सुनसरीमा १० महिनामा ७० ओटा बलात्कारका घटना

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का सङ्कलित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सुनसरी सदरमुकाम इनरूवामा कात्तिक ३० गते सम्पन्न गरिएको छ । सन् २०१८ को जनवरी १ देखि हालसम्मको अवधिमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका १ सय ३८ ओटा घटनामा १ सय ५९ जना पीडित भएको…

November 17, 2018  
अवैध रूपमा मागिएको रकम नदिँदा प्रहरीद्वारा कुटपिट

अवैध रूपमा मागिएको रकम नदिँदा सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिका–७ नरसिंहकी शोभा मेहतालाई उल्टी अस्थायी प्रहरी चौकीका असई गजेन्द्र कटुवालले कुटपिट गरेका छन् । पीडित महिलाले घर सञ्चालनका लागि सीमापारीबाट समान ल्याउने क्रममा कात्तिक १७ गते कटुवालले सीमामा रोकेर सोधपुछ समेत नगरी थप्पडले हिर्काएर आक्रमण गरेको स्थानीयहरूले बताएका छन् ।…

November 7, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमनपा–५ का १८ वर्षीय भवानी आचार्यलाई गिरफ्तार गरेको हो । पीडित बालिकालाई आरोपितले कात्तिक १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले कात्तिक १७ गते प्रहरीमा उजुरी दिएपछि पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित परिवारले…

November 4, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उमनपा–१० का २६ वर्षीय नविन बिकलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ८ गते बलात्कार गरेको आरोपमा आरोपितलाई कात्तिक ९ गते गिरफ्तार गरेको हो । स्थानीय तथा परिवारले आरोपितलाई घटनास्थलबाट नै नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । पीडित बालिकाको स्वास्थ्य…

October 27, 2018  
अपहरण घटनाका आरोपित गिरफ्तार   

१७ वर्षीया बालिकालाई अपरहरण गरी भारत पुर्‍याएको आरोपमा प्रहरीले देवानगञ्ज गाउँपलिका–४ कप्तानगञ्जका २२ वर्षीय शिवकुमार मेहतालाई कात्तिक २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७४ फागुन २२ गते अपरहण गरी भारत पु¥याएको आरोपमा प्रहरीले  मेहतलाई इनरुवा नपा–९ बबियाको दसैँ मेलाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कमल खत्रीले…

October 21, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा स्थानीयले इनरुवा नगरपालिका–९ बबियाका ४२ वर्षीय दिपककुमार खत्वे शर्मालाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका छन् । पीडित महिलालाई आरोपितले कात्तिक २ गते बलात्कार गरिरहेको अवस्थामा स्थानीयले फेला पारेपछि नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाइएको हो । पीडित महिलाको स्वास्थ्य परीक्षण इनरुवा अस्पतालमा सोही दिन गरेको…

October 21, 2018  
बलात्कार घटनाका आरोपित १८ वर्षपछि गिरफ्तार   

एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इनरुवा नपा–६ मधेसाका ४० वर्षीय हिराबहादुर भट्टराई अठार वर्षपछि असोज २८ गते गिरफ्तारगरेको छ । पीडित महिलालाई आरोपितले ०५७ सालमा बलात्कार गरी फरार रहँदै आएका भट्टराईलाई जिल्ला प्रहरी कार्यालय इनरुवाको टोलीले आरोपितलाई गिरफ्तार गरेको जनाइएको छ । भट्टराईलाई रामधुनी नगरपालिकाको झुम्का बजारबाट गिरफ्तार गरी…

October 15, 2018  
बेपत्ता बालकको शव फेला, हत्या भएको परिवारको दावी

चार दिनदेखि बेपत्ता इटहरी उपमहानगरपालिका-११ का १६ वर्षीय बालक इन्ताज खानको शव असोज १६ गते फेला परेपछि बालकको हत्या भएको भन्दै उनको परिवारले निश्पक्ष छानबिनको माग गरेको छ । असोज १२ गते साँझबाट हराएका खानको खनारस्थित बुढीखोला किनारको धानखेतमा अनुहार र शरीर ढडेर कालो भएको अवस्थामा १६ गते बिहान शव…

October 3, 2018  
बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई भारतमा लगि बेचबिखन गर्न लागेको आरोपमा प्रहरीले असोज ६ गते तीन जनालाई गिरफ्तार गरेको छ । गत असार १३ गते भारतमा राम्रो काम लगाइदिने आश्वासनमा जोगवनी नाका पुर्‍याएको आरोपमा प्रहरीले इटहरी उमनपा-१२ का २३ वर्षीय दीलिपकुमार दास, इनरूवा नपा-४ का २४ वर्षीय मकरुद्दिन मियाँ र इनरूवा नपा-५…

September 24, 2018  
नाम नखुलेका व्यक्तिले प्रहार गरेको गोली लागेर एकको मृत्यु, एक जना प्रहरी घाइते

हरिनगर गाउँपालिका-२ का ५९ वर्षीय खुर्सिद आलम अन्सारीलाई असोज ४ गते बिहान नाम नखुलेका व्यक्तिले प्रहार गरेको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । रामनगर भुटाहा बजारमा अपरिचित व्यक्तिको समूहले हानेको गोली लागेर रोहियन बोर्डिङ्ग स्कूलका प्रिन्सिपल तथा पूर्व एमाले नेता अन्सारीको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको…

September 20, 2018