बालविवाह घटनाका आरोपित बेहुला जग्गेबाटै गिरफ्तार

इटहरी उपमनपा-१७ मा बालविवाह गर्ने बेहुलालाई जग्गेबाटै नियन्त्रणमा लिएर जेठ २५ गते बाल सञ्जालले प्रहरीको जिम्मा लगाएको छ । १६ वर्षीया बालिकालाई विवाह गर्दै गरेका मोरङको सुन्दर हरैचा नगरपालिका-११ का २४ वर्षीय भीमबहादुर कटुवाललाई नगर बाल सञ्जालले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पकलीमा बुझाएको हो । घटनालाई लिएर आक्रोशित जन्ती…

June 8, 2017  
चार वर्षदेखि एउटै कोठामा थुनिएकी महिलाको अधिकारकर्मीद्वारा उद्धार

इटहरी उमनपा-६ स्थित आफ्नै घरको कोठामा चार वर्षदेखि थुनिएकी २७ वर्षीया झरना चौधरीको अधिकारकर्मीको टोलीले जेठ १६ गते उद्धार गरेको छ । इन्सेक, राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार सञ्जाल सुनसरी, पहल, कोकनलगायतका अधिकारकर्मी संस्थाका प्रतिनिधिले जेठ १६ गते उनको उद्धार गरेका हुन् । अहिले उनलाई जिल्ला अस्पतालमा रहेको एकद्वार…

May 31, 2017  
मानव अधिकार आयोगद्वारा सुनसरीका पत्रकार र अधिकारकर्मीसँग अन्तरक्रिया

राष्ट्रिय मानव अधिकार आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालयले सुनसरीका अधिकारकर्मी र पत्रकारसँग आगामी निर्वाचनमा हुन सक्ने अधिकार हनन् र त्यसको न्यूनीकरणका लागि गर्न सकिने पहलका बारेमा छलफल गरेको छ । अन्तरक्रियामा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय निर्देशक झङ्कर रावलले जेठ ३१ गते हुने स्थानीय तह निर्वाचनको तयारी र त्यसले मानव अधिकारको…

May 17, 2017  
सेवाप्रदायक निकाय र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न

इन्सेक क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा सुनसरी जिल्लाका सेवा प्रदाय निकायका प्रमुख तथा प्रतिनिधि र सेवाग्राहीबिच चैत २९ गते इनरुवामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्लाका सरोकारवालासँग अन्तरक्रिया गरिएको हो । कार्यक्रममा इन्सेकका पूर्वाञ्चल…

April 11, 2017  

इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा ०७३ चैत १ गते जिल्ला परियोजना सल्लाहकार समितिको बैठक तथा अनुभव आदानप्रदान कार्यक्रम सुनसरी सदरमुकाम इनरुवामा सम्पन्न भएको छ । इन्सेकद्वारा सुनसरीको इनरुवा नपा-७ र गढी गाउँपालिका-२ साविक चाँदवेला र औरावनी गाविसमा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने (इएलपी) कार्यक्रम र…

March 14, 2017  
सप्तरी घटनाका घाइतेको उपचारको क्रममा मृत्यु, मृतकको सङ्ख्या पाँच

सप्तरीको बसविट्टी गाविस-५ मा फागुन २३ गते मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर घाइते जमुनी मधेपुरा गाविस-२ का ५७ वर्षीय इनर यादवको उपचारका क्रममा फागुन २७ गते दिउँसो मृत्यु भएको छ । यादवको मृत्युसँगै उक्त घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । यसअघि…

March 10, 2017  
सप्तरीमा गोली लागि घाइते भएका एकको उपचारका क्रममा मृत्यु

सप्तरीको राजविराजमा फागुन २३ गते प्रहरीको गोली लागेर घाइते भएका मलेठ गाविस-२ का ३८ वर्षीय विरेन्द्रकुमार महतोको उपचारका क्रममा फागुन २५ गते मृत्यु भएको छ । पेटमा गोली लागेका उनको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । उपचारका क्रममा बिहान पौने ९ बजे विरेन्द्रको मृत्यु…

March 8, 2017  
सप्तरी घटनाका घाइतेको उपचार हुँदै

सप्तरीको राजविराजमा फागुन २३ गते प्रहरीको गोली लागेर घाइते ६ जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । राजविराजमा फागुन २३ गते नेकपा एमालेले गरेको आमसभाविरुद्ध प्रदर्शनमा उत्रेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच झडप भएको थियो झडपमा प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु र ६ जना…

March 7, 2017  
बालिकाको बलात्कारपछि हत्या गरिएको पीडित परिवारको आरोप

चाँदबेला गाविस-९ की ११ वर्षीया अमिताकुमारी मुडियारीको फागुन १२ गते बलात्कारपछि हत्या भएको पीडित परिवारले आरोप लगाएको छ । फागुन १२ गते राति छिमेकीको विवाह भइरहेको ठाउँबाट बेपत्ता भएकी बालिकाको शव हत्या गरिएको अवस्थामा फागुन १४ गते घरदेखि पर खेत जाने बाटोको हृयुमपाइप भित्र भेटिएपछि पीडित परिवारले यस्तो आरोप लगाएको…

February 25, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय दुहवीले छिटाहा गाविस-६ का १९ वर्षीय अजयकुमार उरावलाई माघ २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २८ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालयमा उजुरी गरेपछि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर शैलेन्द्र न्यौपानेले…

February 11, 2017