १८ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएपछि गिरफ्तार गरेको प्रहरीले…
राहतमा वितरण गरिएको चामल गुणस्तरीय भएको गाँउपालिकाको दाबी
हरिनगर गाँउपालिकाले ०७७ वैशाख ९ गतेदेखि वैशाख १६ गतेसम्म राहत स्वरूप वितरण गरेको चामल गुणस्तरीय भएको दाबी गरेको छ । गाँउपालिकाले वैशाख १७ गते पत्रकार सम्मेलन गरी राहतमा वितरण गरिएको चामल गुणस्तरयुक्त भएको दाबी गरेको हो । वैशाख १६ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको ल्याबमा परीक्षण गर्दा…
प्रहरीले यातना दिएको पीडित पक्षको आरोप
इनरूवा नगरपालिका–८ का ३६ वर्षीय रामचन्द्र मेहता र २४ वर्षीय विजय मेहताले प्रहरीले नियन्त्रणमा लिएर यातना दिएको आरोप लगाउनु भएको छ । वैशाख १ गते इनरूवा नगरपालिका–८ डुम्राहामा राहत वितरणमा अवरोध गरेको आरोपमा प्रहरीले १२ घण्टा नियन्त्रणमा लिएर यातना दिएको रामचन्द्र मेहताले बताउनुभयो । राहत वितरणका क्रममा रामचन्द्र र विजयले…
औषधि अभावका कारण रित्तै फर्कनु परेको सेवाग्राहीको गुनासो
संविधानको धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ । संविधानले स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हकका रूपमा व्याख्या गरेपनि…
प्रहरीले फरक शीर्षकमा मुद्दा दर्ता गरेको पीडितको आरोप
२३ वर्षीया स्वास्थ्यकर्मी आफूलाई बलात्कार प्रयास भएको विषयमा जिल्ला प्रहरी कार्यालयमा चैत ५ गते आरोपित विरूद्ध उजुरी दिदाँ प्रहरीले बलात्कार प्रयास शीर्षकमा मुद्दा दर्ता नगरी अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेको आरोप लगाउनु भएको छ । पीडितले हरिनगर गाँउपालिका–४ का २७ वर्षीय श्रवणकुमार मेहताले चैत ५ गते बलात्कार प्रयास गरेको…